Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

लोकतन्त्रलाई जोगाएर लैजानुको विकल्प छैन– चित्रबहादुर केसी

\"\"संविधान निर्माण हुने र तिन तहको चुनाव हुँदै जनताबाट मत लिएर सरकार बन्नेसम्मको प्रक्रिया उपलब्धीमुलक नै हो । तर लोकतन्त्र आयो, गणतन्त्र आयो भनिरहँदा त्यसको महसुस जनतालाई भने हुनसकेको छैन । शासन व्यवस्था राम्रो हुन सकेको छैन । भ्रष्टचार ज्यादै धेरै मौलाइरहेको छ । यसलाई हामीले व्यवस्थित गर्न सकेनौं भने जनतामा राम्रो सन्देश जाँदैन । जसको फाइदा गणतन्त्र, धर्मनिरपेक्षताका वैरीहरु मौलाउँदै जान्छन् । समस्या व्यहोर्नु पर्ने अवस्था आउँछ । हुनत यो सम्झौताबाट टुंगीएको प्रक्रिया पनि हो । यो कुनै आमूल परिवर्तन त होइन । जसले जे भनेपनि पुरानो संरचना त्यस्तै छ । आर्थिक, प्रशासनिक, सांस्कृतिक संरचना उस्तै छ । जनताको आधारभूत कुरालाई सम्बोधन गर्न ति पुराना संरचना नबदलेसम्म गाह्रो पर्छ । तैपनि सरकारले जति गराउन सक्थ्यो त्यो पनि जनतामा महसुस गराउन सकेको छैन । दुईतिहाई बहुमत भएर मात्रै पनि भएन । गर्न सक्ने काम गर्न सक्नु पर्यो नि । यो लोकतन्त्रलाई बलियो बनाउने खै काम गरेको ? गर्नलाई दुईतिहाई बहुमत छ, अरु शक्तिहरु पनि त्यति बलिया छैनन्, प्रतिपक्षिले पनि खासै असर गर्नसक्ने अवस्था छैन । तर सरकारले सामान्य आँट पनि गरेको देखिएन । सामान्य खालको क्रान्तिकारी भूमिसुधार गर्ने, शुसासन दिने, भ्रष्टाचार नियन्त्रण गर्ने जस्तो कामको सुरुवात पनि गर्न सकेन । जनतालाई शुसासन दिन नसकेपछि गणतन्त्र विरोधी कुराहरु आउँछन् । प्रतिगमनका खतरा पनि आउँछन् । धर्मनिरपेक्षता अनि गणतन्त्र कतिलाई पचेको छैन । यस्ता अनेकन कुराले मुलुकलाई असफल बनाउने तिर लैजान्छ । पछिल्लो समय, लोकतन्त्रको विकल्प खोज्ने प्रयास पनि हुँदै गरेको देखिएको छ । धर्मको नाममा, भूगोलको नाममा विभिन्न खाले चलखेल पनि भएका छन् । यहि लोकतन्त्रले जनताको आवश्यकता त पुरा हुँदैन। तर अहिलेको बखतमा यो लोकतन्त्रलाई जोगाएर लैजानुको विकल्प छैन । यहि लोकतन्त्र पनि नहुने हो भने मुलुकमा स्थिति झन भयाभह हुनसक्छ । लोकतन्त्रलाई बदलेर यसभन्दा अगाडि जाने आधारभूत फाउण्डेसन के ? प्रश्न छ । यदि यो बुझिएन भने पार्टीहरु नै बर्बाद हुन्छन् । लोकतन्त्रका आधारभूत कुराहरुलाई सम्बोधन गर्न सरकार चुकेको देखिन्छ । कम्युनिष्ट नामको दुईतिहाई बहुमत प्राप्त सत्ताले पनि बुझेन भने भोली आन्दोलनको सामना गर्नुपर्ने हुन्छ । अनौठो विकल्पको खोजी हुन सक्छ । (केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending