नारायणपुर। पाँच वर्ष पहिले राजपुर गाउँपालिका–७ को वनकट्टी गाउँ पूरै आगोले खायो । जङ्गलको छेउमा रहेको गाउँका ६५ बढी घर खरानी भए । खरका छाना भएका ती घर विद्युत्को प्रमुख प्रसारण लाइन सर्ट भएर आगो लागेपछि गाउँनै विस्थापित भयो ।
अहिले वनकट्टी गाउँ ५०० मिटर उत्तरमा सरेको छ । उस्तै अभाव छ, उस्तै गरीबी छ । त्योभन्दा बढी वनकट्टीवासीको समस्या खानेपानीको छ । \'पुरानो बस्तीमा कुवा थिए, पानी पनि राम्रो थियो\', आगोले खानुभन्दा पहिलेको बस्ती सम्झँदै उर्मिला भण्डारीले भिनन्, \'नयाँ बस्ती बसेपछि खानेपानीको समस्या देखिँदै आएको छ ।\'
नयाँ बस्तीमा कुवा भएपनि हिउँद र खडेरीमा सुकेर जाने गरेको विजय केसीले बताए। \'गाउँमा पानीको निकै समस्या छ, कुवा छन् तर पानी धमिलो हुन्छ, खान लायकसम्म हँुदैन ।\' उनले केसीले भने । नयाँ बस्तीको बीचमा विभिन्न निकायले निर्माण गरेका चार÷पाँच वटा कुवा छन्, तर ती कुवा वर्षाको समयमा बाढीले पुर्ने गरेको छ ।
\'वर्षाको बेला सोतामा आएको बाढीले कुवा सबै पुर्छ, बाढी धामिलीएपछि फेरि कुवालाई सफा गरेर पानी खाने गर्छौं\', केसीले भने, \'नदीको छेउमा बस्ती भएर पनि हामीलाई निकै समस्या भएको छ ।\'बस्तीको एकातिर राप्ती सुसाइरहन्छ भने अर्कोतर्फ स्थानीय खोला छ । वर्षातको समयमा बाढी आउने भएका कुवा पुर्ने गरेका कारण वनकट्टीवासीले शुद्ध पिउने पानीको प्रयोग गर्न पाएका छैनन् । चैत वैशाखको समयमा पानीको हाहाकार नै हुने उर्मिला भण्डारीले बताइन्।
पिउने पानीको समस्या भोग्दै आएका वनकट्टीका बासिन्दाले सिँचाइको सुविधासमेत नपाउँदा उब्जनीमा समेत समस्या भोग्ने गरेको बताउँछन् । \'सिङ्गो राप्ती नदीको छेउमा गाउँ छ, तर सिँचाइ छैन, मकै, तोरी, तरकारी खेतीपाती गर्यो सबै सुकेर जान्छ । जेठमा मकै छर्यो, अलिकति अन्नबाली हुर्कियो, आकाशे पानीआएन, खेती गरेको ठाउँमा बाख्रा चराउन बाध्य भयौँ ।\' भण्डारीले भनिन्, \'सिँचाइका लागि कुलो छैन, पूर्वाधार छैन ।\'
विसं २०७१ वैशाखमा आगोले सखाप पारेको वनकट्टी गाउँलाई स्थानान्तरण गरेपछि पीडित परिवार सरकारको सुविधाबाट वञ्चित मात्र भएका छैनन्, झनझन अभाव भोग्न बाध्य भएका छन् । स्थानीय सरकारले वनकट्टी गाउँमा खानेपानी र सडकका लागि कार्यक्रम निर्माण गरेको बताउँछ ।
\'नयाँ बस्ती भएका कारण सबै पूर्वाधार पुर्याउन समय लागेको हो, योभन्दा अगाडि पनि खानेपानीका लागि केही कुवा खन्ने काम भएको छ ।\' गाउँपालिकाका अध्यक्ष लोकराज केसीले भने, \'तर वर्षातको समयमा कुवा पुरिने गरेका कारण ट्याङ्की निर्माण गरेर धारा पुर्याउने योजना बनेको छ ।\'
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: