स्याङ्जा । वालिङ नगरपालिका–१ ले वडाभित्रका सुनौलो हजार दिनका १ सय ८० महिलालाई शनिबार अण्डा वितरण गरेको छ । वडा नं १ कार्यालयको आयोजना र दियालो गैरसरकारी संस्थाको सहकार्यमा वडाभित्र रहेका सुनौलो हजार दिनका महिलालाई एक/एक क्यारेट अण्डा वितरण गर्नुका साथै क्षमता अभिवृद्धि र पोषणसम्बन्धी अभिमुखीकरण प्रदान गरेको हो ।
वडाध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले महिला लक्षित कार्यक्रमअन्तर्गत वडाबाट विनियोजित ५० हजार रुपैयाँले कार्यक्रम सञ्चालन गरिएको र यसलाई अर्ध वार्षिक रूपमा सञ्चालन गर्दै लैजाने बताए । “वडा नं १ ले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै अण्डा वितरण गर्ने कार्य प्रशंसनीय छ”, वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले भने, “आमा र बच्चाको स्वास्थ्यप्रति सजग रहँदै बजारमा प्याक गरिएका आहारभन्दा घरमै उत्पादन हुने पौष्टिक तत्वको अधिकतम प्रयोग गर्नतर्फ प्रेरित गर्दै जानुपर्छ ।”
बच्चा आमाको गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात जन्मिएको दुई वर्षसम्ममा ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले सुनौलो हजार दिनअन्तर्गत खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण नदेखियोस् भन्ने हेतुले अण्डा वितरण कार्यक्रम सञ्चालन गरेको वडा कार्यालयले जनाएको छ ।
वडा नं १ मा जस्तै कार्यक्रम वालिङका १४ वटै वडामा सञ्चालन गर्दै समग्रमा नगरपालिकालाई नै सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा टेवा पु¥याउने गरी योजना बनाउनु पर्नेमा नगर उपप्रमुख कल्पना तिवारीले बताए ।रासस
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: