काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको मिसन अझै पूरा नभएकाे बताएका छन् । आज आयोजित एक पार्टी प्रवेश कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक आन्दोलन र कम्युनिष्ट आन्दोलनको इतिहास धेरै उतारचढावहरुले भरिएको बताए।
उनले भने, ‘धेरै तिता मिठा अनुभवहरु यसभित्र संगालिएका छन्। २००६ सालमा पार्टी गठन भएदेखि, २०१९ सालदेखि पार्टी विभाजनको श्रृखला तिर जान थालेदेखि अहिले फेरि पार्टी एकताको नयाँ प्रक्रियाको थालनीसम्म आउँदा धेरै नै अनुभव नेपालमा हामीले संगालेका छौं।’
उनले ती अनुभवहरुको संश्लेषण गर्दै एउटा बलियो केन्द्रको निर्माणका लागि पार्टी एकता गरेको बताए। उनले भने, ‘हामी यो अहिलेको राजनीतिक परिवर्तनको निम्ति संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान निमार्णको निम्ति धेरै शक्तिसँग धेरै किसिमका सहकार्य, बहस र संघर्षबाट गुज्रिएका छौं। र अहिले नेपाल राष्ट्रको आवश्यकता, नेपाली जनताको चाहना विकास र समृद्धिको चाहना र नयाँ तरिकाले समाजवादको आधार निमार्ण गर्ने ऐतिहासिक आवश्यकतालाई समेत मध्यनजर गर्दै हामीले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने पहल थालेका छौं।’
उनले पार्टी एकताको काम आफैंमा धेरै ठूलो काम धेरै चुनौतिपूर्ण छ। नेपालका सम्पूर्ण कम्युनिष्ट समर्थकहरु, कम्युनिष्टहरु र नेपाली जनताले एकताबाट ठूलो आशा र अपेक्षा गरेको भन्दै अध्यक्ष प्रचण्डले जनताका ती आशा र अपेक्षा पूरा गर्नको लागि सदैव लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
उनले एकताको मिसन अझै पूरा नभएको बताएका छन्। उनले भने, ‘मलाई लाग्छ यो एकताको मिसन अझै पूरा भएको छैन । अझै हामीले सम्पूर्ण कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने, यहाँका सबै क्षेत्र र समुदायलाई एकताबद्ध गर्ने र विकास र समृद्धिको नयाँ अभियानद्धारा समाजवादको आधार तयार गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ। त्यसको निम्ति बाँकी रहेका साथीहरु पनि सबै यहाँ जोडिन आवश्यक छ।’
उनले कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुलाई बधाई दिँदै भने, ‘तपाईंहरु ब्युँझनु भयो, आउनुभयो । अब केही साथीहरु ब्युँझन बाँकी छन्। उहाँहरु पनि ब्युँझनुपर्ने हुन्छ उहाँहरु पनि आउनुपर्ने हुन्छ । र मलाई लाग्छ ढिलो छिटो उहाँहरु पनि आउनुहुन्छ ।’
उनले कम्युनिष्टको नाममा हिजो काम गरेका र जिवनको सबै भन्दा उर्वर समय कम्युनिष्ट आन्दोलनलाई दिएका मान्छेहरुलाई अन्त गएर चैन हुन्छ भन्ने नलागेको बताए। अभिभावकको नाताले विहान रिसाएर गएका आफ्ना सन्तानहरुलाई साझँ आउँदा सबै भन्दा खुशी आमाबुवालाई हुने भन्दै उनले एकताले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न, बलियो पार्टी निमार्ण गर्न र राष्ट्रलाई एकताबद्ध गर्न आवश्यक ठानेर आउने साथीहरुलाई आफूले जहिले पनि हार्दिकताका साथ स्वागत गर्ने गरेको स्पष्ट पारे। उनले भने, ‘सानो चित्त र सानो मनले राष्ट्रको र विश्वको नेतृत्व हुन सक्दैन । त्यसैले तपाईंहरु पनि निश्चिन्त रहनुहोला, जिम्मेवारी दिने कुरामा कुनै खालको संकिणतालाई ठाउँ दिइने छैन ।’
कार्यक्रममा गोरखा–काठमाडौं संयन्त्र संयोजक विश्वनाथ अधिकारी, केन्द्रीय परिषद् सदस्य भिम श्रेष्ठ, केन्द्रीय परिषद् सदस्य तथा प्रचारप्रसार विभाग सदस्य कृष्ण घिमिरे, केन्द्रीय परिषद् सदस्य तथा महिला शक्ति नेपालका केन्द्रीय सदस्य ज्ञानधरी कैनी, नैसर्गिक विद्यार्थी केन्द्रीय सदस्य ज्ञानहरि पराजुली लगायतले पार्टी प्रवेश गरेका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: