काठमाडौं, २ जेठ । केही महिना अघि लगातार १२६ घण्टा नृत्य गरेर नेपाली चेली बन्दना नेपालले विश्व रेकर्ड कायम गरे लगत्तै दुर्इ दिदीबहिनीहरूले पनि युगल नृत्यमा विश्व रेकर्ड बनाउने भएका छन् । काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदिबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने घोषणा गरेका हुन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा गोल्डेन आई डान्स सेन्टरले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । श्रेष्ठ दिदिबहिनीले यही जेठ ११ र १२ गते काठमाडौंको ठूलो भ¥याङ स्वयम्भुस्थित् क्वालिटी क्याफे एण्ड ब्याङ्केटमा उक्त नृत्य गर्ने भएका हुन् । रुबिसा हाल स्नातक तहमा अध्ययनरत छिन् भने एलिसा कक्षा १२ को परीक्षा दिएर बसेकी हुन् ।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसीले विश्व रेडर्क कायम गर्नको लागि श्रेष्ठ दिदिबहिनीलाई शुभकामना दिए । सांसद केसीले यो कार्यक्रमलाई सफल तुल्याउन आफ्नो तर्फबाट सबैखाले सहयोग रहने पनि विश्वास दिलाए ।
उनले भने,‘नेपाली चेलीहरुले त्यो पनि मेरै क्षेत्रका छोरीहरुले यस्तो विश्व किर्तीमानी कायम गर्न लागेको थाहा पाउँदा खुशी लागेको छ । उहाँहरुको नृत्य अवधिभर मेरो पनि साथ रहन्छ । म पनि दिनरातै त्यहाँ उपस्थित हुन्छ । मेरो परिवार पनि यसमा सरिक हुने कुरा जानकारी गराउँछु ।’
कार्यक्रममा गिनिज वल्र्ड रेकर्ड ईभेन्ट नेपालका अध्यक्ष सन्तोष लामाले यसअघि पनि आफूहरुकै संयोजनमा दुई वटा विश्व रेडर्क कायम भैसकेकोले यसपटक पनि सफल हुने विश्वास दिलाए । लामाले विश्व रेडर्क कायम गर्न लागेका श्रेष्ठ दिदिबहिनीहरुमा आफूले अदभुत क्षमता पाएको पनि सुनाए ।
लामा विगत लामो समयञदेखि मोटिभेश्नल स्पिकरको रुपमा काम गर्दै आएका छन् । उनले भने,‘श्रेष्ठ दिदिबहिनीहरुले यो कार्यक्रममा विश्व किर्तीमानी कायम गर्नुहुन्छ । त्यसको लागि मैले उहाँहरुको आत्मविश्वास बढाउनेदेखि आवश्यक उत्प्रेरणाको लागि तालिमपनि दिँदै आएको छु।’
कार्यक्रममा श्रेष्ठ दिदिबहिनीका बुवा सन्त प्रसाद श्रेष्ठले आफ्ना छोरीहरुमा सानैदेखि नृत्य प्रतिभा रहेको सुनाउँदै अब हुने कार्यक्रमबाट विश्व किर्तीमानी कायम हुने विश्वास व्यक्त गरे । यो इभेन्टलाई सफल तुल्याउनको लागि सबै नेपालीहरुलाई साथ र सहयोग गर्न उनले आग्रह पनि गरे । कार्यक्रमको सञ्चालन सिर्जना अधिकारीले गरेकी हुन् ।
कार्यक्रममा विश्व रेकर्ड कायम गर्न लागेका श्रेष्ठ दिदिबहिनीले आफूहरुको तयारी राम्रो रहेको सुनाए । उनीहरुले आफूहरु विश्व रेकर्ड कायम गरि नेपालको नाम विश्वसामू चिनाउने लक्ष्यतर्फ अघि बढेको र छिट्टै त्यो उद्देश्य पूरा हुने विश्वास दिलाए । उनीहरुका अनुसार अहिलेसम्म ३२ घण्टासम्म निरन्तर नृत्य गरिसकेकोले अब ४० घण्टा नृत्य गर्न कुनै अप्ठ्यारो छैन् ।
यसअघि यो रेकर्ड संयुक्त राज्य अमेरिकाका नागरिक ब्रेट ग्रिसवल्र्ड र जेनिफर ग्रिसवल्र्डको नाममा रहेको छ । उनीहरुले निरन्तर ३८ घण्टा ३० मिनेट नृत्य गरेका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: