Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

प्रदेश ५ मा गाडी खरिद प्रकरण : जोगियो घोटालाको ३७ लाख

बुटवल । ५ नम्बर प्रदेशसभाले खरिद गरेका ११ वटा गाडीबाट ३७ लाख ४० हजार रकम जोगिएको छ। सार्वजनिक लेखा समितिले अनियमितता ठहर गरेपछि सम्झौता रकमभन्दा प्रतिगाडी ३ लाख ४० हजार कम भुक्तानी गरिएको छ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - प्रदेशसभा सचिवालयले जेठ १५ मा ६८ लाख ५५ हजारका दरमा विक्रेतालाई रकम दिएको लेखा अधिकृत आलोक अग्रहरीले बताए। ‘सार्वजनिक लेखा समितिले भनेबमोजिम भुक्तानी लिन तयार रहेको पत्र कम्पनीले पठायो’, उनले भने, ‘हामीले त्यहीअनुसार भुक्तानी दिएका छौं। ’

उपभोक्ता मूल्यभन्दा बढी रकममा गाडी किन्ने सम्झौता भएको खुलेपछि लेखा समितिले छानबिन गरेको थियो। समितिले अनियमितता ठहर गरी सम्झौताभन्दा कम रकम भुक्तानी गर्न निर्देशन दिएको थियो। प्रदेशसभाले ३ लाख ४० हजारभन्दा बढी अर्थात् ७१ लाख ९५ हजार रकममा खरिद सम्झौता गरेको पाइएको थियो। समितिको ठहरबमोजिम प्रदेशसभा रकम भुक्तानी गर्न बाध्य भएको हो।

प्रदेशसभाका समिति सभापति, दलका नेता तथा सचेतकका लागि गाडी किनिएको हो। प्रदेश ५ मा भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयले पनि सोही गाडी खरिद गरेका छन्। मन्त्रालयले किनेका गाडीको मूल्य प्रदेशसभाका तुलनामा १ लाख रुपैयाँ बढी छ। समितिले १४ वटा गाडी खरिदमा ५५ लाख घोटाला भएको ठहर गरी सो रकम सञ्चित कोषमा जम्मा गर्न भनेको थियो। तर, मन्त्रालयले गरेको भुक्तानीबाट रकम फिर्ता भएको छैन।

भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लेखा अधिकृत लक्ष्मण पौडेलले भुक्तानी गरिएको रकम फिर्ता नआएको बताए। अन्य मन्त्रालयमा पनि रकम भुक्तानी भएको छैन। मन्त्रालयले प्रतिगाडी ६८ लाख ५५ हजारभन्दा बढी रकम भुक्तानी गरेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending