Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

पवित्र पशुपतिनाथको अपवित्र हिसाब

खबरडबली संवाददा काठमाडौं, यसपटकको महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर दर्शन गर्ने एक दर्शनार्थीले एक रुपैया“ ३३ पैसा भेटी चढाएको आँकडा पाइएको छ । गत मंगलबारको शिबरात्रीमा हिन्दुहरुको अराध्यदेव पशुपतिनाथमा ११ लाख भक्तजन आएका थिए । तर, ६ लाख दर्शनार्थीले मुख्य मन्दिर प्रवेश गर्दा चढाएको भेटीको विवरण ८ लाख रुपैया“मात्र पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको छ । कोषको ८ लाख जम्मा भेटीको दाबी अनुसार प्रतिभक्तजनले चढाएको भेटी एक रुपैया“ ३३ पैसा हुन आँउछ ।
  • एक जनाले चढाए १ रुपैयाँ ३३ पैसा
  • ६ लाख दर्शनार्थीले चढाएको भेटी ८ लाख मात्र, एक जनाको भागमा १ रुपैयाँ ३३ पैसा
  •  कोषका सदस्य सचिव भन्छन्, –सबैले भेटी चढाउँदैनन
‘शिवरात्रीमा जम्मा ११ लाख भक्तजन पशुपतिनाथ दर्शनका लागि आउनुभयो । यसमा ६ लाखले मात्र मुख्य मन्दिर प्रवेश गरी दर्शन गर्नुभयो ।’ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डन भन्छन्, ‘६ लाख दर्शनार्थीले चढाएको भेटीको विवरण ८ लाख देखिएको छ ।’ टण्डनका अनुसार मूल मन्दिरमा प्रवेश गर्ने सबै भक्तजनले भेटी चढाउँदैनन् । ‘जसरी हुन्छ मन्दिर प्रवेश गरी दर्शन गर्ने इच्छा दर्शनार्थीमा हुन्छ ।’ टण्डन भन्छन्, ‘यत्ति नै भेटी चढाउँछन् भन्ने हुदैन । भेटी चढाउन हाम्रो कुनै नियम पनि छैन । भक्तजनले स्वेच्छाले दानपात्रमा चढाउने हुन् । तर, सबैले चढाउँदैनन् ।’ दर्शन गर्ने धुनमा दानपात्र एकातिर हुने दर्शनार्थी अर्कोतिर हुने हुँदा सबैले भेटी नचढाउने गरेको उनले बताए । ‘जसरी हुन्छ मन्दिरमा दर्शन गर्ने ध्याउन्नमा भक्तजन देखिनहुन्छ ।’ टण्डन भन्छन्, ‘दानपात एकातिर हुन्छ, भक्तजन अर्कोतिर, त्यसैले खोजीखोजी सबैले दानपात्रमा पुगेर भेटी चढाउँदैनन् ।’ टण्डनका अनुसार ६ लाख मध्ये डेढ लाख भारतीय दर्शनार्थीले पशुपतिमा दर्शन गरेका थिए । आजकाल सडकमा माग्न हिड्नेलाई समेत मानिसहरुले कम्तिमा पाँच रुपैयाँ दिने गर्छन् । एक रुपैयाँको कागजी नोट अहिले नेपालमा प्रचलनमा नै छैन । मन्दिर नै जाँदा पनि भक्तजनहरुले एक वा दुईका सिक्का बोकेर जाने गर्दैनन् । अर्को पक्ष, सामान्य त मन्दिर जाँदासमेत भक्तजनले ५/१० रुपैयाँ सजिलै चढाउने गरेको पाइन्छ । झन् हिन्दुहरुको पवित्र र अराध्यदेव मानिने पशुपतिमा जानेले अबिर, अक्षता मात्र र फूलपाति मात्र चढाउँछन् भन्ने पनि विश्वास गर्न गाह्रो हुन्छ । ६ लाखले दर्शन गर्ने क्रममा तीन लाखले दर्शन मात्र गरे र भेटी चढाएनन् र तीन लाखले ५/५ रुपैयाँ मात्र चढाए भने पनि कम्तिमा १५ लाख भेटी उठेको हुनुपर्ने हो । न्यूनतम पाँच रुपैयाँको दरले राख्दा पनि कोषले दावी गरेको ८ लाख मात्र भेटी उठेको भन्ने तथ्यांकलाई सजिलै पत्याउन सकिंदैन । पशुपतिमा मुख्य मन्दिर प्रवेशद्वारा बाहिर पनि उत्तिकै संख्यामा दानपात्र राखिएका हुन्छन् । मन्दिर प्रवेश नै नगर्नेले पनि दानपात्रमा रकम खसाल्ने गरेका छन् । भित्र मन्दिरमा दर्शन गर्दा पनि भक्तजले ५, १०, २० वा ५० रुपैयाँ चढाउन गाह्रो मान्दैनन् । नगदबाहेक गरगहनासहितका भौतिक सम्पत्ति पनि दान गर्ने प्रचलन छ । कोषका सदस्य सचिवका अनुसार शिवरात्रीको आयोजनाका लागि ९० लाख बजेट छुट्ट्याइएको थियो । तर, पशुपतिको साजसज्जा, आयोजनको स्वरुप, भारतबाट आउने नागाबाबा, साधुसन्तहरुको व्यवस्थापनमा खाने बस्ने, दान दक्षिणाको हिसाब गर्दा पनि बजेटले अलिकति पनि पुग्ने देखिंदैन । यस्तो पनि छ इतिहास
वर्षमा दुई लाख पनि दुई वर्षमा १० करोड पनि 
एक वर्षमा दुई लाख पनि र दुई वर्षमा १० करोड रुपैयाँ भेटी संकलन भएको तथ्यांक कोषसँग नै छ । सरकारले पशुपति मन्दिर तथा पूजा व्यवस्थापन नियमावली २०६८ लागू गरेपछि २०६९ असारमा गरिएको हिसाबमा तीन महिनामा २ करोड ५६ लाख २६ हजार रुपैया“भन्दा बढी संकलन भएको थियो । २०७० साउनमा भेटी सार्वजनिक गर्दा दुई वर्षको आम्दानी दश करोड ६९ लाख १८ हजार रुपैया भन्दा बढी संकलन थियो । कोषका अनुसार २०७० असारसम्म विषेश पूजाबाट मात्रै ४ करोड २८ लाख भेटी संकलन भएको थियो । ठूला पर्व बाहेक पशुपतिमा दिनह“ तीस भन्दा बढी विषेश पुजा गरिन्छन् । यस्ता पूजामा दर्शनार्थीले कम्तिमा प्रतिपूजा २० हजार भेटी चढाउने गरेका छन् । यही हिबासले पनि दिनकै भेटी ६ लाख हुन आउछ । पशुपतिका हनुमान, नवग्रह, उन्मुक्तभैरव, चौसट्ठी लगायतका मन्दिरबाट यसरी भेटी संकलन हुने गरेको छ । नियमावली आउनु अघि २०६७ सालसम्म एक वर्षको भेटी दुई लाख हुने जनाउने गरिन्थ्यो ।
२०७० साउनमा भेटी सार्वजनिक गर्दा दुई वर्षको आम्दानी दश करोड ६९ लाख १८ हजार रुपैया भन्दा बढी संकलन थियो । कोषका अनुसार २०७० असारसम्म विषेश पूजाबाट मात्रै ४ करोड २८ लाख भेटी संकलन भएको थियो ।
  महाशिवरात्री, तीज, साउने सोमबार, विशेष पूजा, पर्यटक प्रवेश शुल्क, भारतीय दर्शनार्थीले गर्ने ठूला दान पशुपतिका मुख्य आयस्रोत हुन् । तर, भारतीय भट्टको मनोमानी चल्दा २०६८ अघि पशुपतिमा पत्याउनै नसकिने गरी भेटी सार्वजनिक गरिन्थ्यो । पर्यटक शुल्क र पार्किङबाट मात्र वर्षेनी २८ करोडभन्दा बढी आम्दानी हुन्छ । कोष अन्तर्गत विभिन्न ठाउँमा रहेका जग्गाभाडाबाटसमेत पैसा उठ्ने गरेको छ । त्यतिबेला लाखौ भक्तजनले दान र सहयोग गरेको रकम पारदर्शी बनाउन गरेको प्रयास राम्रो देखिएको थियो । दुई वर्षमा जम्मा भएको भेटी तीन महिनामै संकलन भएको थियो । २०६८ चैतमा नियमावली लागू भएपछि दुई वर्षमा भेटी, दान र दक्षिणबाट उठेको थियो । नियमावलीपछि २०६८ चैत २६ गते भेटी सार्वजनिक गरिएको थियो । पहिलो दिन नै एक लाख १३ हजार ६६ रुपैया“ भेटी संकलन भएको थियो । कहिले वर्षहरुको दुई लाख र कहिले एक दिनको एक लाखभन्दा बढी भेटी संकलन भएको तथ्यांक आपैंmमा मेल खाँदैनन् । त्यतिखेर तीन महिने अनुपातमा भेटी संकलन भए एक वर्षमा १० करोड भन्दा बढी भेटी संकलन हुने विकास कोषका पदाधिकारीहरुले नै दाबी गर्दै आएका छन् । नियमावली आउनु अघि भारतीय मूल भट्टकै मनोमानी पशुपति मन्दिरमा चल्ने गरेको थियो । उनकै स्वविवेकमा पशुपति मन्दिर व्यवस्थापनका लागि पैसा उपलब्ध गराइने चलन थियो । नियमावली अघि भेटीको हिसाब राख्न खातापाता नै थिएन । नियमावली आएपछि मात्र भेटी सार्वजनिक गर्न थालिएको हो । पशुपति र वासुकी मन्दिरमा गरिने पूजाबाट मात्र करिब डेढ करोडभन्दा बढी संकलन हुने गरेको छ । मूल मन्दिरबाट धेरै र वासुकी मन्दिरबाट अलि कम भेटी उठ्ने गर्छ । पशुपतिमा तीज, महाशित्ररात्रीमा लाखौ भक्तजन ओइरिन्छन् । कोषले नै ८/१० लाख भक्तजन आएको उल्लेख गर्ने गरेको छ । कोष अन्तर्गत ११६ कर्मचारी, मूल भट्ट, भट्ट, सरक्षाका लागिसुरक्षकर्मी , मन्दिरको सरसफाई, मर्मत सम्भारको लागि रकम खर्च हुने गरेको छ । भेटी संकलन कहिले कत्ति आथिर्क बर्È ०६८/६९ मा २ करोड ८० लाख ३९ हजार आर्थिक वर्ष ०६९/७० मा ७ करोड ८८ लाख ७९ हजार कोष दुरुपयोगमा एमाले नेतासहित दुई पूर्व सचिव कोषको बालुवाखान ठेक्का प्रकरणमा ४६ करोड ५७ लाख अनियमितता गरेकोमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको कोष दुरुपयोग गरेको अभियोगमा गत माघको पहिलो हप्ता कोषका दुई पूर्व सदस्यसचिव र कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो । कोषको स्वामित्वमा रहेको बालुवा खानी ठेक्मा प्रकरणमा कोषका पूर्व कर्मचारी र ठेकेदार संलग्न भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । कोषको अन्तर्गतको बालुवाखानी ठेक्कामा । ४६ करोड ५७ लाख रुपैयाँ अनियमितता भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । कोषका तत्कालीन सदस्य सचिवहरु निर्मल कुइकेल र शुसिल नाहाटा मुद्दा दायर गरिएका उच्च अधिकारी हुन् । कुईंकेल एमाले काठमाडौं जिल्ला अध्यक्षसमेत हुन् । एमालेले नै उनलाई कोषको सदस्य सचिवको लागि सिफारिस गरेको थियो । स्थानीय व्यक्ति भएको हुनाले पनि उनी पशुपति मन्दिर, यस अन्तर्गतको कोषबारे विशेष जानकार मानिन्छन् । कुर्ईकेल एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् । २०७० सालको संविधानसभाको निर्वाचनमा काठमाडौं ४ बाट उम्मेदवार बन्दै कुईंकेल कांग्रेसका गगन थापासँग पराजित भएका थिए । कोषका निर्देशक राजकुमार रेग्मी, काठमाडौं जिविसका पूर्व स्थानीय विकास अधिकारीहरु गोपाल पराजुली, प्रेमराज जोशी र महेन्द्र कुमार श्रेष्ठसहितविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । सुशील नाहटालाई सचिवको लागि कांग्रेसले सिफारिस गरेको थियो । बालुवा खानी अनियमितता प्रकरणमा जिविसका पूर्व अधिकृतको पनि संलग्नता पाइएको छ । स्रोतका अनुसार अख्तियारले जिविसका तत्कालीन योजना अधिकृत भिष्म मल्ललाई प्रतिवादी बनाएको बुझिएको छ । केही ठेकेदारहरुको पनि प्रत्यक्ष संलग्नता रहेको भन्दै प्रतिवादी बनाइएइको थियो । बच्चुराम दाहाल, मिठाराम दाहाललाई प्रतिवादी बनाइएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies