नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकार र सिके राउतबीचको सहमति स्वागतयोग्य भएको बताउँदै सिके राउतलाई मूलधारमा ल्याउनु सरकारकाे सफलता भएका बताएका छन् ।
सैद्धान्तिक रुपमै मुलुकको राष्ट्रिय अखण्डता स्वीकार गरेर आउने जो कोहीलाई पनि स्वागत गर्नुपर्ने बताउँदै राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा आज नेपालगञ्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘सरकार र सिके राउतबीच भएको सहमति स्वागतयोग्य छ । तर, सहमतिमा भएका कतिपय अस्पष्टतालाई सरकारले प्रस्ट पार्नुपर्छ ।’
उनले नेत्र विक्रम चन्दले नेतृत्व गरेको माओवादीको हिंसात्मक गतिविधिलाइ इङ्गित गर्दै भने, ‘दमनको नीतिले समाधानमा पुग्न सकिँदैन् । सरकार यस विषयमा गम्भीर हुनैपर्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओली सबल र सक्षम नेतृत्वकर्ता भए पनि सरकारको मार्गचित्र स्पष्ट नभएकाले जनतामा अन्योलताको अवस्था देखिएको बताएका छन् ।
उनले आफ्नो दलको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कुनै दल विशेषको विरोधमा नभई राष्ट्रिय अखण्डता, स्वतन्त्रता, हिन्दूत्वको रक्षाका लागि भएको पनि बताएका छन् ।
आइतबार नेपालगञ्ज पुगेको स्वाभिमान यात्रा आज दाङका लागि प्रस्थान गरेको छ । चैत १ गते काठमाडौंको भृकुटीमण्डपमा आमसभाको आयोजना गरी यात्राको समापन गरिने बताइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: