Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

जुवातासको लतः जसले गुमाए जीवनभरी कमाएको सबै सम्पत्ति

काठमाडौँ । पुख्र्याैलीघर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकासप्राप्त ब्रिटिस–लाहुरे (ब्रिटिस गोर्खा सैनिक) हुन् । अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर यतिखेर समाजसेवामा नभई सङ्कटमा परेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ - साथीसङ्गीसँगको बाक्लो उठबसका कारण जुवाको लतमा फसेका मगरले जागिरे जीवनबाट प्राप्त गरेको अधिकांश सम्पत्ति गुमाइसकेका छन् । केही दिनअघि गोंगबुस्थित जुवाखालबाट समातिएका मगर त्यसअघि पनि तीन पटक पक्राउ परिसकेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले मगरसहित पक्राउ परेका नौ जनालाई जुवा खेलेको आरोपमा पक्रिएको छ । जुवाडेको साथबाट नगद नभई किलो भन्दा बढी मकैको गेडा र सिमीको दाना बरामद गरिएको छ । परिसर प्रमुख बसन्तकुमार लामाका अनुसार प्रहरीको आँखा छल्न र जुवा खेललाई सहज बनाउन नगदको सट्टा मकै र सिमी प्रयोग गर्छन् । काठमाडौँ उपत्यकामा सञ्चालित अबैध जुवाअखडाहरूमा नगदको सट्टा यस्तै गेडागुडी प्रयोग गरी जुवातास खेल्दाखेल्दै कतियय पूर्व्ब्रिटिस लाहुरे मगर जस्तै सङ्कटमा परेका छन् । गोकर्णेश्वर जोरपाटीबाट पक्राउ परेका वाङ्गेल लामा भन्छन्, “जुवाखालमा हार्दा सिमीको दाना हारेको जस्तै हुन्छ तर, त्यसलाई पछि नगदमा रुपान्तरण गर्दा घरजग्गा नै गइसकेको हुन्छ ।” जुवाघर सञ्चालनको आरोपी समेत रहेका वाङ्गेल जुवातास ‘नसा’ भएको स्वीकार्छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending