Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

प्रहरीको रेस्क्यु अप्रेसन : प्रहरी कारबाहीमा चार विद्रोहीको मृत्यु

परासी । पश्चिम नवलपरासीको सुनवलमा मंगलबार दिउँसो गोलीको वर्षा भयो। प्रहरी कारबाहीमा चार विद्रोही मारिए। सुनवल नगरपालिकास्थित ‘सुनवल सिटी महल’ मा भएको प्रहरी कारबाहीमा उनीहरुको मृत्यु भएको हो। तीन जना सरकारी अधिकारीलाई १०/१२ जनाको समूहमा रहेका विद्रोहीले दुई दिनदेखि बन्धक बनाएर राखेका थिए ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - सरकारी अधिकारीलाई शकुसल छुटाउन सरकारले विद्रोही समुहलाई वार्तामा बोलाएको थियो। तर विद्रोही समूह वार्तामा नआएपछि सरकारी अधिकारीलाई छुटाउन प्रहरी प्रधान कार्यालयले ‘होस्टेज रेस्क्यु अप्रेसन’का लागि ‘अप्रेसन र्या‍म्बो’ नाम दिएर विशेष कमाण्डो टोली खटाएको थियो। टोलीले उद्दारका लागि आकाश र जमिनमा आफ्ना कमाण्डोलाई तयारी अवस्थामा राखेको थियो। ‘सिटी महल’को तेस्रो तलामा हेलिकप्टरद्धारा कमाण्डो झारिएको थियो। केही कमाण्डो वरपरका रुखमा चढेर आक्रमणको तयारीमा थिए। अर्को टोली ‘सिटी महल’ नजिक सवारीसाधनमा तयारी अवस्थामा थिए ।

कमाण्डोको यो तयारी बारे ‘सिटी महल’ भित्र रहेका विद्रोहीले पत्तै पाएका थिएनन्। आक्रमण गर्न रुखमा रहेका कमाण्डो टोली डोरीको माध्यमबाट ‘महल’को छतमा पुगे। छतबाट पुनः डोरीकै सहयोगमा सरकारी अधिकारीलाई बन्धक बनाएर राखिएको झ्यालबाट कमाण्डो प्रवेश गरे। त्यस लगत्तै अर्को कमाण्डो टोली ‘महल’ भित्र पुग्न सफल भए। यस क्रममा महलको तल्लो तलामा सुरक्षा दिएका तीन विद्रोहीको प्रहरी कारबाहीमा मृत्यु भयो। भाग्न खोज्ने क्रममा अर्का एक जना विद्रोहीको मारिए ।

यो दृश्य वास्तविक नभई प्रहरीले गरेको ‘रेस्क्यु अप्रेसन डेमो’को हो। डेमो हेरिरहेका स्थानीयवासीसहित आमन्त्रित पाहुना एक्कासी गोलीको वर्षा हुन थालेपछि झस्किएका थिए। डेमोमा पटाका पड्काएर गोली हानेको आवाज निकालिएको थियो। कमाण्डो टोलीले आकाश र जमिनबाट गरेको ‘रेस्क्यु अप्रेशन’मार्फत् सुरक्षाअधिकारीलाई गरेको सकुशल उद्दार र केही विद्रोहीलाई पक्राउ गरी लगेको दृष्यले देश/विदेशमा सुनेका र देखेका आक्रमण र उद्धारको झल्को दिएको स्थानीयले बताए ।

महाविद्यालयका प्राचार्य एवं प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले ‘डेमो’ तयारी गरेका थिए। प्रहरी युक्त तालिम महाविद्यालयले कार्यालय, व्यारेक, सर्पदंश उपचार केन्द्र र व्यायामशाला (जीम) हाउसको उद्घाटनमा सोमबार डेमो प्रदर्शन गरेको हो। कार्यक्रममा सहभागी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एवं अतिरिक्त महानिरीक्षक धिरु बस्नेत, प्रहरी प्रधान कार्यालयका तालिम तथा वृत्ति विकास निर्देशनालयका प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहलगायत उच्च सुरक्षाअधिकारी, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधिले ‘रेस्क्यु अप्रेशन’ र अन्य सैन्य कलाको प्रशंसा गरेका थिए ।

प्रहरी युक्ती महाविद्यालय रहेको स्थानमा पहिले तत्कालिन माओवादी लडाकुको क्याम्प थियो। लडाकुको व्यवस्थापनपछि २०७२ सालबाट महाविद्यालय सञ्चालनमा आएको हो। यस महाविद्यालयमा खासगरी कमाण्डो तालिम दिने गरिएको छ। हरेक वर्ष २ सयदेखि २ सय ५० कमाण्डो उत्पादन हुँदै आएको महाविद्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उपाध्यायले जानकारी दिए। त्यस्तै विष्फोटक पदार्थ हेण्डलिङ, हतियार हेण्डलिङ, भीआइपी अंगरक्षक तालिमसहितका अन्य अभ्यास हुँदै आएको वरिष्ठ उपरीक्षक उपाध्यायले जानकारी दिए। सुनवल नगरपालिका–११ जर्गाहास्थित महाविद्यालय ५५ विगाहा क्षेत्रफलमा छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE