वीरगञ्ज । बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ ।
प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यभाग भएर सडक विस्तार भएपछि त्यस क्षेत्रमा अत्यधिक गतिमा सवारीसाधन चलाउँदा जनावर ओहोरदोहोर गर्ने क्रममा ठक्कर लागेर मर्ने क्रम बढ्दै गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार रामले राससलाई बताए ।
पथलैयादेखि पूर्वमा तामागढी र उत्तरमा मकवानपुरसम्म फैलिएको सो निकुञ्जमा रहेका जनावरको सुरक्षा चुनौती बढ्दै गएपछि निकुञ्ज प्रशासनले ठाउँठाउँमा चेकपोष्ट राख्ने, विस्तारै गाडी हाँक्न लगाउने, जनचेतना फैलाउने काम गरिनेसमेत बताइएको छ । त्यसैगरी ओहरदोहर गर्ने जनावरको सुरक्षाका लागि सो क्षेत्रमा आकासे पुल बनाउने सोच रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
यसैगरी सेनाद्वारा बनाइरहेको फास्टट्र्याक पनि डिपिआरविना बनिरहेकाले हात्तीलगायतका जनावरलाई ओहोरदोहोर गर्न जोखिम हुने भएकाले त्यसतर्फ पनि निकुञ्ज प्रशासन गम्भीर रहेको बताइएको छ ।
निकुञ्जभित्र रहेको २० दुर्लभ पाटेबाघमध्ये दुई बाघ दुर्घटनामा मरेपछि अहिले निकुञ्जभित्र १८ पाटेबाघ मात्र रहेको छ । सडक दुर्घटनामा चैत महीनामा मात्र पाँच बदेल, चित्तल, बाँदर सवारीसाधनको ठक्करबाट मरेको छ भने वैशाख ५ गते सवारीसाधनको ठक्करबाट एक चित्तल मरेको रेञ्जर प्रकाश पुनले राससलाई बताए ।
अर्कोतिर निकुञ्जभित्र साउन, माघ र फागुन महीना गरी वर्षमा तीन पटक लाग्ने धार्मिक तथा ऐतिहासिक दुधेश्वरनाथ मेलाको कारण अत्यधिक चाप बढ्नाले दुर्लभ वन्यजन्तुको सुरक्षा चुनौती थपिने गरिन्छ । जनावरकै सुरक्षाको लागि त्यस ठाउँबाट बस्ती हटाइए पनि जवरजस्ती मेला लाग्दा जनावर असुरक्षित हुँदै गएको निकुञ्ज प्रशासनको भनाइ छ ।
निकुञ्जभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पहिचान भएका पाटेबाघ, हात्ती, गैँडालगायतका दुर्लभ वन्यजन्तु र यसको बासस्थानमा नकारात्मक प्रभाव पर्ने गरेको छ ।
जैविक विविधताले भरिएको पर्सा राष्ट्रिय निकुञ्जमा रहेको लोपोन्मुख जनावर हिँड्न सुरक्षित तथा छोटो बाटो नभएकाले बेलाबेलामा सवारीसाधनको ठक्करबाट जनावर मर्ने क्रम बढ्दै गएको छ भने निकुञ्जभित्र रहेका काठ चोरी, अवैध सिकारी, उद्योगबाट निस्कने रासायनयुक्त धुवाँधुलोले समेत पर्या–प्रणालीमा प्रभाव पार्दा यसले जनावरको जीवनचक्रमा समेत प्रभाव पार्न थालेका छन् । कुल ६२७ दशमलव ३९ वर्ग किमिमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जको पूर्वमा धार्मिक रतनपुरी जङ्गल, पश्चिममा चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा बफरजुन र दक्षिणमा निर्मलबस्ती, सुवर्णपुर रहेका छन ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: