Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

पुख्र्यौली सीपलाई व्यावसायीकरण गर्दै सिर्पाली

बागलुङ । पुख्र्यौली आरन चलाउने सीपलाई कालिगड मनबहादुर सिर्पालीले व्यावसायिक बनाएका छन् । ढोरपाटन नगरपालिका–२ का ३९ वर्षीय सिर्पालीले आरन पेशाबाट मासिक रु एक लाख बढी कमाउँछन् ।

सात वर्षअघि सिर्पालीले खोलेको ‘बुर्तिबाङ आरन व्यवसाय सेवा’ मा छ कालिगडले रोजगारी पाएका छन् । पुख्र्यौली पेशालाई उद्यमको रूपमा विकास गर्ने लक्ष्य रहेको सिर्पाली बताउछन् । \'नयाँपुस्ताले आरन पेशा अँगाल्न छाडिसके\', उनले भने, \'व्यवसायबाट पुख्र्यौली सीपको संरक्षण पनि भएको छ ।\'सिर्पालीले १३ वर्षको उमेरदेखि बुबासँग आरनमा काम गर्दै आएका थिए ।

\'रोजगारीका लागि पाँच वर्षजति अरबमा बिताएँ”, उनले भने, \'स्वदेशमै केही गर्नुपर्छ भनेर फर्केर आरन व्यवसाय शुरु गरेँ ।\'पुख्र्यौली घर ढोरपाटन नगरपालिका–६ अधिकारीचौर भए पनि आरनकै कमाइबाट सिर्पालीले बुर्तिबाङ बजारमा घर, घडेरी जोडेका छन् ।

\'तलबलगायतका सबै खर्च कटाएर मासिक रु एक लाख जति कमाइ छ\', सिर्पालीले भने, \'मेला, महोत्सवमा जाँदा आम्दानी अझ बढी हुन्छ ।\' सिर्पालीले विभिन्न जिल्लामा हुने मेला, महोत्सवमा आरनमा बनेका घरेलु हातहतियार, भाँडाकुँडाको बिक्रीकक्ष राख्ने गरेका छन् ।

\'फलाम, तामा र पित्तलका सामान बनाउँछौँ\', अर्का कालिगड पूर्णबहादुर विकले भने, \'फरुवा, खुकुरी, बञ्चरो, दाउ, खुँडा, कोदालो, हँसियाको माग बढी आउँछ ।\' आरनमा बनेका सामग्री अन्य व्यवसायीले समेत खरीद गरेर बिक्रीमा राख्ने गर्छन् ।

घरायसी प्रयोगका लागि बनाउन आउने पनि उत्तिकै हुन्छन् । सिर्पालीकै आरनमा बनेको ४२ किलोको खुकुरी मेला, महोत्सवको आकर्षण बन्ने गरेको छ । उक्त खुकुरीको मूल्य रु ९९ लाख ९९९ तोकिएको छ । स्थानीय सीपबाट बन्ने हुनाले आरनका सामानलाई उपभोक्ताले रुचाउने गरेका छन् । मेहनत लगाएर बनाइने हुँदा सामान आकर्षक र टिकाउ हुने कालिगड बताउँछन् । दुई वर्षदेखि सिर्पालीको आरन व्यवसायमा जोडिएका कालिगड विकले पुख्र्यौली पेशा अँगाल्न पाउँदा गर्व लाग्ने गरेको बताउछन् ।

सिर्पालीलाई व्यवसायमा श्रीमती सरिताले पनि साथ दिँदै आएकी छिन्। \'आरन हाम्रो पुख्र्यौली पेशा हो\', सिर्पालीले भने, \'अहिले आरन पेशा सुधारेका छौँ, व्यावसायिक बनाएका छौँ ।\' सिर्पालीका बुबा पदमबहादुर अझै पनि पुख्र्यौली गाउँ अधिकारीचौरमा आरन पेशामा छन् ।

\'बुबासँग काम गर्दै यो पेशा सिकँे”, विकले भने, \'व्यावसायिकरूपमा गर्नुपर्छ भनेर म बजार झरेँ ।\' सिर्पालीका दुई छोरा र दुई छोरी पढाइमा छन् । आफ्नो पुख्र्यौली सीप र पेशालाई सम्मानपूर्वक अँगालेका सिर्पाली आरन व्यवसायबाटै सबैतिर चिनिन सफल भएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies