Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

छर्रा ढाडबाट छिरेर छातिबाट निस्कँदा...

ललितपुर । बनेपा–८ की २४ वर्षीया उरुसा मानन्धरलाई शनिबार दिउँसो करिब २ बजे मेडिसिटी अस्पतालको पोस्ट अपरेसन वार्डबाट जनरल वार्डमा सारियो। लगत्तै हजुरआमाको फोन आयो। उनी कुरा गर्न थालिन् तर बोलि फुटेन। त्यसपछि उनको हातबाट एक आफन्तले हत्तपत्त मोबाइल थुतिन्। उरुसासँगै उनका बुवा सुरेन्द्रकाजी र आमा कृष्णदेवी पनि रुन लागे। उनी ललितपुरस्थित एनसेल कार्यालय अगाडि शुक्रबार भएको बम विस्फोटमा घाइते भएकी थिइन्। आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - ‘एनेस्थेसियाले होला अहिले दुखेको छैन’, घरि रुँदै घरि हाँस्दै उनले भनिन्। देब्रे गोलीगाँठाको हाड टुक्राटुक्रा भएकाले दुईपल्ट शल्यक्रिया गरिसकेका छन्। उनको उपचारमा डा. राज राना र निभा चित्रकार रहेको अस्पतालकी मिडिया संयोजक मनिता पोखरेलले जानकारी दिइन्। ६ महिनायता मेडिसिटीमा कार्यरत थिइन्। उनका बुवाका अनुसार भारतको बंगलोरमा बीएससी नर्सिङ सकेर आएकी हुन्। डेढ वर्ष कोलकातामा काम गरेर ७ महिनाअघि मात्र घर फिरेकी हुन्। सुरेन्द्रकाजीका अनुसार अन्य दिनभन्दा शुक्रबार अबेरसम्म ड्युटी परेकाले अस्पतालको स्टाफ बस छुट्यो। उनले घर फर्कन दाजुलाई बोलाइन्। बनेपाबाट आउजाउ गर्न कठिन भएकाले नैकापस्थित मामाघरमा बस्ने गरेकी थिइन्। दाजुसँग मोटरसाइकलमा जाँदा बमले खुट्टामा भेट्टायो। आमा कृष्णदेवीले भनिन्, ‘नानु भाग्यले बाँची।’ उनले पछिल्तिर ब्याग बोकेकी थिइन्, त्यसमा टिफिनको बट्टा पनि थियो। टिफिन टुक्राटुक्रा भएको छ। उरुसाले भनिन्, ‘धन्न टिफिनले ढाड बचायो।’ विस्फोटमा उनको जुत्ता पनि फाटेको छ। खबर पाउनासाथ उनका बुवा अस्पताल आए पनि आमालाई केही बताइएको थिएन। त्यसैले आमा शनिबार बिहान मात्र अस्पताल आइन्। छोरी खतरामुक्त रहेको थाहा पाएर ढुक्क भएको सुनाइन्। अर्की घाइते प्रतीक्षा खड्काकोे उपचारमा डा. अनिल आचार्य व्यस्त छन्। उनी मुटुरोग विशेषज्ञ हुन्। शुक्रबार राति नै शल्यक्रिया गरी उनको ढाडबाट धातुको टुक्रा निकालेको पति रितेश खड्काले बताए। ‘प्रेसर कुकरको सिट्ठी ढाडबाट छिरेर छातिबाट निस्कन लागेको थियो’, रितेशले भने। ढाडबाट छिरेर छातिबाट बमको छर्रा निस्किँदा डाक्टरले प्रतीक्षाको फोक्सो र करङमा चोट लागेको हुनसक्ने आशंका गरेका थिए। उनीहरू माछाको चारो किनेर मोटरसाइकलमा फर्कंदै थिए। सुरुमा प्रतीक्षाले के भयो थाहै पाइनन्। ‘ढाडमा दुख्यो के भयो मात्रै भनिन्’, पत्नीलाई उद्धृत गर्दै उनले भने, ‘नख्खुबाट घर पुगेर हेर्दा ढाड रगताम्य थियो।’ त्यसपछि चक्रपथमा वनवे भएकाले उपचारका लागि भनिमण्डलस्थित अल्का अस्पताल लगेको बताए। त्यहाँबाट राति नै मेडिसिटी लगियो। प्रतीक्षाका ५ बर्से छोरा छन् भने ससुरा बितेको ४५ दिन मात्र पुगेको छ। बागडोलस्थित तोरण नवजीवन स्कुलमा काम गर्छिन्। बुवाको निधनपछि दुबईबाट फर्केका रितेशले भने, ‘ढाडबाट छिरेर छातिबाट बमको छर्रा निस्किँदा पनि खतरामुक्त हुनु भाग्यको कुरा हो।’ डाक्टरले फोक्सो र करङमा चोट लागेको हुनसक्ने शंका गरेका थिए। कुनै पनि अंग र नशा नछोई मांसपेशी हुँदै छर्रा निस्केकाले उनी जोखिममुक्त भएकी हुन्। ठूलै घटनाबाट बाँच्न सफल भए पनि यसलाई उरुसा र प्रतीक्षाका परिवारले गम्भीरतापूर्वक लिएका छन्। सरकारले घटनाको गम्भीरता हेरेर दोषीलाई कानुनी दायरामा ल्याउन उनीहरूले माग गरेका छन्। उनीहरूले भने, ‘सर्वसाधारणले सुरक्षा अनुभूत गर्नुपर्छ।’ अवकासप्राप्त सिंगापुरे प्रहरी थिए गुरुङ जीआर १४०४८ का पूर्वप्रहरी थिए ४९ बर्से सिंहप्रसाद गुरुङ। सिंगापुर प्रहरीमा २८ वर्ष पूरा गरी ६ वर्षअघि स्वदेश फिेका। स्थायी घर लमजुङ भएका उनी भैंसेपाटी बस्थे। निजी गाडीमा आएका उनले एनसेलको कार्यालयनजिकै पार्क गरे र बाटो काट्न थाले। त्यसै बेला विस्फोट भयो। उनका २ छोरीमध्ये जेठी अस्ट्रेलियामा अध्ययनरत छिन् भने कान्छी ११ र छोरा ६ कक्षामा पढिरहेका छन्। दाजु श्यामप्रसादका अनुसार घटनापछि उनकी पत्नी अझै बोल्न सकेकी छैनन्। सिंगापुर सरकारले अवकाशप्राप्त व्यक्तिको मृत्युपछि पत्नी र परिवारलाई पेन्सन नदिने उनले बताए। यसबाट छोराछोरीको अध्ययन र पालनपोषणको समस्या आउने भएकाले सरकारले हेर्नुपर्ने उनको भनाइ छ। उनको शव पोस्टमार्टमका लागि शनिबार पाटन अस्पताल लगिएको थियो। गृहमन्त्री रामबहादुर थापाले अस्पताल पुगेर घाइते र मृतकका परिवार भेटे। उनले घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले उपलब्ध गराउने र छानबिन गर्ने आश्वासन दिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending