भरतपुर । गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णस्थललाई जस्ताले घेर्न फलामका खम्बा राखिँदै थियो। मिस्त्री र कामदारहरू काममा लागिरहेका थिए। सिमेन्टको मसला बोक्दै फलामको पोल गाढिरहँदा एक युवा मसला बोक्न थाले। मसला बोक्न कस्सिएका युवाको अनुहार देखेपछि कामदार अचम्ममा परे। टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार ‘धुर्मससँगै सिमेन्टको मसला बोक्दा उनीहरू दंग परे। आइतबार निमार्णस्थल पुगेका धुर्मुस देखेर कामदार अचम्मित बने। निरीक्षणका लागि पुगेका धुर्मुस कामदारसँगै काममा लागे।
आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - रंगशाला निमार्ण अवलोकन गर्न उनी यहाँ आएका हुन्। उनले निमार्ण प्रगतिबारे जानकारी लिए। रंगशाला बन्ने कुराले उत्साहित स्थानीयबाट धुर्मुस घेरिएका थिए। आफ्नो गाँउमा ठूलो योजना ल्याएको भन्दै धुमुसलाई गाउँलेले धन्यवाद पनि दिए।
उनले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह गरे। आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका थिए। ‘म तपाईहरूसँगै ईंटा बोक्ने हो, भारी बोक्ने हो’, उनले भने।
भरतपुर महानगरपालिका–१६ स्थित शान्ति चोकमा रंगशाला निमार्ण गर्न लागिएको छ। रंगशाला निमार्णमा खटिने कामदारका लागि आवास र सामान राख्न गोदाम बनाउन लागिएको छ। रंगशालाको साइट अफिस स्थापना गरिएको छ। कट्टेल दिनभर कार्यालय बसेर भेटघाट गरे।
कार्यालयमा स्थानीय बिहान बेलुका जम्मा हुने गर्छन्। निमार्ण स्थलमा विभिन्न संघसंस्थाले श्रमदान समेत गर्न थालेका छन्। अहिले निमार्णस्थलको लागि छुट्टाइएको जग्गालाई घेर्न लागिएको छ। रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडी बढेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए। उनका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ।
३५ विधाका खेलका लागि एकेडेमी सञ्चालन गर्ने उद्देश्यले रंगशाला निमार्ण गर्न लागिएको उनले बताए।
केही दिनअघि फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिर फिल्डमा थिइन्।
नेपालको तीन करोड जनताको आँटकै आधारमा क्रिकेट रंगाशाला निर्माण हुन लागेको भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गरिदिन उनले आग्रह गरिन्। ‘एउटा साधारण व्यक्तिले देखेको सपना हो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उनले भनिन्, ‘एउटा बाटोमात्रै पिच हुँदा त्यसले कति विकास ल्याउँछ भन्ने कुरा त प्रष्टै छ। हामी विदेशी खेलाडी ल्याएर खेलाउने सपना देखिरहेका छौं। त्यसैले यो रंगाशाला निर्माण भइसकेपछि त्यसले कस्तो खालको विकास ल्याउला कल्पना गरौँ न।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: