Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

नेपाल र चीनबिच तेस्रो पटक संयुक्त सैन्य अभ्यास हुदैँ

काठमाडौं । नेपाल र चीनबीच तेस्रो पटक प्रतिआतंकवाद केन्द्रित सैन्य अभ्यास हुने भएको छ। ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको नियमित अभ्यास नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाले आगामी भदौमा नेपालमा गर्नेछन्।

आजको अन्नपुर्ण पोस्ट दैनिक्मक खबर छ - सैन्य अभ्यास गर्ने ठाउँ भने तय भइसकेको छैन। दुई देशबीचको संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकलामै केन्द्रित हुने भएपछि नेपालमा चिनियाँ प्रभावबारे बहस सुरु भएको छ। गत वर्ष असोजमा चीनको छेन्दुमा र २०७४ वैशाखमा काठमाडौंमा यस्तै अभ्यास भएको थियो।

दुवै मुलुकका सैनिक अधिकारीहरू संयुक्त सैन्य अभ्यासको तयारीमा जुटेका छन्। सैनिक प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले नेपाली र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास भदौमा गर्न लागिएको बताए।

संयुक्त सैन्य अभ्यासका लागि चिनियाँ दूतावासका अधिकारी, रक्षा मन्त्रालय र सेनाका वरिष्ठ अधिकारीबीच छलफल भइरहेको छ। दुवै पक्ष सैन्य अभ्यासको मिति, स्थान र रूपरेखा (मोडालिटी) टुंगो लगाउन सक्रिय छन्। आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले संयुक्त सैन्य अभ्यास गर्नेछन्।

एसियाली मुलुक दिनप्रतिदिन आतंकवादीको निसानामा पर्दै गएको अवस्थामा यो अभ्यास उपयोगी रहने ठहर दुवैतर्फका सेनाको छ। आतंकवादीले एसियाली मुलुकमा आफ्ना गतिविधि बढाइरहेका छन्। सन् २०१६ मा बंगलादेशमा र केही साताअघि श्रीलंकामा भएको आतंकवादी आक्रमणपछि एसियाली मुलुक थप सशंकित भएका छन्। आतंकवादको सम्भावित चुनौतीलाई ध्यानमा राखेर एसियाली मुलुकका सैनिक संगठनसमेत द्विपक्षीय र बहुपक्षीय सैन्य अभ्यास गर्दै आएका छन्।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुँदै आएको सैन्य अभ्यासलाई भारत, अमेरिकालगायत मुलुकले महत्वका साथ हेरिरहेका छन्। यस्तो अभ्यासले उनीहरूलाई झस्काउने गरेको छ। नेपाली सेनाले चीनसँग मात्र होइन भारत, अमेरिका, बंगलादेश, पाकिस्तानसँग सैन्य अभ्यास गर्दै आएको छ।

सेनाले सैन्य कूटनीतिका माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनसँग द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन संयुक्त सैन्य अभ्यास गरेको बताउँदै आएको छ। नेपाली र अमेरिकी सेनाबीच ‘ब्यालेन्स नेल’ लगायतका अभ्यास र संयुक्त तालिम भइरहेका छन्। नेपाली र भारतीय सैनिकको संयुक्त सैन्य अभ्यास ‘एक्सरसाइज सूर्यकिरण’ प्रत्येक वर्ष पालैपालो हुँदै आएको छ।

नेपाल र चीनबीच विगतमा भएका संयुक्त सैन्य अभ्यासबारे जापान, कोरिया, भारत, अमेरिका र विभिन्न युरोपेली मुलुकले असहजता प्रकट गरेका थिए। नेपाली सेनाले भने चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको टिप्पणी गर्दै आएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending