Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

डेजाभू क्लवका संचालकलाई छुटाउन राजनीतिक लविङ तीव्र

काठमाडौँ । ठगीको आरोपमा पक्राउ परी थुनामा रहेका क्लव डेजाभूका संचालकलाई छुटाउन राजनीतिक लविङ तीव्र भएको छ । १२ दिन अघि २ करोड भन्दा बढी ठगी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौको हिरासतमा रहेका समीप सिलाकार, प्रतिक श्रेष्ठ र प्रवेश श्रेष्ठलाई छुटाउन सरकारी वकिललाई समेत प्रभावमा पारेको पीडित पक्षले आरोप लगाएको छ । आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ - दोलखाका बिश्वराम श्रेष्ठले उक्त क्लव मर्मतका लागि २ करोड भन्दा बढी रुपिया बढी लगानी गरेको भएपनि क्वलका संचालकहरुले रकम नदिएपछि ठगी मुद्धामा परिसरमा जाहेरी दर्ता गरेका थिए । ठगी मुद्धामा प्रहरीले पक्राउ गरेका ब्यक्तिलाई २४ दिन थुनामा राखेर अनुसन्धान गर्ने अधिकार भएपनि दवावका कारण प्रहरीले १२ दिनमा नै जिल्ला अदालत काठमाडौमा मुद्धा बुझाएको छ । न्यायिक इतिहासमा यो नै पहिलो घटना भएको एक प्रहरी अधिकारीले जानकारी दिए । नायव महान्यायाधीवक्ता नारायण पौडेलले क्लव डेजाभूको मुद्धा दर्ता गराउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौलाई निर्देशन दिएपछि सरकारी वकिलको कार्यालयले मुद्धा दर्ता गरेको काठमाडौ जिल्ला अदालतले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । महानगरीय प्रहरी परिसर काठमाडौले १ हजार ५ सय पन्नाको प्रतिवेदन तयार गरी अदालतमा पेश गरेको भएपनि सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन नै नगरी माथिको आदेश भन्दै मुद्धा दर्ता गरेको ती प्रहरी अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए । सरकारी वकिलको कार्यालय काठमाडौका जिल्ला न्यायाधीवक्ता माधवप्रसाद घिमिरेले उक्त मुद्धा अध्ययन नै नगरी मुद्धा दर्ता गरेका थिए । क्वल डेजाभूका संचालक रमण सिलाकारले प्रहरी प्रसासन प्रयोग गरेर आफुहरुलाई फसाउन लागेको दावी गरेका छन । सरकारी वकिलको कार्यालयले तयार पारेको प्रतिवेदनमा आफुलाई समेत फसाउन खोजेको आरोप सिलकारले लगाएका छन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending