Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मिडिया काउन्सिल विधेयक परिमार्जन हुन्छ : प्रचण्ड

काठमाडौं, १४ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुने गरी परिमार्जन गरेर अघि बढ्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले नेकपाको सरकार भएका बेला मिडियामाथि कुनै पनि रुपले अंकुश लगाउने खालको काम नहुने बताएका हुन्। उनले मिडिया विधेयकका विषयमा सरकारसँग र संसदभित्र पनि गम्भिर रुपमा छलफल भइरहेको बताए।

उनले भने, ‘प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघको तर्फबाट गोविन्द आचार्य समेतको नेतृत्वमा र प्रेस काउन्सिलबाट किशोर श्रेष्ठको नेतृत्वमा एउटा ठूलो टिम मकहाँ आयो। र, हिजो जनयुद्धको बेलामा पार्टी र नेताका विचार र भावनाहरु जनतामा पुर्याउन खेलिएका भूमिका सन्दर्भसमेत स्मरण गर्दै हाम्रै कम्युनिष्ट पार्टी, जसले स्वतन्त्रताको निम्ति सबैभन्दा बढी संर्घष र बलिदान गर्यो त्यसैको नेतृत्वमा सरकार भएको बेलामा मिडिया माथि कुनै न कुनै रुपले अंकुश लगाउने खालको काम नहोस्।’ उनले थपे, ‘यो सरकारले बनाउने मिडिया काउन्सिल अनि मिडिया काउन्सिलले दिने दण्ड सजाय वा नियमनको व्यवस्थाले त्यतातिर लान्छ भनेर उहाँले मलाई गम्भिर रुपले ध्यानाकर्षण गराउनु भएको हो।’

प्रेसमाथि कुनै खालको अंकुश लगाउने मनसाय वा उद्धेश्य नलिएको उनले दाबी गरे। उनले भने, ‘हाम्रो वैचारिक निष्ठा र हाम्रो पक्षधरतालाई पनि कमजोर नपार्ने हिसाबले यो परिमार्जन हुन्छ। यो पारित हुने बेलासम्म जाँदा परिमार्जित भएरै आउँछ।’

सरकारको चिन्ता र पार्टीको चिन्ता धेरै अराजकता भएर फेरि प्रतिक्रियावादीले फाइदा उठाउन नपाओस् भन्ने चिन्ता नै मुख्य चिन्ता रहेको प्रचण्डले बताए। उनले भने, ‘तर, त्यसो गर्दा प्रेस स्वतन्त्रतामाथि कम्युनिष्ट पार्टीले अंकुश लगायो भन्ने भाव चाहिँ कहीँ कतै नआओस् भन्ने कुरामा पनि हामी सर्तक छौं। त्यसकारण तपाईंहरुको चिन्ताबारे हामीले केही पनि गरेका छैनाैं कि भन्ने तथा सरकार संवेदशिल छैनकी भन्ने पनि नपरोस्।’ पत्रकारका जिज्ञासा र चिन्तालाई सम्बोधन गर्नेतिर नै सरकारका छलफलहरु अगाडि बढेको उनको भनाइ छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: