काठमाडौं । जिल्ला एकीकरण टुंगिए लगत्तै सत्तारुढ नेकपाले पोलिटब्युरो तहको एकता अघि बढाएको छ। तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्यूरो चयनको गृहकार्य अघि बढाएका हुन्।
केन्द्रीय कमिटीको एकतिहाई रहने गरी पोलिटब्युरो कमिटी गठन हुने नेकपा विधानमा व्यवस्था छ। चार सय ४१ जना केन्द्रीय समितिबाट एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुनेछ।
तीन नेताबीच पोलिटब्युरो गठनको मापदण्डबारे करिब सहमति जुटेको नेकपा स्रोतले बतायो। केन्द्रीय कमिटीमा दुवै पूर्वसमूहबाट समावेश भएकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्यूरो बनाउने नेताबीच सहमति छ।
पूर्व एमालेलाई ८१ र पूर्वमाओवादीलाई ६६ जना पोलिटब्युरो सदस्य भागबण्डामा परेको छ । जसअनुसार पूर्वएमालेमा ६५ जनासम्मको पोलिटब्यूरो रहेकाले उनीहरूमध्येबाट चयन गर्ने र बाँकीको हकमा दुईपटक केन्द्रीय सदस्य भइसकेकाबाट वरिष्ठतालाई हेरेर चयन गर्ने समझदारी भइसकेको छ।
पूर्वएमालेबाट पोलिट्ब्यूरोमा को–को ?
पूर्वएमालेबाट सचिवालय र स्थायी समितिमा रहेका नेता केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल छन्।
यस्तै प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, मुुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सुभाष नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुजी पन्त, बेदुराम भुषाल, विष्णु रिमाल, रघुवीर महासेठ, अमृत बोहरा, केशव बडाल र पुष्प कँडेल स्वतः पोलिटब्यूरो सदस्य हुँदैछन्।
त्यस्तै, पूर्व पोलिटब्युरो सदस्यमा काशिनाथ अधिकारी, डा. गंगालाल तुलाधार, थममाया थापामगर, नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, पर्शुमेघी गुरुङ, सोमनाथ प्यासी, अरुण नेपाल, पशुपति चौंलागाई, डा. बिन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्रबहादुर पाण्डे, यामलाल कँडेल, राजेन्द्रप्रसाद पाण्डे, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, डा. विजय पौडेल, श्रीमाया थकाली, कर्ण थापा, गोकुल घर्ती, गोरखबहादुर बोगटी, गौराप्रसाद कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, दलबहादुर राना, डा. वंशिधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, शत्रुधन महत्तो र शेरधन राई स्वतः सदस्य हुँदैछन्।
पूर्व एमालेमा ६५ सदस्यीय पोलिटब्यूरोमा रहेका गणेश तिमल्सिना राष्ट्रिय सभा अध्यक्ष, अग्नि खरेल महान्यायाधिवक्ता, योगनारायण यादव जेल र सानुकुमार श्रेष्ठ तीन नम्बर प्रदेश सभाको सभामुख पदमा रहेकाले रिक्त स्थानसहित बाँकी २० सदस्य नयाँ अनुहारबाट पदपूर्ति गर्नुपर्नेछ ।
पूर्वएमालेबाट नयाँ दाबेदार को–को ?
पूर्वएमाले समूहबाट पूर्ति गर्नुपर्ने बाँकी २० सदस्यमा दुईपटक केन्द्रीय सदस्य भइसकेका मध्येबाट चयन गर्ने तयारी छ। यो मापदण्डअनुसार करिब ३० जना पूर्वएमालेका नेता पोलिटब्यरोका लागि दाबेदार देखिएका छन्।
त्यसमध्ये केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, गोमा देवकोटा, घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, ठाकुर गैरे, राजेन्द्र राई, देवराज घिमिरे, डा. विजय सुब्बा, वैजनाथ चौधरी, ममता गिरी, राधाकृष्ण मैनाली, विरोध खतिवडा, शेरबहादुरतामाङ, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेललगायत नेता नयाँ अनुहारका रूपमा दाबेदार छन्।
पूर्वएमालेमा जिल्ला तहको नेतृत्व छान्दा ओली र नेपाल समूहबीच तनाव देखिएको थियो। तर, पोलिटब्युरो कमिटीमा भने पूर्वसमूहको वरिष्ठतालाई नै आधार बनाएका कारण असमझदारी देखिएको छैन। एक–दुई दिनभित्रै केन्द्रीय सचिवालय बैठकबाट पोलिटब्यूरो सदस्य चयन गरिसक्ने नेकपाको तयारी छ।
पूर्वमाओवादीभित्र को–को छन् वरिष्ठ ?
तत्कालीन माओवादीका ९९ सदस्यीय सचिवालयमा वरियतामा अघि रहेकामध्ये अध्यक्ष पुष्पकमल दाहालसहित नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, अमिक शेरचन, देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेत नेकपाको पोलिटब्यूरोमा स्वतः समेटिने छन्।
त्यस्तै, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुषाल, नारायण शर्मा पौडेल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, मणि थापा, जयपुरी घर्ती, तिलक परियार, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, दिनानाथ शर्मा, हितराज पाण्डे, लेखराज भट्ट, विश्वनाथ शाह, डिलाराम आचार्य, उर्मिला आचार्य, श्रीराम ढकाल पोलिटब्यूरो सदस्य बन्ने छन्।
त्यस्तै, वरियतामा अघि रहेका प्रभु शाह, टंक राई, गणेश शाह, रामचन्द्र झा, रामेश्वर राय यादव, प्रल्हाद बुढाथोकी, परशुराम तामाङ, सुनील मानन्धर, पासाङ शेर्पा, सुरेन्द्रकुमार कार्की, जोखबहादुर महरा, नारायणप्रसाद दाहाल, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालिबहादुर मल्ल, कमला रोका छन्।
यस्तै झक्कुप्रसाद सुवेदी, हरिराज अधिकारी, टंक आङवुहाङ, सुरेशकुमार राई, शशी श्रेष्ठ, डिआर पौडेल, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, गंगा कार्की, पुष्पविक्रम मल्ल, खगराज भट्ट, टेकबहादुर बस्नेत, महेश्वर गहतराज, अन्जना बिसंखे, राजु खड्का, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, शिवकुमार मण्डल पूर्वमाओवादीको भागमा परेको ६६ जनाको पोलिटब्यूरोमा अटाउन सक्नेछन् ।
पूर्व माओवादीमा नारायणकाजी श्रेष्ठ, बादल, देवेन्द्र पौडेल र नेकपा संयुक्तबाट एकीकरणमा आउने समूहसमेत समेट्नुपर्ने बाध्यता छन्। वरियतासँगै जनयुद्धका बेलाका ९५ सदस्यीय केन्द्रीय सदस्यमध्येबाटै पोलिटब्यूरो सदस्य छान्नुपर्ने दबाबमा पूर्वमाओवादीमा छ।
प्रतिकृया लेख्नुहोस्: