Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

बेपत्ता पत्रकार खड्काको खोजी गर्न टोली गठन

डोटी। नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका साधारण सदस्य तथा पत्रकार तेजबहादुर खड्का(तेजु)को खोजीका लागि टोली गठन गरिएको छ । खड्का बेपत्ता भएको करीब आठ महीना पुग्नै लाग्दा पनि उनको अवस्था कसैले पत्ता लगाउन नसकेपछि महासङ्घ जिल्ला शाखाले एक टोली गठन गरी घटनाको अध्ययन गर्ने तयारी गरेको हो ।

महासङ्घका अध्यक्ष योगेन्द्र बलायरको संयोजकत्वमा गठित उक्त खोजी टोलीमा प्रेस चौतारीका अध्यक्ष झलक पाली, प्रेस युनियनका अध्यक्ष प्रकाश बम, पे्रस सेन्टरका कार्यवाहक अध्यक्ष कर्ण चन्द र पत्रकार महासङ्घका कोषाध्यक्ष अरुण बम रहेका छन् ।

टोलीले बेपत्ता भएका पत्रकार खड्काका घरपरिवार, आफन्तजन र बाजुरा जिल्लामा गएर सरोकारवालासँगको समन्वय र घटनास्थलको स्थलगत अध्ययन पश्चात प्रतिवेदन तयार गरी नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति, प्रदेश समिति र सरकारका सम्बन्धित निकायमा पेश गर्ने अध्यक्ष बलायरले बताए ।

उनले भने, “पत्रकार खड्का हराएको लामो समय भैइसकेको र अहिलेसम्म पनि कही कतैबाट कुनै कुरा पत्ता नलागेका लागि हामी आफ्नै पहलमा खोजी कार्य गर्दैछौँ ।” गत भदौ १० गते बाजुराको बुढीनन्दा मेलाबाट रिपोर्टिङ गरेर फर्किने क्रममा सम्पर्क विहीन भएका खड्का अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भएका पत्रकार खड्का प्रेस युनियनका संस्थापक अध्यक्ष हुँदै रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायल र केन्द्रीय प्रसारणमा समेत काम गरेर पछिल्लो समयमा बाजुराको रेडियो बुढीनन्दामा कार्यरत थिए ।

पत्रकार खड्का हराए लगत्तै स्थानीयस्तरमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी गरेता पनि फेला पारेको थिएन । आफ्नो घरको सदस्य हराएको लामो समय भई सक्दा समेत कुनै आधिकारिक खबर नआउदा घरपरिवार निकै तनाबमा परेको उनका दाजु तथा काङ्ग्रेस नेता जितबहादुर खड्काले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending