Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

पेटको बोसो नौनीजसरी पगाल्छ यी आहारले

खबरडबली संवाददाता

३ असार । केही खाद्य पदार्थलाई आफ्नो आहारमा समावेश गरेर तपाईं सजिलैुसँग बोसो कम गर्न  सक्नुहुन्छ । यस्ता खानेकुराले मोटाबोलिजमलाई बढाएर शरिरबाट बोसो निकाल्न हर्मोनलाई अत्यधिक सक्रिय गराउँछ । आउनुहोसु, यस्तो आहारको बारेमा जानकारी लिऔं ।

१. निकै फाइदाजनक छ केराः केरालाई सधैं तौल बढाउने खानेकुराको रुपमा लिइन्छ । तर तपाईंलाई आश्चर्य लाग्ला कि केरा बोसोलाई पगाल्ने खानेकुरा हो । यो फलमा पाइने प्रतिरोधी स्टार्च पेटमा हुने राम्रा ब्याक्टेरियाका कारण फ्याटी एसिडमा परिवर्तन हुने गर्दछ । तौल घटाउनका लागि तपाईं फ्रुट सलादको रुपमा केरालाई खानसक्नुहुन्छ ।

२. बदाम पनि छ फाइदाजनकः बदामको फाइदाको बारेमा कसलाई थाहा नहोला र ? प्रोटिनले भरपूर यसले मांसपेशीहरुको निर्माणका साथै शरिरमा बोसोलाई पनि जम्मा हुनबाट रोक्छ । पेन्सिलवेनिया स्टेट युनिभर्सिटीका क्लाएर बेरीम्यानका अनुसार कार्बोहाइड्रेट भएको खाद्य पदार्थको सट्टा हरेक दिन नाश्तामा बदामको सेवन गर्नाले हृदयसम्बन्धि रोगको खतरा कम हुन्छ । यसका साथै शरिरमा जमेको अतिरिक्त बोसोलाई नियन्त्रणमा राख्न सकिन्छ । बदामलाई हरेक दिन नाश्तामा संलग्न गरेर मेटाबोलिजम र हृदय रोगको खतरालाई सजिलै कम गर्न सकिन्छ । बदामलाई तपाईं काँचो अथवा पानीमा भिजाएर पनि खान सक्नुहुन्छ ।

३. नरिवलको तेलः नरिवलको तेल ट्राइग्लिसराइड्सले भरिपूर्ण हुन्छ । यो फ्याटी एसिड शरिरले चाँडै नै पचाउने गर्दछ त्यसकारण यो शरिरमा जमेर बस्दैन तर शरिरद्वारा ऊर्जाको उत्पादनको उपयोग गर्नसक्छ । तौल घटाउने उद्देश्य पूरा गर्नका लागि नरिवलको तेललाई खाना पकाउनका लागि एउटा राम्रो विकल्प हो ।

४. नौनीजस्तै बोसोलाई पगाल्ने दालः दाल नेपाली खानाको सबैभन्दा महत्वपूर्ण हिस्सा हो र यसको विभिन्न प्रकारको स्वास्थ्य लाभ हुन्छ । यो आइरनको राम्रो स्रोत हो । आफ्नो आहारमा नियमित रुपमा दाललाई समावेश गरेर बोसोलाई प्रभावकारी रुपमा काम गर्न सहयोग मिल्छ ।

५. फ्याटको लागि पनि पिरो हुन्छ रातो खुर्सानीः रातो खुर्सानीमा बोसोलाई जलाउने  प्रभाव हुन्छ । खुर्सानी क्याप्सेसिनले भरपूर भएका कारण अक्सिकरणद्वारा पेटको बोसोलाई कम गर्न मद्दत गर्दछ । ब्रिटेनमा गरिएको एक सोधका अनुसार रातो खर्सानीले शरिरमा व्याप्त अवाञ्छित क्यारोली र मोटोपन घटाउन सहयोग गर्दछ । खुर्सानीमा पाइने क्याप्सेसिन तत्वले क्यालोरिलाई घटाउँदै उर्जाको खपत बढाउँछ ।

६. ब्रोकोली खानुहोस् बोसो घटाउनुहोस्ः ब्रोकोली खानु स्वास्थ्यका लागि फाइदाजनक त छ नै । यसमा लो क्यालोरी हुने भएका कारण तौल पनि घटाउँछ। ब्रोकोलीमा पाइने फिटोनुट्रिएंट एन्जाइमलाई उत्तेजित गरेर बोसो कोशिकाहरुमा बोसोलाई घटाउनका लागि उत्तेजित गर्दछ । अब तपाईं तरकारी किन्न गएको बेला कहिले पनि ब्रोकोलीलाई नजरअन्दाज नगर्नुहोस् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies