Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सफ्टवेयरबाटै स्वास्थ्य सेवा

बागलुङ। जिल्लाको बागलुङ नगरपालिका –१४ स्थित नारायणस्थान स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनताको स्वस्थ्य अवस्था जानकारी लिनका लागि सफ्टवेयर प्रविधि प्रयोगमा ल्याएको छ ।

सफ्टवेयर प्रविधिले नारायणस्थानका चार हजार ७०० कोे व्यक्तिगत स्वास्थ्य अवस्थाबारे तथ्याङ्क राख्न सहयोग पुगेको नारायणस्थान स्वास्थ्यचौकीले जनाएको छ । रु ८० हजारको लागतमा निर्माण गरिएको सफ्टवेयरका लागि बागलुङ नगरपालिकाले रु ४० हजार र वडा कार्यालयले रु ४० हजार विनियोजन गरेको थियो ।

सफ्टवेयरले प्रत्येक महिला तथा पुरुषको स्वास्थ्य अवस्थाको जानकारी दिनेछ । बालबालिकाले खोप लगाए÷नलगाएको, पोेषणको अवस्था, गर्भवती तथा कुपोषित महिलाको अवस्था, परिवार नियोजनको अवस्था, मधुमेह, उच्च रक्तचाप, मिर्गौला रोग, क्यान्सर, उमेरअनुसारको जनसङ्ख्यालगायतका विषयमा जानकारी राखिने स्वास्थ्यचौकी प्रमुख ऋषिराम शर्माले बताए ।

हरेक सङ्घसंस्थालाई प्रविधिमैत्री बनाउँदै लैजाने नगरपालिकाको योजनाअनुसार सफ्टवेयर सञ्चालन गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “हामीले स्वास्थ्यचौकी तहमा नै सफ्टवेयर निर्माण गरी प्रत्येक जनताको स्वास्थ्य अवस्था जानकारी राख्न लागेका छौँ”, पौडेलले भने, “देशकै एउटा नमूना काम भएको र आगामी वर्षमा यस प्रविधिलाई पालिकाका अन्य स्वास्थ्य संस्थामा समेत लागू गराउन प्रयत्न गरिने छ ।” एक वर्षको निरन्तर अभ्यासपछि वडामा रहेका रोगीका आधारमा स्वास्थ्य सेवा प्रदान गर्नलाई ‘वेब वेस हेल्थ प्रोफाइल’ नामक सफ्टवेयर निर्माण गरिएको चौकी प्रमुख शर्माले बताए।

सफ्टवेयरमा वडाभरका व्यक्तिको रोगको विवरण राखिने भएकाले स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य योजना निर्माणका लागि सहयोग पुग्नेछ । “वडामा कस्ता विरामी बढी छन् त्यसैलाई केन्द्रित गरेर सेवा प्रदान गर्न सफ्टवेयरले सहयोग पुग्नेछ”, शर्माले भने । स्वास्थ्य सेवाका बारेमा केही जानकारी लिनुपरेमा सफ्टवेयरका माध्यमबाट तुरुन्त पत्ता लाग्नेछ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending