Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

अब बिरामी अन्यत्र पठाए अस्पताललाई पाँच लाखसम्म जरिवाना

वीरगञ्ज । प्रदेश २ सरकारले आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा रु पाँच लाखसम्म जरिवाना हुने कानून ल्याउन लागेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरेको सो विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको जानकारी दिए ।

सो विधेयकमा स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीलाई उपचारको व्यवस्था हुँदाहुँदै अर्को अस्पतालमा उपचारका लागि पठाएमा रु २५ हजारदेखि पाँच लाखसम्म जरिवानाको व्यवस्था रहेको छ । अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा रु एक लाखसम्म जरिवाना र सो संस्था बन्द गराउने व्यवस्थासमेत विधेयकमा रहेको मन्त्री साहले बताए ।

यसैगरी सो विधेयकमा दर्ता नगरी स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सक वा व्यक्तिलाई २५ हजारदेखि एक लाखसम्म जरिवाना गर्ने ब्यवस्था रहेको छ । विधेयकले ग्रामीण क्षेत्रमा धामी, झाँक्री आफू रोगको उपचार गर्ने व्यक्ति भएको भनेर बिरामीलाई अल्झाएर राख्ने र अन्तिम समयमा अस्पताल पुर्याउँदा बिरामीको मृत्यु हुने भएकाले त्यस्ता धामी, झाँक्रीलाई कानूनको दायरामा ल्याउनसमेत व्यवस्था गरिने गरी विधेयक ल्याउन लागिएको हो ।

हालसम्म प्रदेश २ को संसद्मा प्रस्तुत भएको ३६ वटा विधेयकमध्ये १६ वटा विषयगत विधेयक पारित भएको प्रदेश २ का न्यायाधिवक्ता दीपेन्द्र झाले बताए ।

पोशाक वितरण

पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका–३ कञ्चनपुर बैरियामा रहेको निरा प्राथमिक विद्यालयका करीब ४५० दलित छात्रछात्रालाई छात्रवृत्तिबापत कमिज र स्काउटको कपडा वितरण गरिएको छ । सङ्घीय सरकारको नीतिअनुरुप गाउँपालिकाबाट करीब ४८ हजार मूल्यबराबरको स्कूल पोशाक वितरण गरिएको गाउँपालिकाका उपप्रमुख ममता महतो थारूले बताए ।

सङ्घीय सरकारले स्थानीय तहको विद्यालयहरुमा खाजा कार्यक्रम तथा पोशाक वितरण गर्न शुरु गरेपछि दलित छात्रछात्राको विद्यालयप्रति आकर्षण बढ्दै गएको उपप्रमुख महतोले बताए।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies