एजेन्सी । इथियोपियन एयरलाइनसको बोइङ ७३७ म्याक्स ८ विमान आइतबार उडान भरेपछि ८ हजार फिटको उचाइँसम्म पुग्यो तर अचानक ४४१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा जमिनतर्फ खसेर दुर्घटनाग्रस्त बन्यो । दुर्घटनामा विमानमा सवार एक नेपालीसहित १५७ जनाले ज्यान गुमाए ।
पाँच महिनाको अन्तरालमा बोइङको यही मोडलको विमान दुर्घटना भएको दोस्रो पटक हो । यसअघि अक्टोबर २०१८ मा इन्डोनेसियाली कम्प्नी लायन एयरको यही मोडलको विमान जकार्तामा दुर्घटनाग्रस्त बनेको थियो । उक्त दुर्घटनामा १८९ जनाको मृत्यु भएको थियो ।
इथियोपियामा भएको दुर्घटनापछि विश्वभर बोइङका ११७ वटा विमानको उडानमा रोक लगाइएको छ । चीन र इथियोपियाले विमानको उडानमा रोक लगाएको छ । त्यस्तै क्यारेबियन कम्पनी केयम्यान एयरलाइन्सले अस्थायी रुपमा बोइङ ७३७ म्याक्स–८ विमानलाई सञ्चालनबाट हटाएको छ । इन्डोनेशियाको विमान कम्पनी गरुड इन्डोनेसियाले पनि हाललाई यो मोडलको विमान प्रयोगमा रोक लगाएको छ ।
रुसले यस विषयमा विचार गर्ने बताएको छ भने भारतमा पनि यस विमानको प्रयोगमा नयाँ सुरक्षा निर्देशन जारी गर्ने तयारी गरिएको छ ।
विमान उडानयोग्य : अमेरिका
यता, अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले भने ७३७ म्याक्स ८ विमान उडाउन योग्य रहेको बताएको छ । विश्वभर विमानको उडानमा रोक लगाइएपछि एफएएले उक्त सूचना जारी गरेको हो ।
तर, एफएएको नियामक कमिटीका सदस्य तथा फ्लायर्स राइट डट ओआरजीका अध्यक्ष पाउल हडसनले भने तत्काललाई सबै विमानलाई ग्राउन्ड गरिनुपर्ने मत जाहेर गरेका छन् ।
‘एफएएको पर्ख र हेरको नीतिले अझ बढी ज्यानलाई जोखिममा पार्नेछ र अमेरिकाको हवाई उद्योगलाई पनि,’ हडसनले एक विज्ञप्ति जारी गर्दै सोमबार भनेका छन् ।
बोइङ ७३७ मोडलका १० हजारभन्दा बढी विमान रहेका छन् भने एयरबसको ए३२० मोडलका ८ हजारभन्दा बढी विमान सञ्चालनमा रहेका छन् ।
बोइङको ७३७ म्याक्स ८ विमान सबैभन्दा बढी बिक्री हुने यात्रुवाहक विमान हो । कम्पनी यो मोडल सन् २०१७ मा लञ्च गरेको थियो । यो ५० वर्ष पुरानो बोइङ ७३७ को नयाँ संस्करण हो ।
जनवरीको अन्तिमसम्म विश्वभरका एयरलाइन्सले ५०११ वटा म्याक्स ८ विमान अर्डर गरेका थिए । यसमा ३५० वटा विमानको डेलिभरी भइसकेको छ । हाल विश्वमा ३ सयभन्दा बढी विमान सञ्चालनमा रहेका छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: