Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

साेलुमा भएकाे घटना बारे विप्लव समुहले मुख खाेल्याे

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी अर्थात् विप्लव समूहका कार्यकर्ताले सोलुखुम्बुमा रहेको प्रहरी चौकीमा आक्रमणको प्रयास भन्ने समाचार झुटो भएको प्रमूख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताएका छन्।

सोलुखुम्बुका महाकुलुङ गाउँपालिका–३, छेस्काममा गए राति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको भन्ने समाचार बाहिर आएकोप्रति उनले आश्चर्य प्रकट गरे। रानाले समाचार झुटो भएको दावी गरेका छन्। प्रजिअ रानाले विभिन्न मिडियामा आएको विप्लवका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको भन्नेबारे समाचार झुठो र गलत भएको बताएका छन्।

प्रजिअ रानाले भनेका छन्, ‘प्रहरी चौकीमा आक्रमणको प्रयास भएको छैन, गलत र झुटो समाचार मिडियामा आइरहेका छन्। कोही पनि भ्रममा नपर्नुहोला। प्रजिअ रानाले थपे, ‘चौकी आक्रमणको प्रयास भएको भनेर गाउँमा कसले हल्ला गरिदियो। त्यही हल्लाको भरमा मिडियाले समाचार बनाइदिए।

यता विद्रोही नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पनि प्रहरी चौकी आक्रमणको प्रयास शीर्षकमा आएको समाचार झुटो भएको दावी गरेका छन्। तर, प्रजिअ रानाले प्रहरीको मनोबल बढाउन र विप्लवका प्रवक्ता प्रकाण्डले आफ्नो योजना असफल भएको सन्देश नजाओस् भन्ने मनसायले समाचारको खण्डन गरेको हुनसक्ने आंकलन गरिएको छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: