काठमाडौँ । ‘अघिपछि त्यस्तै हो शिवरात्रीमा छिटफुट भए पनि पानी आउँछ, आएन भने पनि मौसम चाहिँ पक्कै धुमिन्छ’–हिउँदयामको आखिरी समयको महाशिवरात्री पर्व नजिकिदै जाँदा बुढापाकाको यस्तै तर्क सुनिन्छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - यसपटकको यथार्थ पनि ठ्याक्कै मिलेको छ । यो वर्षमात्रै होइन, विगतका वर्षमा पनि शिवरात्री अघिपछि हल्का र मध्यम वर्षासँगै मौसम धुमिएको उदाहरण धेरै छन् । धार्मिक पर्व र मौसमी चक्रमा हुने उतार–चढाव संयोग हो या नियमित मौसमी प्रकृया हो, यस प्रश्नमा संस्कृति र मौसमविद्का आ–आफ्नै तर्क छ ।
‘शिवरात्रीमा अपवादबाहेक पानी परेकै हुन्छ, ग्रह र नक्षत्रको प्रभावले यस्तो हुने गर्छ, संस्कृतिविद् डा.माधव भट्टराई भन्छन्–‘ऋतु परिवर्तन आसपासका धार्मिक पर्वहरु माघे संक्रान्ती, वसन्त पञ्चमी, शिवरात्रीको समयमा मौसम गडबढ भएकै हुन्छ ।’
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्षसमेत रहनुभएका भट्टराईका अनुसार सूर्य र बुध ग्रह अलग स्थानमा हुँदा महत्वपूर्ण धार्मिक पर्व आसपासमा वर्षा र मौसमी गतिविधिमा उतारचढाव आउने गर्छ ।
उनी प्रष्ट्याउँदै थप्छन्–‘दुवै ग्रहको अवस्था नियाल्दा अहिलेको हिउँदे वर्षा अझै २÷४ दिन लम्बिने संभावना छ, हावाहुरीसहित पानी पर्ने योग छ ।’
यता जल तथा मौसम विज्ञान विभागले पनि केही दिन अझै मौसममा उतार–चढाव आउने बताएको छ । विभागले स्याटेलाइट तस्वीर, सतही मौसमी मापन स्टेसन, मौसमी नक्साजस्ता अभ्यासको सूचना विश्लेषण गरेर हरेक दिन मौसमी विवरण अद्यावधिक गर्दै आएको छ । नेपालको हिउँदे झरी सक्रिय र निस्कृय गराउन भू–मध्य र अरब सागरबाट भित्रिने पश्चिमी वायुको प्रभाव रहने गरेको मौसमविद्हरु बताउँछन् ।
वायुमण्डल र सतहमा रहेको हावाको गति र दिशा, जलवाष्पयुक्त हावाको मात्रा अध्ययन÷अवलोकन गरेर मौसमी विवरण सार्वजनिक हुने गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेल बताउँछन् ।
‘सूर्य र पृथ्वीको दुरी, सूर्यको तापक्रमजस्ता कुराले मौसमी विवरण हेरफेर गराउँछ, मौसमी चक्रमा विज्ञान र धार्मिक पक्ष पनि जोडिएको हुनसक्छ, उनी भन्छन्–‘तर हामीले विज्ञानसँग जोडिएर मौसमी सूचना विश्लेषण गर्दै आएका छौ ।’
मौसममा आउने उतारचढावबारे विज्ञान र ज्योतिषशास्त्रको सम्बन्धबारे अध्ययन÷अनुसन्धान आवश्यक रहेको विभागका अधिकारी बताउँछन् । अमेरिकाकी अन्तरिक्ष केन्द्र (नासा)ले बैज्ञानिक अध्ययन–अनुसन्धानको पाटो फराकिलो बनाउन पूर्वीय दर्शन अनुसरण गर्न थालेको र भारतले पनि मौसम भविष्यबाणीका क्रममा ज्योतिषशास्त्रको सहयोग लिन थालेको संस्कृतिविद् भट्टराई बताउँछन् ।
मौसम पूर्वानुमान महाशाखाले भोली मंगलबारसम्म मौसम पूर्ण रुपमा सफा नहुने, आंशिक वदलीसहित हल्का वर्षा दोहोरिने बताएको छ ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार आज सोमबारको तुलनामा भोली मंगलबारको मौसम केही बढी प्रभावित बन्नेछ । ‘मंगलबार तराईबाहेक पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने संभावना छ’–उनको भनाइ छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: