Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

विकासप्रेमी युवा राजनीतिज्ञको अवसानले देश ठुलो पिडामा

काठमाडौँ । बुधबार मध्यान्तरको एउटा अकल्पनीय दुर्घटनाले सिंगो देश स्तब्ध छ। बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री, एउटा जुझारु विकासप्रेमी राजनीतिज्ञलाई नेपालले सदाका लागि गुमाएको छ। एयर डाइनेस्टीको हेलिकप्टरमा पूर्वी नेपालको पाथीभरा दर्शन गरेर फर्कंदै गर्दा ताप्लेजुङको फुङलिङ–१०, तारेभिरमा हेलिकप्टर दुर्घटनामा हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित सातजनाकै निधन भयो।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - मृत्यु अप्रिय तर अन्तिम सत्य हो। तर केही मृत्यु यस्ता हुन्छन्, जसलाई स्वीकार गर्न गाह्रो हुन्छ। विद्यार्थी राजनीतिबाट उदाएको एउटा आशालाग्दो युवा नेताको अवशानले देशलाई ठूलो पीडा बोकाएको छ। हँसिलो र जुझारु विकासप्रेमी राजनीतिज्ञ रवीन्द्र अधिकारीको मृत्यु हामी सबैलाई अपत्यारिलो लागेको हुनसक्छ। त्यही हँसिलो अनुहार हात हल्लाउँदै फेरि हामी सामु झुल्किदिए हुन्थ्यो भन्ने कल्पना अब कल्पनामात्र रह्यो। त्यी सबै निमेषभरमा अतीत बने जब पाथीभराबाट उडेको हेलिकप्टर केही मिनेटमै तारेभीरमा बज्रियो।

हेलिकप्टर हराइरहेको समाचार सार्वजनिक हुँदा सामाजिक सञ्जालहरूमा सबैले अधिकारीसहित सवार सबै सकुशल भइदिए हुन्थ्यो भन्ने कामना गरिरहेका थिए। तर त्यो कामना धेरैबेर टिकेन, एक घन्टा बित्दानबित्दै दुःखद् खबर पुष्टि भयो। उनीहरूको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर दुर्घटनास्थलतिर उडे। बुधबार राती अबेरसम्म शव संकलन गरेर राजधानी ल्याउने प्रयास जारी रह्यो। मन्त्री अधिकारी सबै देशबासीलाई स्तब्ध बनाएर बिदा भए।

रवीन्द्र शालीन, सुयोग्य व्यक्ति थिए। उनमा रहेको राजनीतिक संस्कार साँच्चिकै अद्वितीय र अतुलनीय थिए। नेपालको विकासबारे बहस छेड्ने र विकास समस्या समाधानका लागि उनले एक कुशल राजनीतिज्ञको भूमिका निभाए। संसदीय समितिहरूमा रहेर उनले समस्या समाधान र सहजीकरणमा सधैं प्रयास गरिरहे। उनी आफ्नो राजनीतिक जीवनमा सधैं सक्रिय र क्रियाशील रहे। उदार, समायोजनकारी, सबैसँग घुलमिल हुने र पछिल्लो समय मन्त्रीको भूमिकामा रहँदा पनि उनीसम्मको पहुँच सबैका लागि सुलभ थियो।

विद्यार्थी राजनीतिबाट उदाएको एउटा आशालाग्दो युवा नेताको अवशानले देशलाई ठूलो पीडा बोकाएको छ।

एउटा सक्रिय युवा नेताको बारेमा मृत्यु आलेख (अबिच्युरी) लेख्नुपर्दा पीडाले हात चल्न मान्दैनन्। यो अकल्पनीय घटनासँगै नेपालले एक विकासप्रेमी जुझारु राजनीतिज्ञ गुमाएको छ। विकास र अर्थतन्त्रका बारेमा रवीन्द्रका विशेष चासो थियो। पछिल्लो पटक सरकारमा सामेल भएर पर्यटनमन्त्रीको जिम्मेवारी पाएपछि उनी पर्यटनको माध्यमबाट समृद्ध नेपाल बनाउने अभियानमा सक्रिए थिए। कुनै पनि कामलाई उनले असम्भव ठानेनन्। ‘सकिन्छ त दाइ ? ’ भन्ने प्रश्नमा उनी उही सदाबहार हँसिलो अनुहारले भन्ने गर्थे, ‘सकिहालिन्छ नि।’

देशभर हवाई यातायात विस्तारका लागि विमानस्थलको सम्भाव्यता अध्ययन, पर्यटन पूर्वाधारको विकासका लागि उनले धेरै समय खर्चेका थिए। देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिकको भीडभाड कम गर्न आन्तरिक उडानका लागि काभ्रेको नागीडाँडामा छुट्टै विमानस्थल बनाउनेदेखि निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार तथा सञ्चालन अवधि विस्तारमा उनले काम गरे। पर्यटन पूर्वाधार विकासलाई उनले प्राथमिकता दिए। पर्यटकीय नगरी पोखरा उनको राजनीतिको उद्गम थलो भएका कारण पनि उनले पर्यटन क्षेत्रको अन्तर्यलाई राम्ररी बुझेका थिए।

विकास समितिको सभापति छँदा र पर्यटनमन्त्री हुँदा उनीसँग पटक–पटक संवाद भइरहन्थ्यो। विकास समितिको सभापति छँदा राष्ट्रिय गौरवका आयोजनालाई साँच्चिकै राष्ट्रिय गौरवको देखिने गरी कार्यसम्पादन हुनुपर्छ भनेर उनी लागिरहन्थे। अधिकारी विकास समितिको सभापति छँदा विकास समिति, अर्थ समिति र कृषि तथा जलस्रोत समितिको संयुक्त बैठकबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रिय गौरवका आयोजनाको सुस्त प्रगति र विकासका अवरोध निराकरणका लागि छलफल भएको सम्झना मेरो स्मृतिमा ताजै छ। रवीन्द्र आशावादी त छँदैथिए, ऊर्जाशील र सकारात्मक सोच राख्ने राजनीतिज्ञ थिए।

मन्त्री भएपछि सयदिने कार्ययोजना तयार गर्ने क्रममा उहाँले मन्त्रालयमा बोलाएर सुझाव लिएको सम्झन्छु। धेरैले अरूको कुरा कमै सुन्छन्। तर उनमा सुन्ने, ग्रहण गर्ने र अरूलाई विश्वस्त तुल्याउन सक्ने अद्भूत गुण थिए। दुई वर्षअघिको एउटा कार्यक्रम सम्झन्छु। जसमा रवीन्द्र, गगन थापा तथा हृदयेश त्रिपाठी वक्ताका रूपमा थिए। विकास बहसमा अधिकारी र थापाको जुझारु कुरा सुनेपछि हृदयेश त्रिपाठीले भन्नुभयो, ‘युवावयमा सरकार बाहिर रहँदा म पनि भाइहरू जस्तै जुझारु थिएँ। कार्यकारी पदमा रहेर ‘डेलिभर’ गर्न गाह्रो छ। त्यही भुक्तभोगीका रूपमा आज मेरो स्वर मत्थर छ, भोलि तिमीहरू पनि त्यस्तै हुन्छौं।’

कार्यकारी पदमा रहेर काम गर्दा गलाइदिन्छन्, थकाइदिन्छन् भन्ने नेता हृदयेशको त्यो अभिव्यक्ति उनमा भने लागू भएन। बितेका एक वर्ष पर्यटन मन्त्रीको कार्यभार सम्हालिरहँदा उनका लागि चुनौतीका अग्ला पहाड खडा थिए। तर रवीन्द्रमा त्यही पुरानै जोश कायमै देखिन्थ्यो। हवाई दुर्घटनामा यात्रुको निधन, चोटपटक या लगेजको क्षतिमा बीमा रकम बढाउने मन्ट्रियाल महासन्धिलाई संसद्बाट अनुमोदन गराउनेदेखि पर्यटन पूर्वाधारको कार्यान्वयनलाई तीव्रता दिने, देशभर पर्यटकीय गन्तव्य पहिचान र घोषणा गर्ने, भ्रमण वर्षलाई अभियानका रूपमा लैजाने, नेपालको पर्यटन क्षेत्रका विकृति निवारणमा उनी सक्रिय थिए। दुर्घटना भएको दिन बिहान पनि उनले ताप्लेजुङको चुहानडाँडामा स्थानीयबासीलाई उक्त ठाउँमा छिट्टै विमानस्थल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए। नियतिले मन्त्री रविन्द्रमाथि बज्रपात गर्‍यो। मन्त्री अधिकारीप्रति हार्दिक श्रद्धान्जली।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending