Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

पुल निर्माणमा डेढ करोड खर्चेपछि नक्सा गलत भएको भनि काम रोक्यो

काठमाडौँ । २१ भदौ ०७२ मा भएको ठेक्का सम्झौताअनुसार काठमाडौंको अनामनगरस्थित धोबीखोला पुल २० माघ ०७३ मै सकिनुपर्ने थियो । ठेकेदार कम्पनी भण्डार(थोडङ्गा जी टेकले समयमा काम नसकेपछि २५ असार ०७५ सम्मका लागि म्याद थपियो । तर, म्याद फेरि गुज्रियो । अहिले पिलर ठड्याएर स्ल्याब राख्ने वेलामा फेरि पुलको नक्सा नै गल्ती भएको भन्दै काम रोकिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - चार वर्षअघि पुलको ‘ड्रइङ एन्ड डिजाइन’ गरेको सडक डिभिजन कार्यालय मीनभवनले नै अहिले नक्सा गल्ती भएको जनाएको छ । ‘पुलको नक्सामै केही समस्या देखिएको छ । अब साबिकको नक्सामा पुल बनाउन सकिन्न,’ कार्यालय प्रमुख कैलाशकुमार श्रेष्ठले भने, ‘नयाँ नक्सा बनाएर काम गर्नुपर्छ । केही समय लिन सक्छ ।’

सडक डिभिजनले नै दिएको पुरानो नक्साअनुसार निर्माण कम्पनीले पुलको जग हालेर पिलर ठड्याएको छ । ३ करोड २२ लाख ठेक्का लागेको पुल निर्माणमा अहिलेसम्म १ करोड ५९ लाख सकिएको छ । तर, अहिलेसम्म सकिएको निर्माण नयाँ नक्साअनुसार कति भत्काउनुपर्छ निश्चित छैन ।
साबिकको पुल बर्खाको भेलले भत्काएपछि धोबीखोलामा दुई लेनको १२ मिटर लामो पुल निर्माण कार्य अघि बढाइएको थियो । तत्काल पुल नभएपछि स्थानीयले भने फलामको फड्के हालेर वारपार गरेका थिए । तर, गत वर्षको भेलले फड्के पनि बगाएपछि स्थानीय समस्यामा छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE