Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

भेनेजुएला सरकारले कोलम्बियासँगको कुटनैतिक सम्बन्ध तोडी सीमा किन बन्द गर्‍यो ?

बीबीसी । विपक्षी कार्यकर्ताहरुद्वारा सरकारी नाकाबन्दीबीच मानवीय सहयोग पुर्याउँदा भेनेजुएलाको सीमावर्ती इलाकामा हिंसा भड्किएको छ । कोलम्बियाको माइग्रेसन एजेन्सीले भेनेजुएला सरकारी सैनिकका केही जवानले आफ्नो चौकी छोडेको जानकारी दिएको छ । यस्तै, अर्कोतर्फ कोलम्बियामा काम खोज्नका लागि सीमा पार गर्न कोसिस गरिरहेका मानिसहरुमाथि भेनेजुएलाका जवानले अश्रु ग्यास प्रहार गरेको छ । यो ताजा विवाद भेनेजुएलामा मानवीय सहायता पुर्याउने विषयमा सुरु भएको हो । राष्ट्रपति निकोलस मादुरोले सहायत रोक्नका लागि कोलम्बियासँग लाग्ने सीमालाई आंशिक रुपमा बन्द गरेको जानकारी दिएका छन् । उनको सरकारले कोलम्बियासँग कूटनीतिक सम्बन्ध तोडेको छ । शुक्रबार ब्राजिलको सीमा नजिक भेनेजुएला सुरक्षाबलको गोलीबारीमा दुईको मृत्यु भएको थियो । यस्तै, शनिबार करिब दुईजना मारिएको खबर छ । यद्यपी, स्वघोषित अन्तरिम राष्ट्रपति ख्वान ग्वाइदोले शनिबार लाखौं स्वयंसेवक मानवीय सहायता पुर्याउन मद्दत गर्ने बताएका छन् । यो सहायतमा खाना र औषधी भएको उनले बताए । ग्वाइदोले पहिलो खेपको सहायता ब्राजिलको बाटो हुँदै भेनेजुएला पुगिसकेको ट्वीटरमार्फत जानकारी दिएका छन् । भेनेजुएलाका दुई नेताबीच यतिबेला मानवीय सहायताको मुद्दा विशेष बनेको छ । कसरी भइरहेको छ प्रदर्शन ? भेनेजुएला र कोलम्बियाको सीमाका विभिन्न तस्बिर सार्वजनिक भएका छन् जसमा सुरक्षाबलले स्वयंसेवकमाथि अश्रु ग्यास प्रहार गरिरहेको देखिएको छ । यस्तै, प्रदर्शनकारीले चौकी, सुरक्षाविरोधी र पुलिसमाथि ढुङ्गा प्रहार गरिरहेका छन् । भेनेजुएला–कोलम्बिया सीमामा सुरक्षाबलका कम्तीमा २० सदस्यले चौकी छोडिदिएका छन् । सोसल मिडियामा पोष्ट भएका भिडियोमा चार जवानले सार्वजनिक रुपमा मादुरोको आलोचना गर्दै ग्वाइदोलाई आफ्नो समर्थन दिएको छ । उनीहरुले भनिरहेका छन्, ‘हामी बुवा र छोरा हौं, हामीले अत्यधिक अनिश्चितता र अन्याय सहिसकेका छौं ।’ स्थानीय मिडियाका अनुसार मानिसहरु ब्यारिकेडमा चढेर सीमा पार गर्ने कोसिस गरिरहेका छन् । यस्तै, विपक्षी सांसदहरुले सोशल मिडियामा आफ्नो सन्देश जारी गर्दै बल प्रयोग गरेकोमा आलोचना गरिरहेका छन् । यता राष्ट्रपति मादुरोले राजधानी कराकसमा एक खुसी देखिएका भीडको तस्बिर ट्वीट गर्दै लेखेका छन्, ‘यहाँ कुनै युद्ध हुने छैन ।’ उनले मानवीय सहायताको नाममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा आफ्नो देशमा आक्रमण गरेको आरोप लगाएका छन् । उनले लेखे, ‘डोनल्ड ट्रम्प, भेनेजुएलाबाट आफ्नो हात हटाउ ।’ उनले ग्वाइदोलाई ‘कठपुतली’, ‘साम्राज्यवादी भिखारी’ सम्म भनेका छन् । वीपीआई टिभीका अनुसार भेनेजुएला–ब्राजिल सीमा नजिक एक सैन्य चौकीलाई मादुरोलाई समर्थन गर्ने सरकारले कब्जामा लिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending