Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

उन्नत जातको धानको बीउ वितरण

बेझाड । रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । रामपुर नगरपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको हो ।

किसानको निवेदन मागको आधारमा आधुनिक कृषिखेती कार्यक्रम अन्तर्गत एक कृषि सहकारी, आठ किसान समूह, ८१ जना किसानलाई धानको बीउ वितरण गरिएको हो ।
शाखाले धान उत्पादन वृद्धि गराउने उद्देश्यले चार हजार ९०० केजी सावित्री, आठ सय ७५ केजी रामधान र आठ सय ७५ केजी सावा मन्सुली जातको उन्नत बीउ वितरण गरेको शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।

नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले धानको बीउ वितरण गर्दै उत्पादनशील जमीन रहेको रामपुर क्षेत्रमा प्रशस्त उन्नत जातका धान उत्पादन गरेर बिक्री गरी आम्दानी बढाउन आग्रह गरे ।

प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले भने, \'धान उत्पादनको पकेटक्षेत्र रहे पनि बाहिरबाट धान, चामल रामपुर बजारमा भित्रिरहेको अवस्थामा अब उन्नत जातका धान लगाएर यहीको उत्पादनले बजार ढाक्नुपर्नेछ ।\'

अनुदानमा धानको बीउ पाएपछि यहाँका किसान खुशी भएका छन् । नगरपालिका–१ बस्ने शेरबहादुर खड्काले यसभन्दा अघि स्थानीय जातको धान लगाउँदै आएकोमा उत्पादन वृद्धि गर्न अब उन्नत जातको धान लगाउने तयारी गरेका छन् ।

बीउ भण्डारणको असुविधा रहेकाले धानको बीउ अनुदानमा पाएपछि खेती गर्न सजिलो परेको किसान विनोद श्रेष्ठ बताउछन् । पाल्पाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान रामपुर बजारमा मात्र नभइ जिल्लामा ठूलो परिमाणमा भित्रिने गरेको छ । खेतीयोग्य जमीन घर घडेरीमा परिणत हुन थालेपछि उत्पादन घट्दै गएको कृषि प्राविधिक बताउँछन् ।

खेती गरिएको जमीनमा भने धानको उत्पादन बढ्दो मात्रामा रहेको छ । पछिल्लो समय किसानले स्थानीय जात छाडेर उन्नत जाततर्फ आकर्षित हुँदा खेती लगाइएका जमीनमा धान लगाएर प्रशस्त उत्पादन लिन सफल भएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy