Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

तयारी विनाकोे अपरिपक्क कार्यक्रम

\"\"पम्परागत रुपमा संसदमा अनौपचारिक शैलीमा भएपनि छलफल गरेर सुझाव माग्ने गरिन्थ्यो । तर सरकारले अहिले नीति तथा कार्यक्रम सिधै ल्याएको छ । यसको अर्थ यसपटक सरकार पूर्ण विस्वस्त छ । उसले कसैसँग सल्लाह सुझाव लिएको छैन् । थपघट गर्नुपरे प्रक्रियाबाट आउन आह्वान गरेको छ । यसले सरकारको आत्मविश्वास बढि छ भन्ने संकेत गर्छ । यसमा आएको कार्यक्रमकै कुरा गर्दा, कतिपय विगत कै छन् । कतिपय यही चालु आ.व.को योजनाहरुलाई पनि नजरअन्दाज गरिएको पाइयो । एक दशकदेखि बन्दै आएको हुम्ला र डोल्पामा सडक जोडिने छ भनिएको छ । यो पनि पहिलादेखि भन्दै आएको कुरा हो । मुलुक साक्षरतामय हुनेछ भनिएको छ । यो सारक्षता भन्ने कुरा कहिल्यै पनि सकिने देखिएन । यी यस्ता उदाहरणले नीति तथा कार्यक्रम कति दुरदर्शी भन्ने चाहीं संकेत गर्छ । केहि राम्रो पक्ष पनि छन् । पूर्वाधारहरुलाई सैद्धान्तिक जोड दिइएको छ । सँगै समस्या सतही कुरा गरिए जस्तो पनि देखिन्छ । जस्तो पानीको डाइभर्सन भनिएको छ । धेरै नदीहरुमा डाइभर्सन गराई जमिनलाई हराबरा बनाउने भनिएको छ । साथै यसमा प्रस्तुत गरिएको यति उति क्षेत्रफलको कृषियोग्य जमिनलाई सिंचाई गरिने भनिएको कुरा अलि मेल नखाने खालको पनि छ । यहाँ सिंचाई योग्य जमिनको ८० प्रतिशतमा भू–भागमा सिंचाई पुगेको भनिएको छ । यो कहिंको तथ्यांकसँग पनि मिल्दैन । जसरी खानेपानी ८० प्रतिशत जनतालाई पु¥याइएको छ अब ९० प्रतिशतलाई पु¥याइन्छ भनिएको छ नि । यो सिंचाईको कुरा पनि त्यस्तै हो । यहिँ काठमाडौंका मान्छेले पानी नपाएर कुन हालत छ । पाईप जोडेको वर्षौं हुँदासमेत एक थोपा पानी झरेको छैन् । त्यस्ता गफलाई मान्छेले कति पत्याउने ? नीति तथा कार्यक्रमको सामाग्री बडो गन्जागोल छ । कतिपय एउटै विषयवस्तुलाई दुई तीन ठाउँमा जोडिएको छ । जस्तो एक ठाउँमा महिला हिंसाको कुरा गरेको छ, बीचमा महिलाको हक अधिकारको कुरा गरेको छ, एक ठाउँमा महिलाको स्वास्थ्यको कुरा गरेको छ । यो यस्ता विषय त क्रमिक रुपमा एकै ठाउँमा राख्न मिल्थ्यो नि । तर तयारी नपुगेजस्तो, अध्ययन नपुगेजस्तो, ध्यान नपुगेजस्तो देखियो । रोजगारीको कुरो पनि बडो अच्चम्मसँग मानिसलाई भुलभुलैयामा पार्ने खालको छ । एक ठाउँमा आगामी वर्ष पाँच लाखलाई थप रोजगारीको व्यवस्था गरिनेछ भनिएको छ । र फेरी अर्को बुँदामा तीन लाखलाई ४ वर्षभित्र गरिनेछ भनिएको छ । यो के हो ? तथ्यांक पनि भुलभुलैयामा पार्न खोजे जस्तो देखिन्छ । सरकार पनि प्रष्ट नभएको देखियो । यो नीति तथा कार्यक्रम व्यवस्थित ढंगबाट राम्रोसँग अध्ययन विमर्ष गरेर ल्याए जस्तो पटक्कै देखिन्न । एकदमै कच्चा जस्तो छ । जस्तो सडकमै आपतकालिन अवस्थामा जहाज उतार्ने भनिएको छ नि, यो त पुरै स्वैर कल्पना हो । यहाँ मोटर चल्नलाई त कुन हालत छ थाहा छैन् ? एउटा राम्रो पक्ष नीति तथा कार्यक्रमले देशमा भ्रष्टचार छ, ढिलासुस्ती छ, अकर्मण्ड्यता छ भन्ने कुरा स्वीकार गरेको छ । म भ्रष्टचार गर्दिन, म भ्रष्टचार हुन दिन्न । म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु । भन्ने पनि शब्द परेको छ । अर्कोतर्फ पुँजीगत खर्च गर्न नसकेको वास्तविकता छ भनेर पनि स्वीकार गरेको छ । फेरि पनि वास्तवमा यो विना तयारी ल्याएको कुनै संका छैन । हुनत् सम्माननिय राष्ट्रपतिले भ्रमणको एकदिने कार्यक्रम नै छुट्याएर आउनु भएको छ । उहाँको ठूलो जिम्मवारी थियो । उहाँले त्यत्रो पढ्नुपर्यो । तर नीति तथा कार्यक्रमको भित्रि विषयवस्तुले तयारी नभएको प्रष्ट पार्छ । (अर्थविद् क्षेत्री पूर्व गर्भनरसमेत हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE