बीबीसी । गत महिना अप्रिलमा इस्टरको मौकामा श्रीलङ्कामा भएको चरमपन्थी हमलामा २५० बढीको मृत्यु भएको थियो । त्यसपछि श्रीलङ्कामाथि लगातार हमला भइरहेको छ । १३ मेमा पुट्टालम, कुरुनेगाला र गमपाहा जिल्लामा हमला भएको छ ।
यी क्षेत्रका विभिन्न मुस्लिम गाउँलाई निशाना बनाएको छ । बीबीसी तमिलले यस्तै एउटा गाउँको भ्रमण गरेको छ । यो पुट्टालम जिल्लाको नट्टांडिया–दुनमेथरा गाउँ हो । यद्यपी, यो गाउँमा तमिल बोल्ने मुस्लिम जनसंख्या छ जबकी यसको वरिपरिको इलाकामा सिंहलीको जनसंख्या धेरै छ ।
दुनमेथराका स्थानीय अनुसार सोमबार सयबढी नकाबधारी गाउँमा प्रवेश गरे । गाउँका एक युवा निशारले हमलाकर्ताको सामना गर्नका लागि सबै युवा जम्मा भएको जानकारी दिए ।
उनका अनुसार नकाबधारी छोटकरी बाटो हुँदै गाउँमा प्रवेश गरेका थिए । उनले भने, ‘सबैभन्दा पहिले उक्त भीडले मस्जिदमाथि हमला गरे, त्यसपछि घर र पसललाई निशाना बनाए ।’
‘हामीहरु रोजा खोल्ने तयारी गरिरहेका थियौं त्यति नै बेला हमला भयो ।’
‘महिला रातभरी जंगलमा बसे’
निशारका अनुसार हमला भइरहँदा महिलाहरु नजिकैको जंगलमा बसेको जानकारी दिए । उनले भने, ‘जब महिलाले हमला देखे तब उनीहरु भागेर नजिकैको जंगलमा गए । उनीहरु रातभरी जंगलमा नै बसे र बिहानमात्र फर्किए ।’
स्थानीयका अनुसार भीडले मस्जिद, मुसलमानका घर र पसलमा हमला गरेका छन् । थुप्रै घरलाई पेट्रोल बमको निशानामा पारियो । उक्त भीडले कुरानको प्रतिमासमेत जलाएको बताइएको छ ।
हमलापछिको दृश्य निकै भयावह थियो । गाउँभरी जलेका वाहन, घर देख्न सकिन्थ्यो ।
निशारले उक्त हमला सुरक्षाकर्मीको मद्दतले गरिएको आरोप लगाए । उनका अनुसार पुलिस अधिकारी चौकीमै भएका बेला थुप्रै स्थानमा आगो लगाइएको थियो ।
यद्यपी, सेनाका प्रवक्ता ब्रिगेडियर सुमित अटापट्टुले बीबीसीसँग भने, ‘यदि सेनाले उनीहरुलाई कानूनविरुद्ध विभिन्न गतिविधि गर्ने अनुमती दिन्छन् भने यो एउटा ठूलो अपराध हो । हामी सेना प्रमुखसँग सल्लाह लिइरहेका छौं र मुस्लिम घर र पसललाई निशाना बनाएर गरिएका हमलाबारे अनुसन्धान सुरु गरिसकेका छौं ।’
‘यी हमलाको क्रममा सुरक्षाबलद्वारा कुनै गल्ती वा अपराध गरिएको छ भने यसबारे जानकारी दिन आग्रह गर्छु,’ सुमितले भने ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: