Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

नेकपामा कार्यविभाजन : कुन नेतालाई के जिम्मेवारी ?

काठमाडौं । सत्तारुढ नेकपाले पार्टी एकताको एक वर्षपछि केन्द्रीय नेताहरूको कार्यविभाजन गर्दै छ। यसका लागि मंगलबार दिउँसो सचिवालय बैठक बस्ने महासचिव विष्णु पौडेलले बताए। संगठनात्मक एकीकरणका बाँकी काम बैठकका एजेन्डाका रूपमा राख्दै कार्यविभाजनको निर्णय लिइने उनको भनाइ छ।

आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–‘मंगलबार दिउँसो ३ बजे सचिवालय बैठक बस्दै छ’, महासचिव पौडेलले भने, ‘संगठनात्मक एकीकरणका बाँकी कामका विषयमा निर्णय लिन्छौं।’ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली यही जेठ २५ मा नौ दिनका लागि युरोप भ्रमणमा जान लागेका छन्। त्यही भएर नेकपाले कार्यविभाजन टुंग्याउन लागेको हो। यसबारे दुई अध्यक्ष ओली र पुष्पकमल दाहालले आइतबारदेखि दुई दिन ‘वन टु वन’ छलफल गरेका थिए। उनीहरूले वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव पौडेल र सचिवालय सदस्य रामबहादुर थापासँग पनि एक्लाएक्लै अनि संयुक्त रूपमा छलफल चलाए।

महासचिव पौडेलले कार्यविभाजन प्रस्ताव तयार पारी दुई अध्यक्षलाई बुझाएका थिए। अध्यक्षद्वयले चरण-चरणमा छलफल गरेपछि प्रस्ताव सचिवालयमा पेस गर्न लागिएको हो। संगठन, स्कुलिङ, विदेश मामिला, प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हात पार्न नेताहरू लागेका थिए। त्यसैले कार्यविभाजन टुंग्याउन नेतृत्वलाई सकस परेको थियो।

संगठन विभाग हाँक्न नेताहरू वामदेव गौतम, रामबहादुर थापा र ईश्वर पोखरेल आकांक्षी छन्। स्कुलिङमा पनि पोखरेलसहित नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, आर्थिकमा महासचिव पौडेलको नाम चर्चामा छ। विदेश मामिलामा वरिष्ठ नेता नेपालको नाममा सहमतिजस्तै बनेको छ।

नेकपामा ३२ विभाग छन्। मुख्य-मुख्यमा सचिवालय सदस्यलाई जिम्मा दिने तयारी रहेको स्रोतको भनाइ छ। अर्थ तथा योजना, प्रचार तथा प्रकाशन, प्रादेशिक मामिला, पार्टी स्कुलिङ, राजकीय मामिला तथा सुशासन, विदेश मामिलाजस्ता विभाग महत्वपूर्ण छन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: