Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

युवतिको कोठाको ढोका फोरेर बलात्कार गर्ने कांग्रेस नेता पक्राउ

काठमाडौं। नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याल बलात्कार अर्थात् जबरजस्ती करणीको अभियोगमा काठमाडौँको गोंगबुबाट पक्राउ परेका छन्।

गत चैत २२ गते शुक्रबार मध्यराति गोंगबुको एक युवतीको कोठामा ढोका फोरेर बलात्कार गर्न पुगेका अर्याल प्रहरीबाट घटनास्थलमै पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार गोंगबुमा डेरा गरी बस्ने एक युवतीकोमा रमेश अर्याल मध्यरातको १२ बजे ढोका फोरेर प्रवेश गरेर बलात्कार गरेको सूचनाको आधारमा स्थानीयबासीको सहयोगमा पक्राउ परेका हुन्।

युवतीको मौखिक जाहेरीका आधारमा प्रहरीले मध्यरातमै अर्याललाई प्रकाउ गरी अनुसन्धान गरिरहेको र अब अदालतमा मुद्दाको सुनुवाइ हुने प्रहरी निरीक्षक थापाले बताए। युवतीले अर्यालसँगै नुवाकोटकै राजु श्रेष्ठको नाममा समेत किटानी जाहेरी दिएपछि उनलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

यद्यपि प्रहरीले राजुलाई घटनास्थलमा नभेटेको जनाएको छ। स्रोतका अनुसार अर्यालले विभिन्न बहानामा ती युवतीलाई पटकपटक बलात्कार गर्दै आएका थिए। पक्राउ परेको राति अर्यालले ती युवतीलाइ निर्घात कुटपिटसमेत गरेका थिए। अर्यालले आफ्नो हत्याकै प्रयास गरेपछि प्रहरीलाइ खबर गरेको बुझिएको छ।

आफ्ना नेता बलात्कारको अभियोगमा घटनास्थलबाटै पक्राउ परेपछि नुवाकोटका कांग्रेसका शीर्ष नेताले उनलाई छुटाउनका लागि प्रयास गरेका थिए। तर, सफल भएनन्। बलात्कारको अभियोग लागेका अर्याल निर्दोष रहेको र किटानी जाहेरी दिने उनको प्रेमिका भन्दै अनेक प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ।

घटनाका सम्बन्धमा शक्ति समूहले समेत चासो लिएपछि प्रहरीले समेत कांग्रेस नेताहरूलाई कुनै सहयोग गर्न नसक्ने/नमिल्ने भन्दै कानून अनुसार नै कारबाही प्रक्रिया अघि बढ्ने बताएका थिए।

विदुर नगरपालिका साविकको खड्गभञ्ज्याङ गाविस वडा नम्बर ३ का स्थायी बासिन्दा रहेका अर्याल नेपाली कांग्रेस नुवाकोटका आमन्त्रित सदस्य हुन्। उनलाई पार्टी साभापति जगदिश्वरनरसिंह केसीले आमन्त्रित सदस्यको रूपमा गत मंसीरमा मनोनित गरेका थिए।

उनी रणभूवनेश्वरी क्याम्पस देवीघाटको अध्यक्ष र शिखर इन्स्योरेन्सको बट्टार शाखाका प्रमुख समेत हुन्। यस्तो छ नेपाली कांग्रेसले रमेश अर्याललाई आमन्त्रित सदस्यको रूपमा मनोनया गरेको पत्र।

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE