Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

राजपा संघर्षमा, फोरम अलमलमा

काठमाडौं । कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित रेशमलाल चौधरीले टीकापुर घटनामा जन्मकैद पाएपछि राजपाले संघर्षको सुरसार गरेको छ। साढे तीन वर्षअघि संविधानविरुद्ध भएको आन्दोलन (तात्कालीन सबै मधेसी पार्टीहरूको सहकार्यमा भएको प्रदर्शन)का क्रममा टीकापुर घटना भएको भन्दै राजपाले आफ्ना सांसदलाई अपराधी घोषणा गर्नुलाई बदनियत भनेको छ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - टीकापुर घटनामा मुछिएका थिए, रेशमसहितका थारू अगुवा। कैलाली जिल्ला अदालतले बुधबार रेशमसहित ११ जनालाई जन्मकैद दिए पनि लक्ष्मण थारूलगायत केही रिहा भएका छन्। बुधबारको फैसलालगत्तै राजपाले अध्यक्षमण्डलको बैठक गरेर नेकपाको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संघर्षमा जाने घोषणा गरिसकेको छ।

राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले शनिबारदेखि पुनः बस्न लागेको राजपा बैठकले सरकारविरुद्धको संघर्षको खाका तय गर्ने बताए। ‘हामी अहिले छलफलमा छौं’, उनले भने, ‘शनिबारदेखि बस्ने बैठकले एउटा ठोस खाका तय गर्न सक्छ।’ राजपासँग संघर्षको विकल्प नभएको उनको भनाइ छ। तर यसअघिका आन्दोलनदेखि निर्वाचनसम्म सहकार्यमै रहेको संघीय समाजवादी फोरमले भने यस विषयमा मुख खोलेको छैन। प्रतिनिधिसभामा राजपाका १७ र फोरम नेपालका १६ सिट छन्।

फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री छन्। कैलाली अदालतको फैसलापछि शुक्रबार साँझसम्म फोरमको प्रतिक्रिया सार्वजनिक भएको छैन। फोरमका नेता पनि यसबारे मुख खोल्न पनि चाहन्नन्। पार्टीले पछिल्लो घटनाक्रमबारे केही धारणा नबनाएको र त्यसमा आफूले टिप्पणी नगर्ने फोरमका सहमहासचिव प्रकाश अधिकारीले बताए। केही समयअघि सरकारलाई राजपाले अल्टिमेटम दिएपछि फोरमले पनि प्रधानमन्त्रीलाई भेटेर आफूहरूसँग भएको सम्झौताबारे ध्यानाकर्षण गराएका थिए।

जेठमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई सहमतिपत्रमा हस्ताक्षर गराएर फोरमसँग मधेस आन्न्दोलनको भावनाअनुरूप संविधान संशोधन हुने बताएका थिए। पार्टी अध्यक्ष यादवसँग छलफल नभएसम्म पार्टीको पछिल्लो धारणा बताउन नसक्ने फोरमका तर्फबाट प्रतिनिधिसभामा सांसद रहेका प्रदीप यादवको भनाइ छ। ‘अध्यक्षसँग मेरो कुरा हुन पाएको छैन’, उनले भने, ‘त्यसैले फोरम के गर्छ भन्ने म ठ्याक्कै भन्न सक्दिनँ।’ प्रदेश २ मा फोरम र राजपा दुवैको संयुक्त सरकार बनाए पनि पछिल्लो समयमा राजपा र फोरमबीच खासै संवाद देखिँदैन।

‘टीकापुर घटनादेखि नै चौधरीलाई प्रहरी प्रशासन र एउटा समुदायको तप्काले जसरी प्रस्तुत गरेको थियो, अदालतले त्यसैलाई कानुनी मान्यता मात्रै दिएको छ’, तराईमा बसेर पत्रकारिता गरिरहेका चन्द्रकिशोरले भने। राजपाले सरकारको समर्थन फिर्ता लिएको घटनालाई मधेसले सकारात्मक रूपमा ग्रहण गरेको उनको भनाइ छ। साढे तीन वर्षअघि संविधानविरुद्ध सँगै आन्दोलनमा लाग्दा फोरम र राजपाले नयाँ सविधानमा व्यापक संशोधन मागेका थिए। उनीहरूले प्रदेशको सीमांकनमा समेत असन्तुष्टि जनाएका थिए। उनीहरू त्यति बेला संविधान सशोधनको खाका नै बनाएर प्रमुख दलहरु र सरकारलाई बुझाएको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending