Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

नुन विक्रि अधिकार अाफ्नै छाेरालाइ दिने आपुर्ति मन्त्री थापाको तयारी

\"sunil\"काठमाडौं, वाणिज्य तथा आपूर्ती मन्त्री सुनिल बहादुर थापा साल्ट ट्रेडिङले बिक्रि गर्दै आइरहेको नुन विक्रि अधिकार खोसेर अाफ्नै छाेरालाइ दिन लागिपरेका छन् । विगत दुई दशकदेखि साल्टट्रेडिङले बिक्री गर्दै आएको नुनको अधिकार उनले आफ्नो छोरा सिद्धार्थ थापाको सेयर हुनेगरि भारतीय लोकसभाका पूर्व सांसद सोमाभाइ पटेलको नीजि कम्पनीलाई दिन खोजेका हुन् । पूर्व प्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाका छोरा समेत रहेका सुनिल थापाले बाबुको उपचारका क्रममा भारतको मेदान्त अस्पतालमा पटकपटक सोमाभाइ पटेलसँग भेटघाट गरेका थिए । पटेलकै उक्साहटमा लागेर थापाले नुनको बिक्री निजीकरण गर्न लागेको स्रोत बताउँछ । थापाकै आग्रहमा नुनमा भ्रष्टाचार भएको भन्दै केही समय अगाडि पटेलले पूर्व सांसदका हैसियतले प्रधानमन्त्रीलाई कुटनीतिक मर्यादा विपरित पत्र पठाएका थिए । उनले नुनमा भ्रष्टाचार भएको भन्दै छानबिनका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । पत्रमा नेपालमा निजी क्षेत्रले अहिलेको भन्दा सस्तोमा नुन बेच्ने भन्दै उनले नुनमाथीको साल्ट टेडिङको एकाधिकार हटाएर निजी क्षेत्रलाई दिन समेत उल्लेख गरेका छन् । अहिले नेपालमा नुनको मूल्य प्रति के.जी. १८ रुपैयाँ पर्छ । तर भारतमा प्रतिकेजी भारतीय रुपैयाँ १४ देखि १७ सम्म पर्छ जसको नेपाली मूल्य २३ देखि २७ रुपैयाँ प्रति के.जी. पर्न आउँछ । यही मूल्यलाई हेर्दा पटेल र मन्त्री थापा व्यक्तिगत स्वार्थका लागि साल्टट्रेडिङलाई तहसनस पार्न लागि परेको प्रष्ट हुन्छ । नून बिक्रीका लागि निजी क्षेत्रलाई दिने बित्तिकै नुनको मूल्य बढ्ने र अभाव गराउने खतरा रहेको कर्मचारीहरु बताउँछन् । तर पटेलको पत्रमाथि छानबिन हुनुपर्ने भन्दै यतिबेला मन्त्री थापा दौडधुप गरिरहेका छन् । सरकार ढल्नु अगाडि नै उनी छानबिन समिति गठन गर्नका लागि दौडधुप गरिरहेको स्रोतले बतायो । यस काममा सहयोग गर्नका लागि भन्दै उनले मन्त्रालयका कर्मचारीलाई अनावस्यक दबाब दिइराखेको कर्मचारीले बताए । सोमाभाइ पटेल १५औं भारतीय लोकसभाका सभासद  गुजरातको सुरेन्द्रनगर निबासी हुन । भारतीय जनता पार्टीबाट राजनीति गर्दै आएका पटेललाई आर्थिक अपारदर्शी रहेको भन्दै पार्टीबाट निस्कासित गरेपछि उनी काँग्रेस आईमा प्रवेश गरेका थिए । काँग्रेस आईबाट १५ औं लोकसभामा सभासद बनेका उनलाई अहिले काँग्रेस आइले पनि पार्टीबाट निस्काशित गरिसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending