Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

ठेक्काका नाउँमा अवैध असुली

परासी । रामग्राम नगरपालिकाले नदीजन्य पदार्थमा लगाएको ठेक्कामा अनधिकृत रुपमा रकम असुली गरेको पाइएको छ। नक्कली रसिद छपाएर रकम असुली गर्दा भ्याट रकमसमेत ठगी भएको छ। आव २०७५/०७६ का लागि नगरपालिकाले तुरिया र झरही खोलामा नदीजन्य पदार्थका लागि ठेक्का लगाएको छ। दुईवटा खोलाको नगरपालिकाले ३४ लाखमा ठेक्का लगाएको हो। जसमा तुरियाको १२ लाख बढी छ भने झरहीको २२ लाख बढी रहेको नगरपालिकाले जनाएको छ ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - खोलाबाट निकासी गरिने बालुवा, भस्कट, माटोलगायतका नदीजन्य पदार्थमा नगरपालिकाले निकासी शुल्क कर लगाएको हो। नदीजन्य पदार्थको कर संकलनका लागि प्रयोग हुने रसिद नगरपालिकाले छाप लगाएर सम्बन्धित व्यवसायीलाई दिने गरेको छ। नम्बर उल्लेखसहित छाप लगाएको रसिद मात्र प्रयोग गर्न पाइने भए पनि तुरिया खोलाको ठेक्का लिएका व्यवसायीले अनाधिकृत रसिद प्रयोग गरेर कर असुलेको पाइएको हो। उक्त ठेक्का श्री यादव सप्लायर्स रामग्राम–१६ हकुईको नाउँबाट पप्पु यादवलाई दिइएको छ।

कर संकलनका लागि सप्लायर्सको नाउँबाट २०७५ पुसदेखि फागुन ६ गतेसम्म रसिद नम्बर १ देखि ६५०० सम्मको रसिद छाप लगाएर नगरपालिकाले सम्बन्धित व्यवसायीलाई बुझाएको छ। व्यवसायीले सोही नम्बरका अर्काे रसिद छपाएका छन्। सोही नम्बरका रसिदलाई बिना छाप कर संकलनमा प्रयोग गरेको पाइएको हो। छाप नलागएका रसिद प्रयोग गरेको बारे नगरपालिकामा जानकारी गराएपनि कुनै सुनुवाई नभएको नदीजन्य पदार्थ आसोरपसार गर्ने सवारीसाधनका चालकहरुले बताएका छन् ।

नगरपालिकाले झरही खोलामा २२ हजार ३ सय घनमिटर बालुवा, भष्कट र माटोसहितका नदीजन्य पदार्थ निकाल्न अनुमति दिएको छ भने तुरियाबाट २६ हजार १ सय ६२ घनमिटर नदीजन्य पदार्थ निकाल्न अनुमति दिएको छ। प्रति घनमिटर भ्याटबाहेक दुई रुपैयाँका दरले संकलन गर्ने गरी अनुमति दिइको छ। तर व्यवसायीहरुले पाँचसयसम्म असुल गर्ने गरेको स्थानीयको गुनासो छ। छाप लगाएको बिल प्रयोग गरेपछि नदीजन्य पदार्थको परिमाण थाहा हुने गर्दछ। नक्कली बिल प्रयोग गरेपछि सक्कली बिलमा तोकिएको परिमाण अपुग देखिने भएकाले व्यवसायीले अनाधिकृत काम गरेको बताइएको छ। नदीजन्य पदार्थ संकलन गर्ने समय जेठ मसान्तसम्म छ। व्यवसायीहरुले तोकिएको परिमाणका नदीजन्य पदार्थसमेत उत्खनन गरिसकेको बताइएको छ ।

अनुगमन गर्न जाँदा छाप लगाएका बिल प्रयोग नभएकाले उक्त परिमाण उत्खनन गरेको नदेखिने भएकाले व्यवसायीहरुले नक्कली बिल प्रयोग गर्ने गरेका हुन्। नक्कली बिलमा भ्याट नम्बरसमेत उल्लेख छ। नक्कली बिल प्रयोग गरेपछि भ्याटमा समेत ठगी गरेको पाइएको हो। अनाधिकृत रसिद प्रयोग गरेर निकासी कर संकलनबारे व्यवसायी पप्पु यादवले आफूले लिएको ठेक्का स्थानीय युवाहरुलाई नाका तोकेर जिम्मेवारी दिएको बताए। तुरिया खोलाको नाका रामग्राम नगरपालिका– १४ को पर्सावलबाट हकुईसम्म छ। छाप लगाएको बाहेक अन्य रसिद प्रयोग नगरेको यादवको दाबी छ। ‘केही साथीहरुले बदमासी गरेको हुन सक्छ। त्यसबारे बुझेर गलत भएको भए तत्काल रोकिने छ ।’ यादवको भनाई छ। खुलेआम रुपमा नक्कली बिल प्रयोग गरेर रकम असुल गरेको पाइए पनि नगरपालिकाको अनुगमन समिति र जिल्लास्थित अनुगमन समितिसमेत मौन छ।

नगरपालिकाका राजश्व शाखाका शाखा अधिकृत राजन श्रीवास्तवले छाप नलगाएको रसिद प्रयोग हुनु गैर कानुनी भएको बताए। उनले गलत गर्ने व्यवसायीलाई नगरपालिकामा बोलाएर त्यसबारे सोधपुछ गरिएको र त्यस्तो कार्य नगर्न निर्देशन दिएको बताए। जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका अध्यक्ष एंव जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले गैर कानुनी काम गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने बताए। अनाधिकृत रुपमा रकम संकलन गर्ने व्यवसायीबाट सम्बन्धित नगरपालिकाले उपलव्ध गराएको रसिदसहित झिकाएर आवश्यक कानुनी प्रकृया अघी बढाइने रायको भनाई छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE