Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

निर्मला हत्या प्रकरण : ६ प्रहरीसँग बयान

महेन्द्रनगर । निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै मुद्दा दायर गरिएका प्रहरी कर्मचारीसँग बयान लिने क्रम सुरु भएको छ । जिल्ला अदालत कञ्चनपुरमा ६ जनासँग बयान लिन थालिएको हो । आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - अदालतमा बिहीबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले प्रतिवादीहरूको बयान लिने र सोहीअनुरुप अघि बढ्ने आदेश गरेपछि ६ जनाको बयान लिने क्रम सुरु भएको हो । प्रहरी हिरासतमा रहेका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, तत्कालीन प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, निलम्बित सईहरू हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदसँग बयान लिने क्रम सुरु भएको हो । तत्कालीन डीएसपी सेठी र तत्कालीन प्रहरी निरीक्षक खड्काको बयान सकिएको छ । दुवैजना निलम्बनकै अवस्थामा प्रहरी सेवाबाट अवकाश भइसकेका छन् । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहितका ८ जनाविरुद्ध मुद्दा दायर भएको हो । अदालतमा ६ जना मात्रै उपस्थित गराइएपछि उनीहरुको मात्रै बयान लिने थालिएको छ । तत्कालीन एसपी डिल्लीराज विष्ट र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसी भने फरार छन् । ‘दुई छुट्टा–छुट्टै दायर भएको मुद्दाउपर बिहीबार प्रारम्भिक सुनुवाइपछि प्रतिवादीहरुको बयान लिने क्रम सुरु भएको छ’, जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भने । ‘अन्य दुईजनाको हकमा भने फरार प्रतिवादी देखाइएको छ’, उनले भने । मुद्दा दायरलगत्तै अदालतले उनीहरुलाई फरार प्रतिवादी भन्दै २१ दिनभित्रमा उपस्थित हुन म्याद जारी गरेको छ । प्रतिवादीहरुका तर्फबाट प्रारम्भिक सुनुवाइका क्रममा बहस गर्ने कानुन व्यवसायीले मुद्दा प्रारम्भिक चरणबाटै बदर हुनुपर्ने दाबी प्रस्तुत गरे पनि अदालतले भने त्यसमा सहमति नभई बयान प्रक्रिया सुरु गर्न आदेश गरेको हो । प्रतिवादीहरुका तर्फबाट बहस गर्ने कानुन ब्यवसायीहरुले हद म्याद सकिएपछि मुद्दा दायर गरिएको र प्रस्तावित मूल मुद्दा दायर नभई यी मुद्दामा कारबाही गर्न नमिल्ने दाबी गर्दै प्रारम्भिक चरणबाटै बदर हुनुपर्ने दाबी प्रस्तुत गरेका थिए । ‘हद म्याद छ÷छैन, हद म्यादको गणना कहिलेदेखि सुरु हुने हो, नेपाल सरकारले थाहा पाएको मितिको अवस्था के हो, प्रतिवादीलाई कारबाही गरेको मितिदेखि हदम्याद सुरु हुने÷नहुने सो विषयमा फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५२ (३) बमोजिम मूल मुद्दा भन्नाले के जनाउने हो, प्रस्तावित मूल मुद्दा अदालतमा दायर नभईकन प्रस्तुत कारबाही गर्न मिल्छ मिल्दैन ? यी विषयका सम्बन्धमा स्वच्छ सुनुवाइ गर्न एमिकस क्युरी माग गरिन्छ’, प्रारम्भिक आदेशमा उल्लेख छ । अदालतमा उपस्थित गराइएका ६ जनाको बयान लिने क्रम सकिएपछि थुनछेक बहस हुनेछ । थुनछेक बहस भइनसक्दासम्म अदालतमा उपस्थित गराइएका प्रहरी हिरासतमै रहने अवस्थीले बताए । आइतबारसम्म बयान लिने क्रम सकिएपछि सोमबार थुनछेक बहस हुने अदालतले जनाएको छ । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता राजेन्द्र साउद, पदमराज शर्मा र इन्द्रप्रसाद लेखकले बहस गरेका थिए । सरकारी तर्फबाट भने जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता मोहनीप्रसाद जोशीले बहस गरेका थिए । गत पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा ८ जना प्रहरी कर्मचारीविरुद्ध हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा दायर गरेकी थिइन् । यस्तै दिलीपसिंह विष्टका दाजु खड्गसिंह विष्टले यातना कसुरअन्तर्गत जाहेरी दिएका थिए । दुर्गादेवीले तत्कालीन एसपी डिल्लीराज विष्ट, तत्कालीन डीएसपी ज्ञानबहादुर सेठटी, निलम्बित डीएसपी अंगुर जीसी, तत्कालीन प्रहरी निरीक्षक एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईहरु हरिसिंह धामी र रामसिंह धामी, प्रहरी जवान चाँदनी साउदविरुद्ध जाहेरी दिएकी थिइन् । खड्गसिंह विष्टले तत्कालीन एसपी डिल्लीराज विष्ट, निलम्बित डीएसपी अंगुर जीसी, तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी र तत्कालीन प्रहरी निरीक्षक एकेन्द्र खड्काविरुद्ध जाहेरी दिएका थिए । आफ्नै जाहेरीविरुद्ध निवेदन गत पुस ३ गते सार्वजनिक न्यायविरुद्धको कसुरअन्तर्गत प्रमाण नष्ट गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएकी दुर्गादेवी पन्तले बिहीबार अदालतको इजलासमै आफ्नै जाहेरीविरुद्ध निवेदन दिएकी छिन् । बुधबार जिल्ला अदालतमा दायर मुद्दाको बिहीबार प्रारम्भिक सुनुवाइ सुरु हुनुपूर्व पन्तले इजलासमै उपस्थित भएर निवेदन दिएकी हुन् । दुर्गादेवीले आफूले प्रमाण नष्ट गरेकोलाई कारबाहीभन्दा पनि छोरीका हत्यारा पत्ता लगाउन दबाब पुगोस् भनेर निवेदन दिएको अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । निवेदनमा आफूले इच्छाविपरीत प्रमाण नष्टसम्बन्धी जाहेरीमा हस्ताक्षर गरेको उल्लेख गरेकी छिन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies