Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सीके राउत सुरक्षा थ्रेटमा

काठमाडौं । सरकारसँग सम्झौता हुनुअघि मुलुक विखण्डनको माग गर्दै आएका सीके राउत सुरक्षा चुनौतीका पात्र थिए। सेना र प्रहरीको आँकलन पनि यस्तै थियो। तर यतिबेला राउत आफैं ‘सुरक्षा थ्रेट’ मा छन्। त्यसैले सरकारले उनको सुरक्षाका लागि प्रहरी नायब निरीक्षक (सई) दर्जाका एक जुनियर प्रहरी अधिकृत खटाएको छ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - प्रधानमन्त्री कार्यालयको निर्देशनमा राउतलाई प्रहरी प्रधान कार्यालयले अंगरक्षक उपलब्ध गराएको हो। अंगरक्षकको आवश्यक प्रबन्धको छुट्टै प्रक्रिया छ। हालसम्मको प्रक्रियामा गृहले प्रहरी मुख्यालयलाई निर्देशन दिने र मुख्यालयको सुरक्षा सेवा निर्देशनालयले अंगरक्षक खटाउँदै आएको छ। तर राउतलाई दिइएको अंगरक्षक गृहले सीधै प्रहरी महानिरीक्षकको सचिवालयमार्फत व्यवस्था गरेको छ। उनलाई अंगरक्षक खटाइएको बारे सुरक्षा सेवा निर्देशनालयका प्रहरी अधिकारी बेखबर छन्। निर्देशनालयका एक उच्च अधिकृत भन्छन्, ‘यसबारे हामीलाई जानकारी दिइएको छैन र हामीले खटाएका छैनौं। विशेष ठाउँबाट आएकाले गोप्य राखिएको होला।’

राउतलाई अंगरक्षका केही दिनका लागि हो या सधैंका लागि भन्नेबारे प्रहरी मुख्यालय स्पष्ट छैन। मुख्यालयका ती उच्च अधिकृतले भने, ‘हामी सरकारको निर्देशनविपरीत जाने कुरा भएन। पहिला सीके चुनौती थिए, अहिले उनी आफैं थ्रेटमा देखिन्छन्।’ छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदा सीकेका पछाडि थुप्रै युवाशक्ति थिए। सरकारसँग गरेको सहमति राउतको मात्रै रोजाइ हो वा उनको विचारसँग होमिएका युवाशक्तिको हो ? सरकारसामु अहम् प्रश्न तेर्सिएको छ।

छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदै आएका सीके राउतसँग ११ बुँदे सम्झौतापछि सरकारले उनलाई अंगरक्षक दिएको हो। सर्वोच्च अदालतको आदेशमा डिल्लीबजार कारागारबाट बिहीबार छुटेका राउतसँग सरकारले छुट्टै वार्ता गरेको थियो। वार्तापछि भक्तपुरस्थित काठमाडौं स्कुल अफ लमा पुगेका राउतलाई सरकारले सुरक्षा प्रबन्ध गरेको थियो। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सहमति घोषणासभा पुग्दा सीके अंगरक्षककै साथमा थिए।

उच्च स्रोतका अनुसार राउतमाथि सुरक्षा थ्रेट आँकलन गरेर प्रधानमन्त्री कार्यालयकै निर्देशनमा गृहले सुरक्षा प्रबन्ध मिलाएको हो।

प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने यसबारे आफू अनभिज्ञ रहेको जबाफ दिए। उनले भने, ‘राउतलाई अंगरक्षक दिएको हुनसक्छ। म यसबारे जानकार छैन। सुरक्षा थ्रेटका हिसाबले स्थानीय प्रहरी खटाइएको होला।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending