तनहुँ । तनहुँ कारागारमा सजाय भोगिरहका होमबहादुर दर्जी तीन महीने सिलाइकटाइ तालीम लिएपछि उत्साहित छन्। घरेलु तथा साना उद्योग विकास समिति र ब्यास नगरपालिकाको सहयोगमा कारागारमा सञ्चालित सिलाइकटाइ तालीमले उनलाई स्वरोजगार बन्न उत्प्रेरणा जगाएको छ ।
कारागारमा यत्तिकै बस्नुभन्दा केही सीप सिक्ने इच्छा बमोजिम तालीममा सहभागी भएका उनले सीप सिकेपछि अब कामको माग गरेका छन् । उनले भने, \'सीप त सिकियो, अब कामको खोजी गरेका छौं ।\' उनको कैद भुक्तानी हुन अब दुई महीना बाँकी छ । कैद भुक्तान गरेर बाहिर निस्केपछि समेत सिलाइकटाइ व्यवसाय सञ्चालन गर्ने सोच बनाएको उनले बताए । उनले भने, \'विभिन्न कारणवश कारागार आएर सजाय काटेँ, अब बाहिर निस्केर उद्यमी बन्ने सोच लिएको छु ।\'
कारागारमा नौ महीनादेखि सजाय काटिरहेका गणेशबहादुर गुरुङले समेत तालीमपछि अबको कामको सुनिश्चितता हुनुपर्ने बताए । तालीमले उत्साहित बनाएको भन्दै उनले कारागार प्रशासनले कामको खोजी गरिदिनुपर्ने माग गरे । उनले भने, \'आफूको माग बमोजिम नै कारागारले सिलाइकटाइ तालीमको व्यवस्था गरिदियो, अब कामको पनि व्यवस्था गरिदिए हामीलाई सहज हुन्थ्यो ।\'
होमबहादुर र गणेशबहादुर जस्तै कारागारमा सजाय भोगिरहेका ११ कैदीबन्दी सिलाइकटाइ तालीमपछि उत्साहित भएका छन् । कारागारमा यत्तिकै वितिरहेको समयलाई सदुपयोग गर्दै सिलाइकटाइ तालीम लिएपछि उनीहरुमा उद्यमी बन्ने सोच पलाएको छ ।
कारागारबाट निस्किएपछि सिलाइकटाइ तालीम सञ्चालन गरेर उद्यमी बन्ने ज्ञानेन्द्रबहादुर श्रेष्ठले बताए । सिलाइकटाइ तालीम लिएका मोतीलाल गुरुङ, नुर अहमद मियाँ, मोतीलाल सुनार, सन्तबहादुर श्रेष्ठ र विष्णुकान्त परियारले समेत अब काम खोजीदिन आग्रह गरेका छन् ।
माघ २४ गतेदेखि शुरु भएको तालीममा प्रशिक्षक मानबहादुर परियारले प्रशिक्षण दिएका थिए। प्रशिक्षणको क्रममा कैदीबन्दीलाई मेसिन फिटिङ गर्ने, कपडा काट्ने, टाँकघर बुन्ने, पेटीकोट सिलाइ, सर्ट सिलाइ, पाइन्ट सिलाइ, हापपाइन्ट सिलाइ लगायतका सीप प्रदान गरिएको दर्जीले जानकारी दिए ।
जिल्ला कारागारका निमित्त प्रमुख नारायण अधिकारीले कैदीबन्दीको माग बमोजिम नै सिलाइकटाइ तालीम सञ्चालन गरिएको जानकारी दिँदै अवको कामको व्यवस्थाका लागि पहल गरिने बताए ।
उनले भने, \'गार्मेन्ट उद्योगबाट आउने सिलाइकटाइका काम कारागारमा पनि उपलब्ध गराउन प्रयास भइरहेको छ ।\'प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले तालीमले कैदीबन्दीलाई आत्मनिर्भर बन्न सहयोग पुगेकोले कैदीबन्दीले सीपको सदुपयोग गर्नुपर्ने बताए ।
उनले कारागारमा रहेका अन्य कैदीबन्दीका लागि समेत माग बमोजिम तालीमको व्यवस्था गरिने जानकारी दिए । २५ जना क्षमता रहेको तनहुँ कारागारमा ६९ थुनुवा र ६७ कैदी गरी १३६ जना रहेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: