Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

लोकतन्त्रलाई जोगाएर लैजानुको विकल्प छैन– चित्रबहादुर केसी

\"\"संविधान निर्माण हुने र तिन तहको चुनाव हुँदै जनताबाट मत लिएर सरकार बन्नेसम्मको प्रक्रिया उपलब्धीमुलक नै हो । तर लोकतन्त्र आयो, गणतन्त्र आयो भनिरहँदा त्यसको महसुस जनतालाई भने हुनसकेको छैन । शासन व्यवस्था राम्रो हुन सकेको छैन । भ्रष्टचार ज्यादै धेरै मौलाइरहेको छ । यसलाई हामीले व्यवस्थित गर्न सकेनौं भने जनतामा राम्रो सन्देश जाँदैन । जसको फाइदा गणतन्त्र, धर्मनिरपेक्षताका वैरीहरु मौलाउँदै जान्छन् । समस्या व्यहोर्नु पर्ने अवस्था आउँछ । हुनत यो सम्झौताबाट टुंगीएको प्रक्रिया पनि हो । यो कुनै आमूल परिवर्तन त होइन । जसले जे भनेपनि पुरानो संरचना त्यस्तै छ । आर्थिक, प्रशासनिक, सांस्कृतिक संरचना उस्तै छ । जनताको आधारभूत कुरालाई सम्बोधन गर्न ति पुराना संरचना नबदलेसम्म गाह्रो पर्छ । तैपनि सरकारले जति गराउन सक्थ्यो त्यो पनि जनतामा महसुस गराउन सकेको छैन । दुईतिहाई बहुमत भएर मात्रै पनि भएन । गर्न सक्ने काम गर्न सक्नु पर्यो नि । यो लोकतन्त्रलाई बलियो बनाउने खै काम गरेको ? गर्नलाई दुईतिहाई बहुमत छ, अरु शक्तिहरु पनि त्यति बलिया छैनन्, प्रतिपक्षिले पनि खासै असर गर्नसक्ने अवस्था छैन । तर सरकारले सामान्य आँट पनि गरेको देखिएन । सामान्य खालको क्रान्तिकारी भूमिसुधार गर्ने, शुसासन दिने, भ्रष्टाचार नियन्त्रण गर्ने जस्तो कामको सुरुवात पनि गर्न सकेन । जनतालाई शुसासन दिन नसकेपछि गणतन्त्र विरोधी कुराहरु आउँछन् । प्रतिगमनका खतरा पनि आउँछन् । धर्मनिरपेक्षता अनि गणतन्त्र कतिलाई पचेको छैन । यस्ता अनेकन कुराले मुलुकलाई असफल बनाउने तिर लैजान्छ । पछिल्लो समय, लोकतन्त्रको विकल्प खोज्ने प्रयास पनि हुँदै गरेको देखिएको छ । धर्मको नाममा, भूगोलको नाममा विभिन्न खाले चलखेल पनि भएका छन् । यहि लोकतन्त्रले जनताको आवश्यकता त पुरा हुँदैन। तर अहिलेको बखतमा यो लोकतन्त्रलाई जोगाएर लैजानुको विकल्प छैन । यहि लोकतन्त्र पनि नहुने हो भने मुलुकमा स्थिति झन भयाभह हुनसक्छ । लोकतन्त्रलाई बदलेर यसभन्दा अगाडि जाने आधारभूत फाउण्डेसन के ? प्रश्न छ । यदि यो बुझिएन भने पार्टीहरु नै बर्बाद हुन्छन् । लोकतन्त्रका आधारभूत कुराहरुलाई सम्बोधन गर्न सरकार चुकेको देखिन्छ । कम्युनिष्ट नामको दुईतिहाई बहुमत प्राप्त सत्ताले पनि बुझेन भने भोली आन्दोलनको सामना गर्नुपर्ने हुन्छ । अनौठो विकल्पको खोजी हुन सक्छ । (केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE