Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८२ बुधबार | 30th April, 2025 Wed
Investment bank

स्वास्थ्य सेवा प्रभावित

डोटी । आदर्श गाउँपालिका वडा नँ १ चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिए ।

एकतले भवन रहेको उक्त कार्यालय हावाहुरीले उडाउँदा कार्यालयमा भएका स्वास्थ्य जाँच गर्ने उपकरण तथा औजारमा पनि क्षति हुनाका साथै केही उपकरण पनि उडाएकोे बताइएको छ । छाना मर्मतसहित अन्य उपकरणको व्यवस्था मिलाइदिन स्थानीयवासीले आग्रह गरेका छन् ।

लाखौँको नोक्सानी

हावाहुरीसँगै आएको असिनाले जिल्लाका विभिन्न ठाउँमा लाखौँको बालीनाली नोक्सानी गरेको कृषि ज्ञान केन्द्र सिलगढी डोटीले जनाएको छ । केन्द्रका अनुसार जिल्लाका बडिकेदार, जोरायल, केआइसिंह, सायल, आदर्श, पूर्वीचौकी, बोगटानलगायत गाउँपालिका तथा शिखर नगरपालिका– १ मा ठूलो मात्रामा असिना परेको छ । असिनाका कारण सो क्षेत्रका सयौँ रोपनी खेतमा लगाइएको लाखौँको गहुँजौ खेती, तोरीबाली तथा तरकारीलगायत अन्यबालीमा ठूलो नोक्सानी पुगेको छ । असिना तथा हावाहुरीले जिल्लामा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

सोमबार साँझ ५ बजेतिर आएको हावाहुरीसँगै परेको असिनाले पाकेर भित्र्याउनै लागिएको गहुँबालीमा बढी नोक्सान पुर्याएपछि यहाँका किसान भोकमरी हुने चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा गहुँ र तोरी खेतीमा आश्रित किसान असिना पानीले फुलेको तोरी र पाकेको गहुँमा क्षति पुगेपछि निराश भएका छन् । असिनाले किसानले लगाएका टमाटर, बन्दा, प्याज र काँक्रा खेतीमा समेत नोक्सानी पुगेको बताइएको छ ।

जोखिम न्यूनीकरणका योजना माग हुँदैनन्

जिल्लामा विपद् जोखिम न्यूनिकरणका योजनामा माग नै नहुने गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् । पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घराज बोगटीले आफू निर्वाचित भएर आएदेखि हालसम्म कसैले पनि विपद् जोखिम न्यूनीकरणका योजना माग नगरेको बताए । वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले पूर्वीचौकी गाउँपालिकामा जनप्रतिनिधि र सरोकारवालासँग गरेको संवाद कार्यक्रममा अध्यक्ष बोगटीले मागै नभएका योजना बनाउन गाह्रो हुने बताउँदै भने, “गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र कार्यविधि पास गरिसकेको छ, योजना चाहियो ।” उक्त गाउँपालिकामा विपद्का हिसाबले सङ्कटासन्न क्षेत्र पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी गराइएको र विपद् व्यवस्थापनका लागि करीब रु १५ लाखको कोष स्थापना भएको अध्यक्ष बोगटीले जानकारी दिए ।

बस्ती स्तरबाटै विपद् जोखिम न्यूनीकरणसम्बन्धी योजना माग भएर आएमा निश्चित योजना बनाएर लागु गरिने पूर्वचौकी गाउँपालिकाका उपाध्यक्ष एवं योजना तर्जुमा समितिका अध्यक्ष निर्मला साउदले बताइन् । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायतको सहभागिता रहेको कार्यक्रममा सामुदायिक विकास केन्द्रका कार्यक्रम अधिकृत सुरेश नाथले परियोजनाअन्तर्गत भइरहेका कार्यक्रमबारेमा जानकारी दिएका थिए । सिडिसीले सञ्चालन गरिरहेको नेपाल विपद् जोखिम न्यूनीकरण परियोजना २०१८ फेबु्रअरीदेखि २०१९ सेप्टेम्बरका लागि डोटीका दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी, सायल र आदर्श गाउँपालिकामा सञ्चालन भइरहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending