Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कार्ल मार्क्स र जेनी मार्क्सको रोचक प्रेमकथा

कार्ल मार्क्स एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार र राजनीतिक सिद्धान्तका प्रणेता हुन्। उनी एक समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी पनि थिए। ५ मे १८१८ मा जन्मिएका मार्क्सको विचार र सिद्धान्तको आधारमा साम्यवादी सिद्धान्तको जन्म भएको हो। कार्ल मार्क्सले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्रको प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सारमा ‘अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो’ भनेका छन्।

जीवनको विभिन्न आरोह अवरोह भोगेका मार्क्सको जीवनीको अरु पाटो त बाहिर आएको छ। तर, मार्क्सको जीवनमा प्रेमले भरिएको संसारबारे भने खासै कुराकानी बाहिर आउने गरेको छैन। तर, उनको जीवनमा पनि एउटा रोचक प्रेम कहानी पाइन्छ। जुन सफल पनि भयो। उनको प्रेमले भरिएको जीवनकोबारेमा जान्नैपर्ने तथ्यहरु केही तल प्रस्तुत गरिएको छ।

कार्ल मार्क्स १८ वर्षका थिए। यस्तो प्रतिभाशाली पुरुषको विचारमा यस्तो अवस्थामा अधिक परिपक्व हुनु स्वभाविक थियो। उनका स्वभावको परिचयलाई उनको आरम्भिक दिनका गतिविधिहरुले पनि स्पष्ट पार्दथ्यो। हाइनरिख मार्क्स वकील थिए र ट्रीकको सामन्त तथा प्रीबी कौंसिलर लुडविग फान बेस्ट फालेजबीच आपसमा घनिष्ट परिचय थियो।

यही परिवार ती कूलीन सामन्तहरु या प्रशियाका प्रतापी नोकरशाहीहरुसँग सम्बन्ध राख्दैन थिए। लुडविग पहिले बुन्सविकको ड्यूक फर्डिनाडको असैनिक सेक्रेटरी भइसकेका थिए। ड्यूक पश्चिमी जर्मनीको नजिक पन्ध्रौं लुइके सातसाला युद्धमा लडेका थिए। जसमा फिलिपवेस्ट फालेन ड्यूकका चीफ अफ स्टाफ थिए। उनको सेवाबाट प्रसन्न भएर इङ्ल्याण्डका राजाले फिलिपलाई सम्मान गर्दै सेनाको एड्जुटेन्ट जनरल पदमा बढुवा गरिदिएका थिए। तर, उनले त्यो स्वीकार गरेनन्।

उनलाई यो थाहा थियो कि फ्रान्सको लडाईमा इङ्ल्याण्ड र जर्मनी (त्यति बेलाको संयुक्त जर्मनी) एकअर्काका साथी थिए। इङ्ल्याण्डको यही सम्बन्धको कारण फिलिपनले एक स्काच ब्यारेनकी पुत्रीसँग विवाह गरेका थिए। आफ्नो सेवाका लागि उनलाई सामन्ती उपाधि फानवेस्ट फालेन मिलेको थियो। फिलिपले पुत्रहरुमा एकको नाम लुडविग फानवेस्ट फालेन राखेका थिए। जो पिताको सफलताहरुको कारण अब साधारण कूलको नभएर एक सानोतिनो सामन्तको स्थितिमा थियो।

यिनै लुडविगकी पुत्री थिइन् जेनी, जो साल्जवेडेलमा १२ फेब्रुअरी १८२४ मा अर्थात् कार्ल मार्क्सभन्दा ४ वर्ष पहिले जन्मिएकी थिइन्। सो समय जेनीका पिता साल्जवेडलमा लाण्डराट (मेजिस्ट्रेट) थिए। दुई वर्षपछि त्यहाँबाट ठाउँ सारी भएर उनी सरकारको परामर्शदाता भएका थिए। राइनल्याण्ड जर्मनीको दोस्रो भागसँग भिन्न थियो। त्यो सामन्त नभएर उद्योगपतिहरुको प्रदेश बन्दै थियो। त्यो जर्मनीको चिरप्रतिद्वन्द्वी फान्सको सीमापुर पर्दथ्यो। त्यसैले पनि यो क्षेत्रमा असाधारण योग्यता भएका व्यक्तिलाई नै त्यहाँको शासकको रुपमा पठाउने गरिएको थियो। प्रसियाका महामन्त्री हार्डेन बर्गको यसकारण लुडविग फानवेस्ट फालेनसँग विशेष नजर परेको थियो।

लुडविग साधारण सामन्तहरुभन्दा कति धेरै विलक्षण प्रतिभायुक्त थिए ? त्यो यसबाट पनि पुष्टि हुन्छ कि कार्ल मार्क्सले जीवनको अन्तसम्म पनि आफ्नो ससुराप्रति सम्मान र कृतज्ञताको भाव देखाइरहेका थिए। लुडविग सुशिक्षित थिए। उनी होमरको कविताहरुको पृष्ठ पृष्ठ दोहोर्याएर पढ्ने गर्दथे। शेक्सपियरको धेरै नाटकहरु उनलाई कण्ठस्थ थियो। त्यो पनि अँग्रेजी र जर्मनी दुवैमा।

लुडविगको घरमा विद्या र साहित्यको सुन्दर वातावरण थियो। उनीसँग पुस्तकहरुको राम्रो संग्रह थियो। कार्लजस्ता प्रतिभाशाली तरुणका लागि जिज्ञासा पूरा गर्न ती पुस्तकसहितका स्रोत साधनहरुले सम्पन्न थियो। यस्तो अवस्थामा यदि बचपनदेखि नै कार्ल मार्क्सको लगाव वेस्टफालेन परिवारसँग भएको थियो। लुडविग पनि यस मेधावी बच्चासँग एकदमै माया गर्दथे। उनकी पुत्री जेनी र कार्ल बालापनदेखि नै साथ साथ खेल्ने गर्दथे। उनीहरुलाई नै थाहा नहुनेगरी विस्तारै विस्तारै प्रेम हुँदै गयो। जेनी पनि एक असाधारण सुन्दरी किशोरी थिइन्। तर, उनको स्वभाव भने अन्य सामन्त कुमारीहरुको भन्दा भिन्न थियो। उनलाई चाहनेहरु पनि धेरै थिए।

उनी आफ्ना पिता र आफ्नो कूलको प्रभावबाट कुनै धनी र प्रभावशाली सामन्त र कुमारसँग विवाह गरेर विलास र सुखको जीवन पनि विताउन सक्दथिन्। तर, जेनीले यस्तो रोजिनन्। बरु उनले बाल्यकालको यस्तो साथीसँग विवाह गर्ने निर्णय लिइन्। जसको भविष्य खतराले भरिएको र अनिश्चित थियो। यसले पनि जेनी अरुभन्दा भिन्न थिइन् भन्न सकिन्छ । मार्क्सका पिता उनलाई देवकन्या जादूगर्नी जस्ता शब्द प्रयोग गर्दथे। साथै उनी मार्क्सको प्रेम सम्बन्ध यति धेरै पक्का सम्झिन्थे कि जस्तासुकै ठूला राजा महाराजाले पनि उनीहरुको प्रेम सम्बन्धलाई टुटाउन सकिँदैन। जेनीलाई दिनको लागि मार्क्ससँग भौतिक बस्तुहरु त केही पनि थिएन। तर, उनलाई ती अद्भूत पुरुषसँगको बहुमूल्य प्रेम मिलेको थियो।

मार्क्स जेनी बाल्यकालको प्रेम र उसको परिवारको पैतालिस वर्षको उमेरमा समेत अत्यन्त मधुर शब्दमा याद गर्दथे। बचपन बढ्दै जाँदा दुवैको स्नेह तरुणको प्रेममा बदलिएको थियो। यस्तो स्थितिमा दुबै तरुण हृदयको विछोड असह्य हुन्थ्यो। तर, उनीहरुलाई पढाई पनि पूरा गर्नु थियो। मार्क्स पढ्नकोलागि जब बोन गएका थिए, सोही समय आफ्ना मातापिताको अनुमति विना नै उनीहरु विवाह बन्धनमा बाँधिएका थि। वकिल हाइनरिल मार्क्सद्वारा हाइनरिल मार्क्सद्वारा लुडबिग फानवेस्ट फालेनको दर्जा कूल र मर्यादा धेरै माथि थियो।

तर, पनि उनले सो विवाहलाई प्रशन्नताका साथ स्वीकृति दिएका थिए। तर, यसको अर्थ त्यो थिएन कि दुवैको विवाह तत्कालै होस्। यसरी परिवारले तत्कालै विवाह गर्न स्वीकृति नदिँदा नदिँदै पनि उनीहरुले विवाह गरेका थिए।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending