Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

संकटमा प्रतिवन्धित नेकपा : कोही समातिए, कोहीले पार्टी छोडे

काठमाडौं । फागुन २८ मा बसेको मन्त्रीपरिषदको वैठकले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक मान्यता नदिएर अपराधीक समुह भन्दै सबै गतिविधिमाथि प्रतिबन्दको घोषणा ग¥यो । प्रतिबन्दसँगै सरकारले सुरक्षा निकायलाई उच्च अलर्टमा राख्दै विप्लवका नेता तथा कार्यकर्ता विरुद्ध विशेष अपरेसन नै छेड्यो ।

प्रतिवन्धसँगै प्रतिवन्धित नेकपा संकटमा देखिएको छ । झण्डै ५ वर्षदेखि राजनीतिक दलका नेता र विभिन्न भौतिक सम्पत्तिमाथि बम प्रहार गर्दै आईरहेको नेकपालाई सरकारले लगाएको ‘प्रतिवन्ध’ सरप्राइज हुन पुगेको छ । विप्लव समुहले आफुमाथि प्रतिवन्ध लाग्ने र पूर्णरुपमा भुमिगत हुनपर्ने आँकलन गर्न नसक्दा उनीहरु संकटमा फसेका छन् ।

स्रोतहरुका अनुसार नेत्रविक्रम चन्द विप्लव हाल स्वदेशमा छैनन् । पार्टीमाथि प्रतिवन्ध लागेको अवस्थामा नेतृत्व पार्टी पंक्तिको सम्पर्क भन्दा बाहिर हुनुले पनि उनिहरुमा संकट निम्त्याउने कारण हो ।

जसका कारण भटाभट नेता कार्यकर्ताहरु गिरफ्तार हुने अवस्थामा मात्रै पुगेका छैनन् । अब के गर्ने भन्नेमा समेत उनिहरु अकर्मन्य अवस्थामा छन् ।

प्रतिबन्ध घोषणाको २४ घण्टा नबित्दै नेकपा महासचिव विप्लवले वक्तव्य जारी गरेका थिए । वक्तव्यमा सरकारको प्रतिबन्दले आफ्नो यात्रालाई असर नगर्ने भन्दै सरकारी दमनको मुखतोड प्रतिरोध गर्न आफुहरु तयार भएको दाबी गरे । सरकारको निर्णय आफैंमा ‘अपराधिक, षडयन्त्रकारी र हाँस्यास्पद’ भएको बताएका थिए ।

सरकारले प्रतिबन्दको घोषणा गर्नु र विप्लवले प्रतिरोधको घोषणा गर्दा लडाई सन्निकट जस्तो देखिएको थियो । एकपछि अर्का घटनाहरु घट्दै जाँदा देशमा दुई शक्ति भिड्ने र देश पुनः गृहयुद्धमा जाने जस्तो आम अनुभुति हुन पुगेको थियो । गृह मन्त्रालयको सर्कुलर र तयारी हेर्दा १० वर्षे जनयुद्धलाई स्मरण गराउँथ्यो ।

कमजोर विप्लव

सरकारले प्रतिबन्द र विप्लवले प्रतिरोधको घोषणा गरेपछि विकास भएको घटनाक्रमले विप्लव कमजोर देखिएका छन् । सुरक्षा निकायको अप्रेसनमा ठूला मानिएका नेताहरु नै पक्राउ पर्न थालेका छन् । प्रतिबन्दको घोषणा भएको करिब दुई सातामा विप्लवका मध्य कमाण्ड इन्चार्ज सहित केन्द्रीय तहका तीन नेता र कयौं जिल्ला तहका नेताहरु पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ शनिबार काभ्रेबाट पक्राउ परे । ओली नेकपा भित्रका तेस्रो वरियताका नेता हुन् । सरकारले प्रतिबन्द र विप्लव नेतृत्वको नेकपाले प्रतिरोधको घोषणा गरेको दुई साता नबित्दै हेमन्तप्रकाश ओली सहित स्थायी समिति सदस्य मोहन कार्की ‘जिवन्त’ र केन्द्रिय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष बन्धु चन्द समेत पक्राउ परेकी छन् ।

गृह मन्त्रालयको रिपोर्ट अनुसार, दुई साताको बीचमा प्रहरीले देशैभरबाट ३ दर्जनभन्दा बढि नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । यही बीचमा कतिपय जिल्ला नेताहरुले राजीनामा लेख्दै स्वतन्त्र रहने उद्घोष समेत गरेका छन् ।

छोटो अवधीमै शीर्ष नेताहरु पक्राउ पर्नु र केहिले राजीनामा घोषणा गरी स्वतन्त्र हुनुले विप्लव समुहलाई ठूलो नोक्सानी पुगेको देखिन्छ । सरकारी प्रतिबन्धलाई मुखतोड जवाफ फर्काउने भनेपनि प्रतिवन्धित नेकपाले आफ्ना शीर्ष नेताहरुको सुरक्ष ागर्न नसकिरहेको देखिन्छ ।

सरकार आक्रामक

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति सरकार झन्ै आक्रामक बन्दै गएको देखिन्छ । सरकार संवाद होइन, गलाएर संवादमा ल्याउने योजनामा रहेको प्रष्टै देखिन्छ । नेकपाले कुनै वार्ता प्रति कुनै सकारात्मक प्रतिक्रिया नजनाएपछि सरकारले थप आक्रामक शैली अपनाएको पनि हुन सक्छ । प्रतिबन्द लगाएको छोटो समयमै सोचेभन्दा ठुलो सफलता हात परेपछि सरकार हौसिएको देखिन्छ

गृह मन्त्रालययले आइतबार एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपालाई कुनै पनि खालको सहयोग नगर्न निर्देशन जारी गरेको छ । विज्ञप्ती मार्फत गृहले आर्थिक सहयोग लिने र दिने दुवैलाई कारबाही गर्ने जनाएको छ । दिनेलाई समेत निशाना बनाउनुको अर्थ नेकपालाई पूर्ण रुपमा कमजोर बनाउने अभियानमा सरकार एकलव्य भएर लागेको छ ।

विज्ञप्ती पनि आएन

सरकारले आफु विरुद्ध कुनै गतिविधि वा निर्णय गर्ने वित्तिकै वक्तव्यबाजीमा उत्रने विप्लव नेतृत्वको नेकपा अहिले सुनसान देखिन्छ । आफ्ना उच्च तहका नेता पक्राउ पर्दा समेत कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन । विप्लव नेतृत्वका एक केन्द्रिय सदस्य खबरडबलीसँग गरेको कुराकानीअनुसार उनीहरु वक्तव्य होइन, सरकारलाई धक्का सहितको जवाफ दिने तयारी छन् । उनले भने, – ‘सरकारको अराजनीतिक कदमका विरुद्ध प्रतिरोधबाटै जवाफ दिइन्छ, वक्तव्यबाट होइन ।’

गिरफ्तारी र पार्टी त्याग

प्रतिवन्ध लगत्तै पक्राउ परेका ठुला नेतामा मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली र स्थायी समिति सदस्य मोहन कार्की हुन् । ओली काभ्रेबाट र कार्की ललितपुरबाट पक्राउ परेका हुन् ।

यसैगरी पार्टी केन्द्रिय सदस्य तथा अनेमसंघकी केन्द्रिय अध्यक्ष बन्धु थापा, पार्टी केन्द्रिय सदस्यहरु शंकर अधिकारी, पुर्वी ताम्मासालिङका इन्चार्ज लगायत ४० भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) आइतबार राती पुर्वी क्षेत्रबाट पक्राउ परेका छन् ।

यसैगरी झण्डै आधा दर्जन जिल्ला स्तरका प्रभावशाली नेताहरुले प्रतिवन्ध पछाडी पार्टी परित्यागको घोषणा समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्–

विप्लवका समूहका ब्युरो संयोजक श्रेष्ठ पुर्वी क्षेत्रबाट पक्राउ

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE