Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

मध्यपुरथिमि नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

भत्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५–७६ मा रु ९१ करोड ७४ लाख ४१ हजार आम्दानी गरेको छ । निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यसबारे जानकारी दिँदै दोस्रो नगरसभाबाट स्वीकृत कूल बजेटमा वैशाख मसान्तसम्म ७७।७५ प्रतिशत आम्दानी गर्न सफल भएको बताए ।

नगरपालिकाले आयतर्फ आन्तरिक स्रोतबाट रु ११ करोड ८६ लाख ४३ हजार र बाह्य स्रोतबाट रु ७९ करोड ९७ लाख ९८ हजार आम्दानी गरेको उनले जानकारी दिए । नगरपालिकाले विभिन्न समस्याका कारण आन्तरिक आयतर्फ रु २५ करोडको लक्ष्य लिए पनि उपलब्धि हासिल गर्न नसकेको बताउँदै उनले असार समान्तसम्म रु २२ करोड पुर्याउने गरी काम भइरहेको बताए ।

नगरपालिकाले खर्चतर्फ कूल स्वीकृत बजेटको ३४।४८ प्रतिशत मात्र खर्च गरेको छ । चालू खर्चतर्फ रु २३ करोड ८१ लाख ३४ हजार र पूँजीगत खर्चतर्फ भने रु १८ करोड २२ लाख २५ हजार मात्रै खर्च गरेको छ । नगरप्रमुख श्रेष्ठले करीब रु ५२ करोड पूँजीगत खर्च भइसके पनि फस्र्यौट हुन बाँकी रहेकाले कम देखिएको दाबी गर्दै असार मसान्तसम्म ६० देखि ७० प्रतिशतसम्म खर्च पुग्ने बताए ।

नगरपालिकाले भौतिक पूर्वाधार विकासका लागि रु ८८ करोड १२ लाख ३० हजार विनियोजन गरी वडा तहमा ९०, नगरस्तरीय ठूला पूर्वाधार ५६ गरी कूल जम्मा १४६ योजना स्वीकृत भई काम भइरहेको जानकारी दिए ।

त्यस्तै नगरपालिका क्षेत्रभित्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक जात्रा, पर्व एवं सम्पदालगायतका अमूर्त मृर्त संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नगर मध्यपुरथिमि गुरुयोजना निर्माणकार्य भइरहेको र यसका लागि प्रदेश नं ३ सरकारबाट रु एक करोड प्राप्त भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies