Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

आठ वर्षमा साढे ५७ लाख भन्दा बडी एमआरपी वितरण

काठमाडौँ  । आठ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ । एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन् । सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यसयता २०१९ जनवरीसम्म ५७ लाख ४० हजार नौ सय ७१ राहदानी वितरण भएको राहादानी विभागले जनाएको छ । विभागका अनुसार एमआरपी लिनेमध्ये ८० प्रतिशत पुरुष छन् । ४६ लाख ३३ हजार नौ सय ६५ पुरुष र ११ लाख ६ हजार नौ सय ८० महिलाले एमआरपी लिएका छन् । यस्तै, अन्य परिचय खुलाएर एमआरपी लिनेको संख्या २६ मात्रै छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - राहदानी विभागका सूचना अधिकृत तीर्थराज अर्यालले जनवरीसम्म वितरण भएको एमआरपीमा पुरुषको संख्या धेरै रहेको बताए । ‘वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या बढी भएकाले यसो भएको हुन सक्छ । तर, आधिकारिक कारण खोजी भएको छैन,’ अर्यालले भने ।

आठ वर्षमा एमआरपी
पुरुष : ४६,३३,९६५
महिला : ११,०६,९८०
अन्य : २६
जम्मा : ५७,४०,९७१

जिल्लाबाट धेरै वितरण
नेपालमा राहदानी वितरणबारे अनुसन्धान गरेको फ्याक्टस् रिसर्च एन्ड एनाइटिक्सको तथ्यांकअनुसार धेरै एमआरपी जिल्लाबाटै वितरण भएका छन् । जिल्लाबाट मात्रै २८ लाख नौ हजार सात सय २४ एमआरपी वितरण भएका छन् । यो कुल एमआरपी संख्याको ४८।९४ प्रतिशत हो । जिल्लाबाट एमआरपी वितरण गर्न भने २०११ बाट सुरु भएको हो । सुरुआतबाटै वितरण गरिएको राहदानी विभागबाट २२ लाख ४६ हजार दुई सय १२ एमआरपी वितरण भएका छन् । यो कुल संख्याको यो ३९।१२ प्रतिशत हो । २०११ बाटै वितरण सुरु भएको विदेशस्थित कूटनीतिक नियोगबाट ६ लाख ८५ हजार ३५ अर्थात् ११।९३ प्रतिशत एमआरपी वितरण भएको छ ।

काठमाडौंबाट धेरै वितरण
राहदानी विभागले २०११ देखि २०१९ को जनवरीसम्ममा मुलुकको सबै जिल्लाबाट २८ लाख नौ हजार सात सय २४ एमआरपी वितरण गरेको छ । जसमा सबैभन्दा धेरै काठमाडौंबाट जारी भएका छन् । तथ्यांकअनुसार सात वर्षमा काठमाडौंबाट मात्रै दुई लाख १० हजार चार सय ८२ एमआरपी जारी भएका छन् । यस्तै, झापाबाट एक लाख ६२ हजार पाँच सय १६ र मोरङबाट एक लाख ३१ हजार ७९ एमआरपी वितरण भएका छन् ।

चौथोमा रूपन्देहीबाट एक लाख १९ हजार दुई सय ६६, चितवनबाट एक लाख सात हजार पाँच सय ७७, नवलपरासीबाट ९८ हजार आठ सय ४२, कास्कीबाट ८४ हजार ९२, ललितपुरबाट ६९ हजार सात सय ८२, कपिलबस्तुबाट ६२ हजार सात सय ६५ र काभ्रेबाट ६७ हजार ६ सय पाँच एमआरपी वितरण भएका छन् ।

सबैभन्दा कम डोल्पाबाट
विभागको तथ्यांकअनुसार सबैभन्दा कम एमआरपी डोल्पाबाट वितरण भएका छन् । नौ वर्षमा डोल्पाबाट ११ जनाले मात्रै एमआरपी लिएका छन् । कालिकोटबाट ७५ एमआरपी वितरण भएको छ । यस्तै, मुगुबाट एक सय चार, हुम्लाबाट एक सय ६४, मनाङबाट तीन सय १९, जाजरकोटबाट तीन सय ३३, बाजुराबाट सात साय ६ एमआरपी वितरण भएका छन् ।

त्यस्तै, सोही अवधिमा बझाङबाट एक हजार चार सय सात, जुम्लाबाट एक हजार चार सय ९९ र दार्चुलाबाट एक हजार ६ सय ८३ एमआरपी जारी भएका छन् । राहदानी वितरणको संख्या तलमाथि हुनुमा जनसंख्या कारक रहेको राहदानी विभागका सूचना अधिकृत अर्यालले बताए । ‘जहाँ जनसंख्या धेरै छ, त्यहाँ धेरै राहदानी वितरण भएका छन् । जहाँ कम छ, त्यहाँ कम नै वितरण भएका छन्,’ उनले भने ।

४६०० रातो पासपोर्ट वितरण
सरकारले कूटनीतिक नियोगमा काम गर्ने र विशिष्ट व्यक्तिका लागि रातो पासपोर्ट वितरण गर्छ । आठ वर्षमा मुलुकभर रातो पासपोर्ट चार हजार ६ सय जारी भएका छन् । कार्यालय प्रयोजनका लागि सरकारले नीलो रङको पासपोर्ट पनि जारी गर्छ । यो पासपोर्ट हालसम्म १५ हजार आठ सय ८९ वटा जारी भएका छन् । पर्यटकका लागि एक हजार पाँच सय ११ यात्रा अनुमतिपत्र जारी गरिएको छ ।

रोजगार र शिक्षाका लागि बिदेसिने क्रम बढ्दो
मनीष झा
सिइओ, फ्याक्ट्स नेपाल
१० वर्षमा जारी भएका एमआरपीको तथ्यांक विश्लेषण गर्दा सहर र शिक्षित भनिएका ठाउँका मानिसले धेरै पासपोर्ट लिएको देखिन्छ । यसले के देखाउँछ भने, रोजगार र शिक्षा हासिल गर्ने उद्देश्यले विदेश जाने क्रम बढ्दो छ । अर्को, घुम्ने संस्कृतिको पनि विकास भएको देखिन्छ । घुम्नका लागि नेपाली विश्वका विभिन्न स्थानमा जाने गरेको तथ्यांक विश्लेषणबाट देखिन्छ ।

\"\"

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE