Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मापदण्डमा कुरा नमिलेपछि नेकपाको बैठक सर्यो : प्रचण्ड मध्यमार्गीय प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तीन दिनदेखि जारी सचिवालय बैठक २ मिनेट बसेर स्थगित भएको छ ।

जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोक्ने एजेण्डामा भएको बैठकमा मापदण्डको विषयमा कुरा नमिलेपछि स्थगित भएको बैठक असारको पहिलो हप्तामात्रै बस्ने छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पर्सी २५ गते युरोप भ्रमणमा निस्कदैछन् भने उनी असार १ गतेमात्रै स्वदेश फर्कने कार्यक्रम छ । उनी फर्किएपछिमात्रै यो एजेण्डामा बैठक बस्ने तय भएको छ ।

मापदण्डमा के विवाद ?
झण्डै १ वर्ष जिल्ला अध्यक्ष तथा जनवर्गिय संगठनको मुल नेतृत्व टुंग्याएको नेकपाले जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोक्ने गरी छलफल थालेको थियो ।

जिल्ला इन्चार्ज र सहइन्चार्ज कसलाई बनाउने भन्ने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबिच विवाद भएपछि सहमति जुट्न नसकेको हो ।

ओली सांसद तथा मन्त्रीहरुलाई पनि जिम्मेवारी दिने पक्षमा छन् भने नेपाल दिन नहुने र बाँकी नेताहरुलाई जिल्लाको इन्चार्ज तथा सहइन्चार्ज दिनुपर्ने पक्षमा उभिएका छन् ।

तीन दिनदेखि पोलिव्युरो गठन लगायत अन्य प्रस्तावहरु थाँति राखेर यहि एजेण्डामा छलफल भएपनि सहमति नजुटेको हो ।

प्रचण्डको मध्यमार्गी प्रस्ताव
ओली र नेपालबिच सहमति नजुटेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मध्यमार्गी प्रस्ताव राखेका छन् । उनले राखेको प्रस्तावमा सांसद तथा मन्त्रीहरु जिम्मेवारी बाँडफाँडको दोस्रो प्रथामिकता राख्ने उल्लेख छ । पहिलो प्राथमिकता सांसद तथा मन्त्रीहरु भएकालाई नदिएर जिम्मेवारी नभएकालाई दिने र अप्ठ्यारा परेका जिल्लाहरुमा सांसद तथा मन्त्रीहरुलाई जिम्मा दिने मध्यमार्गी प्रस्ताव गरेका हुन् ।

प्रचण्डको यो मध्यमार्गी प्रस्तावमा ओली, नेपाल दुवै नेता नरम भएपनि सहमत हुन भने नसकेको बताइएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: