Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

उपत्यकाको खानेपानी समस्या छिट्टै हल हुन्छ : खानेपानी मन्त्री

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या छिट्टै हल हुने बताएकी छन् । मन्त्री मगरले खानेपानी समस्या दिर्घकालीन रूपमा हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताएकी हुन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४ औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताएकी छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘मेलम्चीको समस्या धेरै दिन रहँदैन । ठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन । यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौति छ, यसका लागि मन्त्रालय अन्तर्गतको बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) लगायतका निकायहरु लागिरहेका छन् ।’

जनताको अपेक्षा धेरै भएकाले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पुर्याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको उनले बताइन । भ्याली बोर्डले गरेको काम प्रति प्रशंसा गर्दै मन्त्री मगरले बोर्डलाई अझ सशक्त ढंगले अघि बढ्न निर्देशन समेत दिएकी छिन् ।

\"\"

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधन सहितको उच्च र मध्यमस्तरको खानेपानीको सेवा ९० प्रतिशत पुर्याउन सरकार लागिरहेको जानकारी दिए । सचिव शर्माले भने, ‘ उच्च र मध्यमस्तरको खानेपानीको सेवा २० प्रतिशतले मात्रै पाईरहेका छन् । दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व हामीसँग छ । ९० प्रतिशत जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पुर्याउन खर्बौं रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता छ । हामी योजना बनाएर अघि बढिरहेका छौं ।’

भ्याली बोर्डका अध्यक्ष एवं मन्त्रालयका सहसचिव तेजराज भट्टले काठमाडौं उपत्यकामा खानेपानी तथा ढल व्यवस्थापनका लागि गुरु योजना बनाईरहेको जानकारी दिए। उपत्यका भित्र रहेका पोखरी, ढुंगेधारा र तालतलैयाहरुको संरक्षण र सम्बद्र्धनका लागि बोर्ड योजना बनाएर अघि बढिरहेको सहसचिव भट्टले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending