Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

११ औं सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप शनिबारदेखि

\"footballधनकुटा, ११ औं संस्करणको सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप शनिबारदेखि सुरु हुदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकको भनाइ छ । पत्रकार सम्मेलन गरि शनिबारदेखि सञ्चालन हुने प्रतियोगिताका लागि प्रायोजक, सहभागी टीम र भौतिक संरचनाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । यस प्रतियोगितामा साविक विजेता फ्यान्स क्लब  बिआरटी भुटानसँगै ८ वटा क्लब सहभागी हुने आयोजक समितिका सह-संयोजक शम्भु प्रधानले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय लिग खेलिरहेका झापा ११ र मोरङ ११, राष्ट्रिय जागृति क्लब सुनसरी, भारतको कञ्चनजंघा फुटबल क्लब, साविक विजेता फ्यान्स क्लब (बिआरसी) भुटान, धनकुटा रातो र धनकुटा निलो टीम सहभागि हुनेछन् । प्रतियोगिता २०५५ सालदेखि निरन्तर सञ्चालन हुदै आएको छ । यस संस्करणको विजेता टोलीले नगद १ लाख १५ हजा रुपैयाँ सहित गोल्डकप हात पार्नेछ । त्यसैगरी, उपविजेताले नगद ५५ हजार प्राप्त गर्ने बताइएको छ । गत वर्ष विजेतालाई १ लााख ११ हजार १ सय ११ रुपैयाँ  र उपविजेतालाई ५० हजार रुपैयाँ नगद दिइएको थियो । यस वर्ष उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट डिफेन्स, मिडफिल्डर, फरवार्ड र गोलकिपरले नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च अनुमान गरिएको बताइएको छ । प्रतियोगितालाई टुबोर्ग वियरले मुख्य प्रायोजन गरेको छ भने जिल्ला विकास समिति धनकुटा, धनकुटा नगरपालिका, राष्ट्रिय खेलकुद परिषद लगायतको सहयोग रहेको सचिव रोशन श्रेष्ठले बताए । प्रतियोगिताका लागि जिल्ला विकास समितिको कार्यालय धनकुटाले ३ लाख ५० हजार रुपैयाँ, धनकुटा नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ र राष्ट्रिय खेलकुद परिषद्ले १ लाख रुपैयाँ सहयोग गरेका छन्  । प्रतियोगितामा टिकट बिक्रीबाट मात्र ६ लाख रुपैयाँ संकलन गर्ने आयोजकको लक्ष्य रहेको छ । गएको फागुन महिनामै प्रतियोगिता सञ्चालन गर्ने तयारी भएपनि त्यस समयमा राष्ट्रिय लिग सञ्चालन भएको र त्यसपछि वैशाख २६ गते मिति तोकिएपनि वैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण प्रतियोगिता करिब एक महिना पछि सरेको आयोजक समितिका सह-संयोजक प्रधानले बताए । असार ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धनकुटाको तल्लो टुँडिखेलमा आयोजना गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending