Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

को हुन् प्रचण्ड ?

\"Shailendra_Ghimire\"प्रचण्ड कमजोरीसहितका नायक नै हुन् तर, उनको सबैभन्दा ठूलो कमजोरी के हो भने उनी अँगेनोमा सितो नभए पनि चुठेल्नोमा डकार्न सक्छन् ।

प्रचण्ड  विद्रोह जति हो त्यो भन्दा वढी निकास हो । जति स्वार्थ हो त्यो भन्दा वढी त्याग हो । प्रचण्ड जति आवेग हो त्यो भन्दा वढी भावना पनि हो । यसो भन्दा प्रचण्डको स्तुतीगान हुन्छ भने प्रचण्ड प्रसंशा र आलोचनाको ब्रम्हाण्ड हो । यहाँ लेखिएका कुरा केही अन्दाजहरु हुन । जुन पूर्णरुपमा मेल नखान सक्छन ,तैपनि यो समीक्षा र प्रक्षेपण हो प्रचण्डको  । ०५२ को प्रचण्डविद्रोह जीवनप्रतिको जाँगरले चलाएको होला भन्दा ठेस्सिनु पर्दैन । जीवनसँग मृत्यु जोडिएकै हुन्छ । शुरुवातमा जसरी पनि वाँचिएला भन्ने मुर्खता सोचिएको भए विज्ञानको परीक्षण अगाडि परिणाम किटानको हक हुदैन भन्ने सामान्य नियम नजानेकाले विप्लवको नेतृत्व गर्न सक्दैन । प्रचण्ड यो मुद्दाका अपवाद हुन । उनी मृत्युमा रुन सक्थे । मिडियाका लागि अभिनय नै सही चुनवाङ भिडियो तिनका हार्डडिस्कमा अहिले पनि सुरक्षित नै होला । यसकारण नै आविष्कार भएको थियो हाँस्दाहाँस्दै रुने र रुँदा रुँदै हाँस्ने । उनको तीक्ष्णतामा जनयुद्धको बर्मेली आवसान नेपालले भोगेन । उनका आदरणीयहरुको माओसुत्र अन्ध नक्कलमा उनी ढेपिएको भए आज मुलुक र उनी खरानीमाथिको भीमकाय शोकमा लथालिंग हुन्थे । उनको पहलमा केही उपलब्धीहरु हात परे । तैपनि मान्छेहरु भन्छन् लासका अगाडि उपलब्धी कम भो । उदाहरण त पेरु पनि त थियो ,त्यहाँ भन्दायहाँ मनग्यै भो, लाख भो । कम्तीमा विप्लवी चेतनाका हज्जारौं मस्तिष्कहरु त तयार भए  । चाहे मिडियाका आँखामा तिनीहरु बाँदरे नै किन नहोउन , काउछो नसहने वर्ग नै समतामूलक समाज निर्माणको मुख्य इन्जिन थियो र हो ।
प्रचण्डलाई मिडियाले लखेट्छ र लेख्छ उनी स्वार्थको राजनीति गर्छन् । समीकरण नमिलाई लेखेको यो समाचार जाली तमसुकजस्तो लाग्छ जसको प्रायोजन हरिया नोटहरुबाट र निर्देशन नेपालमा उपद्रो इच्छित अमुकतावाट हुने गरेको छ ।
प्रचण्डलाई मिडियाले लखेट्छ र लेख्छ उनी स्वार्थको राजनीति गर्छन् । समीकरण नमिलाई लेखेको यो समाचार जाली तमसुकजस्तो लाग्छ जसको प्रायोजन हरिया नोटहरुबाट र निर्देशन नेपालमा उपद्रो इच्छित अमुकतावाट हुने गरेको छ । स्वार्थ  खोजेको भए कटुवाल साँहिला उनका हितैषी हुने थिए , गिरिजा उनका दाहिना हुन्थे । सर्त यत्ति थियो गिरिजालालाई राष्ट्रपति र कटुवाललाई निर्भयताको वचन चाहिएको थियो । उनी आफैं श्रृजीत  विजयको शिखरवाट ओर्ले तर सम्झौता गरेनन् । यो गरेर ठीक वा बेठीक के गरे यो छलफलको अर्को पाटो बन्ला । तर, निर्धक्क भने हुन्छ उनि लम्पसार पर्न तयार भएनन् । यदि लम्पसार उचित ठानेको भए शक्ति र सत्तामा  उनको अटुटता रहन्थ्यो । प्रक्षेपण गलत होला सँगैका सहकर्मीहरुको आतंकले उनले उनकै योद्धाहरुलाई बरु अन्याय गरे, जो बली राजाकै जस्तो विशालता थियो ।आफै माथीको यो अन्यायलाई मिडियाले माओवादीको क्षयीकरण भनेर भट्ट्याइरह्यो र प्रचण्डलाई खेदिरह्यो । उनको जीवन जति जटिल अरुको सायदै होला । चित्त बुझाउन पर्ने उनका लागि धेरै छन्, घर भित्रका र केही समयदेखि छुट्टिएर बसेकादेखि छिमेकीसम्मै । तिनका आँखामा प्रचण्डसँग जति अपेक्षा अरुसँग नहोला । घरभित्रकाले  घरमूली हुन देओस् भन्छन्, छुट्टिएर बसेकाले आफ्नो निम्ति पनि पहुँच पुग्ने चुलो निर्माण गरेर पुरानै घरमा हुलोस् भन्ने चाहन्छन् र छिमेकी हामीलाई पनि मासु लाग्ने गरी मेसो मिला\"Prachandaओस् भन्ने चाहन्छन । तर लडाइमा भने उनी एक्लै हुन्छन् , सके र जिते सबैले हिस्सेदारी खोज्छन् नसके साथ दिदैनन् र आरोपित गर्छन् लम्पसार पर्यो भनेर । घरनै नमिलेको बेला उनलाई दुनियाँ मिलाउने दायित्व छ । उनी नाँई भन्दैनन् । कहिलेकाँही उनी जे हुन् त्योभन्दा बढी आँक्छन् र खाल्डोमा पर्छन् । उनको मस्तिष्कको गतिशीलताको मापन त अहिलेसम्म भएको छैन होला तर उनी नमिलेकासँग पनि मिल्न सक्छन् र त्यस्तो बाध्यता श्रृजना गरिदिन्छन् ताकी कटु आलोचकले पनि उनलाई मियो नमानी धरै हुँदैन । उनी हिसाबमा माहिर छन् । माहिर भएकै हुनाले कहिलेकाँही चमत्कार गर्छन् र कहिले नपत्याएको ठाँउबाट फुस्किन्छन् । अहिलेको संविधानसभा र त्यसपछि बन्ने संसदको गणित देखाएर एमाओ अध्यक्ष केपी ओलीलाई फुक्र्याउँदै संकटको बेला सबैलाई एकै ठाँउमा ल्याउने उनको काइदा जो कसैको दिमागमा फुर्दैन । १६ बुँदे लडाई अन्त्यको घोषणा नभएको केही समयपछि उनी आफैले भन्ने छन । उनको दिमागमा यो पनि छ की आन्दोलन वा लडाइ लम्वीएको छ । अर्को भाषामा यो स्थगन वा आरामको अवस्थामा छ । यतिबेला यति गर्नु नै उपलब्धी थियो । संविधानसभामा प्रक्रिया अगाडि बढीसकेको थियो, समय आन्दोलनको अनुकूलतामा थिएन । सत्ताधारीहरु विपत देखाएर एजेण्डामाथि आक्रमण गर्ने सुरमा थिए । संविधानसभामा रहेको तागतले यो थेग्दैनथ्यो । सडक भूकम्पले पल्टाएको थियो । या ठाँउमा न बाँस न बाँसुरीभन्दा गाँजको बाँस नै सुरक्षित गर्नु ठीक थियो । १६ बुँदे यही हो, यसले बाँसको अस्तित्वलाई कायम राखेको छ । यहाँ  जनजाति नेता राजकुमार लेखीको भनाई सम्झनु सान्दर्भिक होला । उनले भनेछन्– भोट जति रुख र घामलाई अनि कहाँवाट आउछ त पहिचान ? ठीकै हो अब पहिचानको कुरामात्र गर्नेका लागि लडाईमा आफैं नारिने बेला आएको छ  । प्रचण्ड उनको आन्दोलनमा अरुलाई होम्न सिपालु छन । यो आन्दोलन यस्तो आन्दोलन हुनेछ जो पहिचानले जित्दा मात्रै सकिन्छ । यस्तो आन्दोलन बनाउन सिपालु कालीगढ चाहिन्छ, प्रचण्ड आन्दोलन निर्माणका कुशल कालीगढ समेत हुन् । १६ बुँदेपछि पत्रकार सम्मेलन गर्दै विप्लव विपत्तिए, वैद्य बम्किएर भने एकताको औचित्य सकियो । यो सही हो । लामो समयदेखि माओवादी आन्दोलनका धाराहरुबीचको एकता प्रसँगमा जे ठहराव थियो त्यो भत्किएको छ । यो नयाँ शीराबाट अगाडि नगइ सुख्खै छैन । बहिस्कार गरेको संविधानसभावाट माग पूरा हुने अपेक्षा गर्नु मुर्खता थियो वा बहिष्कारका बीचमा बनेको संविधानसभाले गर्न लागेको निर्णयमा ताली लगाउनु पागलपन ठहथ्र्याे । वैद्यले आफू सद्दे रहेको देखाए । विप्लवले केही समय अगाडिमात्र पहिचानको आन्दोलनलाई डलरवादी आन्दोलन भनेका थिए । हिजो यो कसरी धोका भयो त्यो विप्लव आफैले जानुन तर प्रचण्डलाई यो कुरा पनि थाहन छ, विप्लव राजनीतिक टिप्पणीमा पनि केटाकेटी छन । अँ कति सकेको ? यो एक मूर्खले मात्र गर्न सक्छ, वाम राजनीतिमा पाकेकाहरुको टिप्पणी यस्तो छ । ठीक हो मूर्ख नभइ बहादुर बनिदैंन । बहादुरिता र विवेक नभई नयाँ युगको जन्म पनि हुँदैन । प्रचण्ड इतिहासको त्यस्तो अपरेशन थिएटरका मुली चिकित्सक हुन् जहाँ पहिल्यै मृत्युको संभावनाका बारेमा आफन्तको स्वीकृति लिएर शरीर चिरिन्छ । यो ५०–५० को खेल हो तर, प्रचण्ड त्योभन्दा बेसी सफल छन्, जहाँ असफल छन् उनी आफैंले हारेका छन् । यति हुँदापनि मिडियामा उनी विरुद्धको प्रचारमा कमी छैन । मिडियामा उनी कहिले भित्ताका हुन् त कहिले सहमतिका । घाँटी सफा गरेरै भने पनि मिडिया सुन्दैन । अहिले यो जब मिडियालाई उछिनेर जनताको कानको तहसम्म आइपुग्यो मिडियाले भन्दैछ उनको वजन पुगेन । हज्जारौ झुट प्रचण्डकाविरुद्ध नटाँसी पत्रिका बिक्दैन भन्ने तिनका मालिकलाई राम्रैसँग थाहा छ । तर, तिनीहरुलाई के थाहा छैन भने मुलुकले योभन्दा ठूलो अर्को विपतको सामना गर्नुपर्यो भने वर्तमानका सत्ताधारी दलकै कार्यकर्ताले प्रचण्डलाई देशको प्रधानमन्त्री बन्न नाराजुलुस गर्नेछन् । नवनिर्माण प्राधिकरणमा बाबुरामको चर्चा नवनिर्माणमा माओवादी गतिशीलताको प्रमाण हो भन्ने तिनले बुझेर पनि बुझ पचाउँदैछन् । जे होस् प्रचण्ड कमजोरीसहितका नायक नै हुन् तर, उनको सबैभन्दा ठूलो कमजोरी के हो भने उनी अँगेनोमा सितो नभए पनि चुठेल्नोमा डकार्न सक्छन् । यसैमा त राजनीतिको मजा छ जो प्रचण्ड जान्दछन् र मान्दछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies