कास्की । गण्डकी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस २०७६ मनाउने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा प्रदेशमा गठन गरिएको मूल समारोह समितिले जेठ १४, १५ र १६ गते तीन दिन गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
जसअनुसार जेठ १४ गते आज पोखरा महानगरपालिका र सुरक्षा निकायको आयोजनामा बिहान शहीदचोकदेखि मुस्ताङचोकसम्म सरसफाइ गर्ने र त्यसपछि प्रदेश सरकारमातहतका सम्पूर्ण विषयगत मन्त्रालय र कार्यालयको परिसरभित्र सरसफाइ र वृक्षरोपण गर्ने तय गरिएको छ । वृक्षरोपणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिरुवा उपलब्ध गराउने भएको छ ।
त्यसैगरी गणतन्त्र घोषणा भएको जेठ १५ गतेका दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा सिर्जनाचोकबाट प्रभातफेरी, शहीदचोकमा शहीदको सालिकमा पुष्पगुच्छा अर्पण तथा त्यसपछि जिल्ला समन्वय समितिको सभाहलमा मुख्यमन्त्रीबाट पुरस्कार वितरण तथा सम्बोधनको कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार जेठ १६ गते बिहान आन्तरिक मामिला मन्त्रालयको आयोजनामा जिल्ला कारागारमा खेलकूद सामग्री वितरण गर्ने, सामाजिक मन्त्रालयको आयोजनामा सोही दिन बिहान पोखरा महानगरपालिका–१७ स्थित मानवसेवा आश्रम र पोखरा वृद्धाश्रममा फलफूल वितरण तथा स्वास्थ्य जाँच गर्ने र मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा पोखरा–१८ स्थित बाल सुधारगृहका बालकका लागि खेलकूद सामग्री वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।
समितिले तीनै दिन साँझ सरकारी कार्यालय तथा सार्वजनिक संस्थानमा दीपावली गर्नेसमेत निर्णय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: