Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

राज्यले परिस्थितिको मूल्याङ्कन गर्न नसक्दा देशले ठूलो क्षति व्यहोर्नुपर्‍याे

वैशाख १२ को शक्तिशाली भूकम्पका कारण देशले अकल्पनीय क्षति व्यहोर्नुपर्यो । हाम्रो पुस्ता यस्तो त्रासदीपूर्ण वातावरण भोग्न बाध्य भयो । भूकम्पले उब्जाएको घाउ पुर्न दसौं वर्ष लाग्छ । आर्थिक रुपले पछौटेपनले ग्रस्त अल्पविकसित हाम्रो मुलुकमा यस्तो क्षतिबाट पूर्वावस्थामा आइपुग्न धेरै समय लाग्छ । यो अवस्थामा सरकार एक्लैले केही पनि गर्न सक्दैन । यो दर्दनाक स्थितिको सही मूल्याङ्कन गरी भविष्यमा थप क्षति हुन नदिन सबै पक्ष गम्भीर हुनु आजको आवश्यकता हो । विनाशकारी भूकम्पले एकातर्फ ठूलो धनजनको क्षति पुर्याएको छ र अर्कोतर्फ राष्ट्र पुनर्निर्माणमा कसरी अगाडि बढ्ने भन्नेबारे गम्भीर पाठ सिकाएको छ । नेपाल भूकम्पीय दृष्टिले जोखिमपूर्ण छ भन्ने चेतावनी विश्वका भूगर्भविद्हरुले बारम्बार नदिएका होइनन् । तर, राज्यले परिस्थितिको उचित मूल्याङ्कन गर्न नसक्दा आज देशले ठूलो क्षति व्यहोर्नुपर्यो । यहींनेर राज्यको कमजोरी रह्यो । म विकास समितिको सभापति हुँदा पनि प्राकृतिक व्यवस्थापन ऐन तथा निवावली बनाउन बारम्बार घच्घच्याएको थिएँ । तर, दुःखको कुरा– विपत् व्यवस्थापन ऐनको मस्यौदा तयार भएको लामो समयसम्म पनि त्यसलाई संसदबाट पारित गराउन सकेका छैनौं । नेपालमा भूकम्प अहिले मात्र गएको होइन, ९० सालमा अहिलेको भन्दा शक्तिशाली भूकम्प गएको थियो । त्यसबाट धेरै ठूलो क्षति व्यहोर्नुपर्यो । त्यसयता पनि धेरै पटक भूकम्प गइसकेका छन् । भूकम्पले मात्र नेपालमा हजारौंको ज्यान गइसकेको छ, अर्बौंको सम्पत्ति नष्ट भएको छ, लाखौं घरबारबिहीन भएका छन्, असङ्ख्य घाइतेहरु छन् । त्यसैले भूकम्पको जोखिमलाई ध्यानमा राखेर तत्कालीन व्यवस्थापन तथा दीर्घकालीन योजना तर्जुमा गर्नु जरुरी छ । बैशाख १२ गतेको भूकम्पले अहिलेको पुस्तालाई राम्रो पाठ सिकाएको छ, यो कुरालाई राज्यले पनि राम्रैसँग मनन गर्यो होला । विश्वको इतिहास हेर्ने हो भने पनि धेरै मुलुकले विनासबाट विकासतर्फ फड्को मारेका छन् । हामीले पनि अब ढिलो नगरी यस विपतको घडीमा सबै राजनीतिक दहरु एकजुट भई गम्भीर परिस्थितिको सामना गर्नुबाहेक अर्को विकल्प छैन । किन आवश्यक छ राष्ट्रिय सरकार ? क्षतिग्रस्त अवस्थाबाट मुलुकलाई निकास दिन वर्तमान सरकारले सक्दैन । राष्ट्र पुनर्निर्माणको गम्भीर स्थितिमा सबैले ‘रियलाइजेसन’ गर्नुपर्छ । र, तत्काल राष्ट्रिय सरकार गठन हुनुपर्छ । त्यसले मात्र अहिलेको गम्भीर परिस्थितिको सामना गर्न सक्छ । भूकम्पको चपेटामा परेका जनतालाई अहिलेसम्म सामान्य राहत दिन समेत नसकेर राज्य निकम्मा भएको छ । विपत् व्यवस्थापनमा खटिएका निकायहरुमा राम्रो संयोजन हुन सकेको छैन । दुर्गम ठाउँमा अझै मृतकहरुको लास निकाल्न समेत सकिएको छैन । घाइतेहरुको उद्धार तथा जोखिमा रहेका जनतालाई सुरक्षित स्थलसम्म ल्याउन विभिन्न कठिनाइ भइरहेको छ । यसतर्फ सरकारले ध्यान दिन सकेको छैन । जनता त्रिपाल नपाएर खुला आकाशमुनि बस्न बाध्य छन् । देशमा सरकारविहीनताको अवस्था छ । जनता त्रसित छन् । हजारौं विद्यालय भत्किएका छन् । लाखौं विद्यार्थीको पठनपाठन प्रभावित भएको छ, उनीहरुमा भूकम्पले सिर्जना गरेको मनोवैज्ञानिक त्रास अझै कायम छ । मनोचिकित्सा र परामर्शसहित विद्यालय सञ्चालन गर्नुपर्छ । क्षतिग्रस्त भवन निर्माण गर्न सरकार तत्काल अग्रसर हुनु जरुरी छ । सुरक्षा निकायसँग राहत तथा उद्धारका लागि आवश्यक पर्ने आधुनिक उपकरण छैनन् । यस संकटपूर्ण अवस्थामा राष्ट्रलाई एकताबद्ध बनाई राष्ट्रिय अखण्डतालाई ध्यानमा राखेर राष्ट्रनिर्माणका निम्ति कम्तिमा १० वर्षको स्पष्ट खाका बनाउनु आवश्यक छ । हामीले यस दुःखद् घडीमा पक्ष–प्रतिपक्ष नभनी सहमतिको सरकार गठन गर्नुपर्छ । तत्काल स्थानीय निकायको चुनाव गराउनुपर्छ । ठीक छ, राष्ट्रिय सहमतिको सरकारमा कसले नेतृत्व गर्ने भन्ने कुरा बहसको विषय हुन सक्छ । तर, आवश्यकताबोध गरे संकटपूर्ण यस घडीमा सरकारको नेतृत्व लिन एमाले सक्षम छ । तर, वर्तमान सरकार गिराउन एमालेले कुनै भूमिका खेलेको छैन । एमालेको ‘भिजन’ भनेको राष्ट्रनिर्माणका लागि सहमतिको सरकार गठन गरी देशलाई योजनबद्ध रुपमा १० वर्षभित्र पुनर्निर्माण कार्य सम्पन्न गर्नु हो । यसमा जनता, राज्यका निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग एजेन्सीसँग सहयोग आवश्यक छ । हामी सबै मिले मात्र राष्ट्र बलियो हुन्छ, एकताबद्ध हुन्छ । मुलुकलाई छिट्टै विकासको बाटोमा डोर्याउन सकिन्छ । विपत् व्यवस्थापनको महत्वपूर्ण कडी यही हो । अहिले हाम्रासामु दुईवटा चुनौती आइपरेका छन्– एक, संविधान निर्माण कार्य; जुन वर्षौंसम्म पनि सम्पन्न हुन सकेको छैन; अर्को– भूकम्पले निम्त्याएको ठूलो क्षतिबाट राष्ट्रलाई मुक्ति दिलाउनु । भूकम्पले हाम्रा सयौं ऐतिहासिक धरोहरहरु ध्वस्त बनाएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत यी ऐतिहासिक धरोहरहरुको पुनर्निर्माण गर्न नेपाल एक्लैले केही पनि गर्न सक्दैन । यस्ता ऐतिहासिक धरोहर पुनर्निर्माणमा विदेशी मित्रराष्ट्र, संयुक्त राष्ट्र संघ, विश्व बैंक, एशियाली विकास बैंक तथा विभिन्न सहयोगी एजेन्सीहरुलाई विश्वासमा लिनु जरुरी छ । तर, भूकम्पपछि क्षतिग्रस्त भएको भग्नावशेषको पुनर्निर्माणका लागि विदेशी निकायहरु राज्यकोषमा जम्मा हुनेगरी सहयोग प्रदान गर्न आनाकानी गरिरहेका छन् । उनीहरुले सरकारको नियतमाथि अविश्वस जनाइहेको देखिन्छ । यो राम्रो लक्षण होइन । विदेशी मित्रराष्ट्र तथा दातृनिकायले राज्यकोषमा सहयोग नगरी समानान्तर निकाय खडा गरेर सहयोग गर्न चाहिरहेका छन्, त्यो मान्य हुँदैन । ठीक छ, उनीहरुले दिएको सहयोग सदुपयोग हुँदैन भन्ने लागेको छ भने त्यसमा समुचित ध्यान पुर्याउन सकिन्छ । मनिटरिङ गर्ने विभिन्न निकायहरु छन्, राज्यकोष सञ्चालन गर्ने कार्यविधि बनाउन सकिन्छ । तर, राज्यको स्वीकृतिविना आफूखुसी गर्न कसैलाई पनि छुट छैन । यो त सार्वभौम मुलुक तथा लोकतान्त्रिक सरकारमाथि गम्भीर प्रहार हो । यसतर्फ सबै सजग हुनुपर्छ । यसो गर्नुपर्छ भविष्यमा बच्न बारम्बार भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक विपतले ठूलो मात्रामा क्षति पुर्याइसकेपछि यसबाट पाठ सिक्दै तत्काल सरकारले घर निर्माणसम्बन्धी आचारसंहिता ल्याउनुपर्छ । आचारसंहितालाई कडाइका साथ पालना गर्नुपर्छ । अल्पकालीन र दीर्घकालीन योजना बनाई जनतालाई तत्काल राहत र पुनर्बासको व्यवस्था गरी क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्नु जरुरी छ । यसका लागि माटो परीक्षण, भौगोलिक अवस्थाको अध्ययनलगायतका आवश्यक प्रक्रिया पूरा गरी भूउपयोग नीति लागू गर्नुपर्छ । भूकम्पले पुर्याएको क्षति हेर्दा धेरैजस्तो पुराना संरचना, अव्यवस्थित घर, कच्चा गारो तथा अनुपयुक्त जमिनमा बनाइएका घरहरु नै भत्किएका छन् । यसबाट पाठ सिक्दै घर निर्माणमा इन्जिनियरिङ अध्ययन जरुरी छ । दीर्घकालीन रुपमा छरिएर रहेका बस्तीलाई एकत्रित गरी ‘रिसेटलमेन्ट’ योजना बनाउनुपर्छ । विशेषगरी पहाडी क्षेत्रमा छरिएर रहेका बस्तीका कारण राहत तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ, यसलाई मध्यनजर गरी एकीकृत बस्ती योजना लागू गर्नुपर्छ । अर्को महत्वपूर्ण कार्य भनेको राज्यसँग विपत् व्यवस्थापनका लागि कुनै पनि साधन–स्रोत छैनन् । विपत् व्यवस्थापन गर्ने निकायलाई साधन–स्रोतसम्पन्न पारी विपत् व्यवस्थापन ऐन तत्काल पारित गर्नुपर्छ । अन्त्यमा राज्यको मात्र भर नपर्नेगरी जनस्तरमा अत्मनिर्भर क्षमता विकास गर्नु जरुरी छ । जनस्तरमै यस्ता भयानक विपत् सामना गर्न सक्ने आत्मविश्वास विकास गर्न सके मात्र देश पुनर्निर्माण कार्य अघि बढ्न सक्छ । यसरी मात्रै भविष्यमा हुन सक्ने जनधनको ठूलो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।

(एमालेका केन्द्रीय सचिव ज्ञवालीले खबर डबलीकर्मी गणेश पाण्डेसँग १६ बुँदे समझदारीअघि गरेको कुराकानीमा आधारित)

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies